काठमाडौं । लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार जसुदा प्रधानको गत सोमबार राति हृदयघातका कारण निधन भएको छ । 'पिपुल्स रिभ्यू' अंग्रेजी साप्ताहिकमा प्रबन्ध सम्पादकको भूमिका निर्वाह गर्दैआउनुभएकी पत्रकार प्रधान नेपालमा सक्रिय महिला पत्रकारहरूमध्ये एक हुनुहुन्थ्यो । २०१६ साल भदौ १६ गते इलाममा जन्मिनुभएकी प्रधानले 'संरचना' साप्ताहिकबाट आफ्नो पत्रकारिता यात्रा सुरु गर्नुभएको थियो ।
पत्रकार प्रधानले संचारसंग सम्बद्ध विभिन्न संस्थाहरूमा आफ्नो भूमिका निर्वाह गर्नुभएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य समेत रहिसक्नुभएकी प्रधानको निधनप्रति पत्रकारितासंग सम्बन्धित विभिन्न संघसंस्थाले गहिरो दुःख व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघले एक शोक वक्तव्य जारी गरी प्रधानको निधनले मुलुकले एक कर्मठ, इमान्दार पत्रकार गुमाएको जनाएको छ । त्यसै गरी सम्पादक समाज, सञ्चारिका समूह लगायतका संस्थाले पत्रकार प्रधानको निधनले नेपाली पत्रकारिता क्षेत्रले एकजना अनुभवी र सक्रिय महिला पत्रकार गुमाएको बताएका छन् ।
पत्रकार प्रधानको निधनमा प्रमुख राजनीतिक दलका नेताहरू भने बेखबर जस्तै देखिए । राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालले मात्र उहाँको निधनमा दुःख व्यक्त गरेको छ । पत्रकार प्रधानका श्रीमान, एक छोरा र एक छोरी छन् । युगसम्वाद साप्ताहिक दुःखको यस क्षणमा शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै मृत आत्माको चीर शान्तिको कामना गर्दछ ।
लैंगिक हिंसाविरुद्ध छलफल
काठमाडौं । लैंगिक हिंसाविरुद्ध चेतना अभिवृद्धि तथा सशक्तिकरण सम्बन्धी विषयमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतलगायतका उच्च अधिकृत तथा माननीय सभाषद एवं प्राध्यापक बीच छलफल कार्यक्रम भएको छ ।
छलफल कार्यक्रममा सभासदहरू आरजु राणा -देउवा), सपना प्रधान मल्ल, विन्दा पाण्डे र अमृता थापा तथा प्राध्यापकद्वय मीना वैद्य र गीता पाठकलगायत सुधा पन्तको उपस्थिति थियो ।
कार्यक्रममा सभासद आरजु राणा देउवाले लैंगिक हिंसाविरुद्ध बलले लिएको चासोको सह्राहना गर्नुहुँदै प्रष्ट उद्देश्यका साथ कार्यक्रम गर्न सकेमा फलदायी हुने बताउनुभयो । त्यसै गरी सभासद सपना प्रधान मल्लले नयाँ संगठनमा महिलाको जुन सहभागिता देखिएको छ, यो सकारात्मक हो, भन्नुहुँदै महिलालाई महिलामात्र नभनेर नागरिक भनी हर्ेर्नुपर्ने बताउनुभयो ।
सभासद विन्दा पाण्डेले महिलालाई मात्र सचेत गराएर समाज परिवर्तन नहुने तथा महिला पुरुषले सहकार्य गर्दा समस्या नआउने बताउनुभयो । अर्का सभासद अमृता थापाले सशस्त्र प्रहरी बल अनुशासित र चुस्त संगठन भएको उल्लेख गर्नुहुँदै यस्तो संगठनले लैंगिक हिंसाविरुद्धमा चासो राख्नु सह्राहनीय भएको बताउनुभयो ।
कार्यक्रममा प्राध्यापक मीना वैद्य मल्लले सशस्त्र प्रहरी बल महिलाको हितमा समेत सक्रिय रहेछ भन्नुहँुदै महिलासँग अन्तरक्रिया गर्दा राम्रो हुने चर्चागर्नुभयो ।
त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले वर्तमान विश्वमा सुरक्षा सोचमा परिवर्तन आएको वर्तमान परिवेशमा देशभित्रै हुने द्वन्द्व देशहरूलाई समस्याको रुपमा रहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी बलले म्याण्डेट अनुरुपको दायित्व उत्कृष्ट ढंगले पुरा गरिरहेको तथा संगठनभित्र लैंगिक हिंसा हुन नपाओस भनेर प्रसस्त प्रयासहरू गरिरहेको उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ठाकुरमोहन श्रेष्ठले संगठनले कमीकमजोरी पहिचान गर्दै सुधार गरी अगाडी बढिरहेको, नयाँ भर्ना तथा युएन मिसनलगायतको कार्य पारदर्शी ढंगले भईरहेको, आफ्ना महिला कर्मचारीलाई सुविधा प्रदान गर्न संगठनले ध्यान पुर्याएको चर्चा गर्नुहुँदै बलमा महिलाको प्रवेश र सहभागितालगायतका विषयमा प्रकाश पार्नुभयो ।
प्राध्यापक गीता संग्रौला पाठकले बलबाट पारदर्शी ढंगले सूचना सम्प्रेषण भएको उल्लेख गर्नुहुँदै समस्या र चुनौतीमा समेत सधैं ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
छलफलमा सहभागि सुधा पन्तले लैंगिक हिंसाविरुद्ध बलबाट भएको प्रयासको सह्राहना गर्नुभयो ।
कार्यक्रममा लैंगिक हिंसाविरुद्ध सशस्त्र प्रहरी बलको प्रयास, महिला सशक्तिकरणको लागि चालिएका कदमहरू, भावी लक्ष्य तथा देखिएका समस्यालगायतका विषयमा बलका उच्च अधिकृत तथा सभाषद एवं प्राध्यापक बीच छलफल भएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कोषराज वन्त, सशस्त्र प्रहरी नायव महानिरीक्षक भीष्म कान्त अर्याल लगायत एपीएफ अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी बलले केही दिनपछि एक हप्ता अवधिको लैंगिक हिंसा सम्बन्धी तालिम संचालन गर्न लागेकोमा सोही विषयमा छलफल गर्न यस कार्यक्रमको आयोजना गरिएको हो ।
पर्ूव उपसभामुख श्रेष्ठको निधन
इटहरी । नेपालको पहिलो महिला उपसभामुख लीला श्रेष्ठ सुब्बाको असर २७ गते बिहान ६२ वर्षो उमेरमा आफ्नै निवास धरानमा निधन भएको छ ।
लामो समयदेखि घाँटीको क्यान्सर रोगबाट पीडित रहँदै आउनुभएकी श्रेष्ठ सुब्बाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदै आउनुभएको थियो । सुब्बाको श्रीमान मात्र रहनुभएको छ ।
नेपालको वामपन्थी राजनीतिमा लागेर जीवनभर नेकपा -एमाले) पार्टर्ीी समर्पित रहँदै आउनुभएकी श्रेष्ठ सुब्बालाई पछिल्लो समय पार्टर्ीी ख्याल नगरेको आरोप लाग्दै आएको थियो ।
सुनसरीमा सक्रिय महिला राजनीतिज्ञका रूपमा परिचित रहनुभएकी उहाँले मुख्य गरी धरानलाई राजनीतिक थलो मानेर वामपन्थी राजनीतिमा महत्वपर्ूण्ा योगदान दिँदै आउनुभएको थियो ।
स्व. श्रेष्ठको पार्थिव शरीरलाई सोही दिन धरानस्थित पार्टर्ीीार्यालय र भानुचोकमा राखेर अन्तिम श्रद्धाञ्जलिपछि दाहसंस्कार गरिएको थियो |