Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 09.08.2010, 07:56pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 

वैदेशिक रोजगारीमा जाने तीस
Monday, 07.19.2010, 05:01pm (GMT+5.5)

काठमाडौं मुलुकमै श्रम गर्न सक्षम युवाहरूको विदेश जाने मोह अझै टुटेको छैन हालसम्म ३० लाखभन्दा बढी युवायुवती वैदेशिक रोजगारीमा संलग्न रहेको हालै आयोजित एक कार्यक्रममा जानकारी गराइयो वैदेशिक रोजगारीमा रहेकाबाट वर्षो दर्ुइ खर्ब १० अर्ब रूपैयाँ देशमा भित्रिने गरेको यसले देशको गरिबी ४२ प्रतिशतबाट ३१ प्रतिशतमा झरेको समेत बताइएको

वैदेशिक रोजगार पर््रवर्द्धन बोर्ड गल्फ नेपाल मासिक पत्रिकाद्वारा हालै धादिङबेसीमा आयोजित 'वैदेशिक रोजगार हामी सबैको सरोकार' विषयक अन्तरक्रिया कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक थानेश्वर देवकोटाले सो जानकारी दिनुभएको हो

उहाँले वैदेशिक रोजगारीबाट गरिबी घट्नु सकारात्मक पक्ष रहे पनि दक्षता हासिल नगरी स्वीकृतिबिना लुकीछुपी विदेश जाने युवायुवतीहरू श्रम यौनशोषणको सिकार हुने गरेकाले यसबारे समाजमा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो

अधिवक्ता विश्वराज अधिकारीले बर्सर्ेे धादिङबाट पाँच हजारभन्दा बढी युवायुवती वैदेशिक रोजगारमा जाने गरेकामा त्यसबाट प्राप्त उपलब्धि नकारात्मक पक्षसहित प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि सहभागीहरूले छलफल गरेका थिए

छलफलमा उनीहरूले यस्ता कार्यक्रम ग्रामीण क्षेत्रमा सञ्चालन गरी विदेश जाने युवायुवतीहरूलाई विदेश जानुअघि अपनाउनुपर्ने र्सतर्कताबारे बोध गराउन तालिम आदिको व्यवस्था गरिनु आवश्यक रहेकोमा जोड दिए

गल्फ नेपाल पत्रिकाका प्रधान सम्पादक एवम् प्रकाशक मानछिरिङ तामाङको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख जिल्ला अधिकारी भरत पौडेलले उद्घाटन गर्नुभएको थियो

यसै बीच वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका १५ नेपाली बिचल्लीमा परेको समाचार

काठमाडौँस्थिति शिखर इन्टरनेसनल मेनपवार र्सर्भिसबाट गत हप्ता साउदी पुगेका नेपालीहरू कम्पनीले भनेको सेवा सुविधा नपाएपछि बिचल्लीमा परेका हुन्

आफूहरू समस्यामा परेपछि रोजगारमञ्चलाई टेलिफोनमार्फ जानकारी गराउँदै आफूहरूलाई तत्काल स्वदेश फर्काउन उनीहरूले अनुरोध गरेका छन्

यसरी समस्यामा पर्नेहरूमा शिवबहादुर कार्कीर्,र् इश्वर भण्डारी, मुक्तबहादुर महत, बालकृष्ण पौडेल, लाक्पासिंह घिसिङ, टङ्कप्रसाद पौडेल, टेकबहादुर भुजेललगायतका १५ नेपाली छन्

शिखर इन्टरनेसनलबाट साउदी जानुअघि उनीहरूलाई कम्पनीभित्रको मार्वलको काम मासिक तलब साउदी रियाल एक हजार उपलब्ध गराउने सम्झौतापत्र दिएता पनि कम्पनीले बाहिरी जोखिमपर्ूण्ा काम लगाउने चार महिनासम्म कुनै तलब नपाउने भएपछि उनीहरू समस्यामा परेका हुन्

मेनपावरलाई प्रतिव्यक्ति रु. एक लाखभन्दा बढी रकम बुझाएर गएका पीडित नेपालीहरूले मेनपावरले आफूहरूमाथि ठगी गरेकाले सम्बन्धित निकायलाई चासो लिइदिन आग्रह गरेका छन्

यता मेनपावरका प्रबन्ध निर्देशक अनुराज प्रधानलाई सर्म्पर्क गर्दा मेनपावरलाई यो विषयमा जानकारी आइनसकेको तर कामदार काममा नगएको कारण समस्या आएको बताउँछन्

समस्याको विषयमा पीडितहरूले श्रम विभागमा टेलिफोनमार्फ जानकारी गराइसकेको बताउँदै श्रम विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले भन्नुभयो- 'यो समस्याको बारेमा विभागमा लिखित उजुरी नपरेता पनि तत्काल अनुसन्धान थालिनेछ '

मेनपावरका सञ्चालक भने समस्याको समाधानभन्दा पनि कामदारको गल्ती देखाउँदै पन्छिन खोजिरहेका छन्

विवाहपर्ूव तीस प्रतिशत यौनसर्म्पर्क

विराटनगर नेपाल परिवार नियोजन सङ्घ मोरङले २१ आंै विश्व जनसङ्ख्या दिवसको अवसर पारेर किशोर-किशोरीको प्रजनन अधिकारका बारेमा अन्तक्रिर्या गरेको

नेपालका किशोर-किशोरी तथा युवामध्ये ३० प्रतिशतले विवाहपर्ूव यौनसर्म्पर्क राख्ने गरेको सङ्घका अध्यक्ष सुबोध निरौलाले बताउनुभयो

किशोर-किशोरीलाई लक्ष्य गरी यौन शिक्षासम्बन्धी विषय , १० को पाठयपुस्तकमा समावेश गर्नुपर्नेमा निरौलाले जोड दिनुभयो

गरिबीका कारण आत्महत्या

खोटाङ गरिबीका कारण परिवार छोराछोरीलाई खानेकुरा खुवाउन नसकेपछि बाहुनीडाँडा- की ३९ वषर्ीया मिल्टिमाया र्राईले विष खाएर आत्महत्या गरेकी छिन्

सातजना छोराछोरी भएको मिल्टिमायाको परिवारमा खाद्यान्न केही नहुनाका साथै आर्थिक अभाव भएपछि उनले गत शुक्रबार विष खाएकी थिइन् गरिबीका कारण घरमा भएको एउटा भैँसी पनि साहुले लगेपछि पीडित बनेकी उनले आत्महत्या गरेको स्थानीय सुरेन्द्रकुमार र्राईले जानकारी दिनुभयो

गत शुक्रबार बेलुकी १० बजे उनको मृत्यु भएको उनका श्रीमान् गर्वेले जनाएका छन् मृतक र्राईको शव परीक्षणका लागि आइतबार बेलुकी जिल्ला स्वास्थ्य कार्यालय दिक्तेल आफन्तको सहयोगमा ल्याइएको थियो

दाहसंस्कार गर्नका लागि जिल्ला सदरमुकाम दिक्तेलमा चन्दा सङ्कलन गरिएको दिक्तेल वरिपरि लास संस्कार गर्न नपाइने टाढा लान नसक्ने अवस्था आएपछि चन्दा सङ्कलन गरिएको बताइएको


Comments (0)        Print        Tell friend        Top


Other Articles:
पत्रकार जसुदा प्रधानको अवशान (07.12.2010)
झोलामा खोला हाल्नेहरू बढ्दै (07.05.2010)
बढ्दो छ ज्योतिष शास्त्रको (06.28.2010)
मधेशी महिलाको वर्तमान अवस्था (06.21.2010)
गण्डक पीडितले क्षतिपर्ूर्ति पाउलान ?&l (06.21.2010)
एसएसबीको ज्यादती कायमै (06.21.2010)
डा. भक्तमान श्रेष्ठ सकुशल मुक्त ः अपहरणको रहस्य खुल्न बाँकी< (06.07.2010)
रक्षक नै भक्षक भएपछि (06.07.2010)
परम्परागतशैली खाद्यान्न संकटको (05.31.2010)
फोटोमार्फ शान्तिको खोजी (05.31.2010)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
राजनीतिक कटुताको विस्तार ः शान्ति प्रक्रिया जोखिममा

© Neeraz.Com 2007
[Top Page]