काठमाडौं । लैंगिक हिंसाविरुद्ध आफ्ना राष्ट्रसेवकहरूलाई चेतना अभिबृद्धि गराउन सशस्त्र प्रहरी बलले लैंगिक हिंसाविरुद्ध चेतना अभिबृद्धि अनुशिक्षण कार्यक्रम संचालन गरेको छ ।
सात दिन अवधिको उक्त अनुशिक्षण कार्यक्रमको सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार वस्नेतले हालै सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा उहाँले परम्परागत मानसिकता तथा बुझाई र सोचाईमा परिवर्तन गर्नुपर्ने चर्चा गर्नुहुँदै हालका दिनमा संगठनले परम्परागत कमजोरीलाई सच्याउँदै अगाडि बढिरहेको तथा सशस्त्र प्रहरी बललाई लैंगिक हिंसा मुक्त विभेदरहित संगठनको रुपमा स्थापित गर्ने लक्ष्यका साथ प्रयासहरू भइरहेको बताउनुभयो ।
सरकारले सन् २०१० लाई लैंगिक हिंसाविरुद्धको वर्षघोषणा गरेको स्मरण गराउनुहुँदै महानिरीक्षक वस्नेतले सरकारको प्रतिवद्धतालाई संगठनले सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको घरघरमा पुर्याउँनसमेत यस अनुशिक्षण कार्यक्रम सहायकसिद्ध हुने उल्लेख गर्दै सशस्त्र प्रहरी बलको सेवा जागिर नभई सेवा गर्ने अवसर हो, बल सधैं नागरिकको सेवामा प्रतिवद्ध रहेको बताउनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ठाकुरमोहन श्रेष्ठले धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी बलले संगठन प्रमुखको कुशल नेतृत्व र सकल दर्जाका राष्ट्रसेवकको योगदानले छोटो अवधिमै ठूलो फड्को मार्न सफल रहेको चर्चा गर्नुहुँदै संगठनले समावेशी नीति लागू गर्दै महिला भर्ना कार्यलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
विश्वमा पुरुषभन्दा महिलाले बढ्ता काम गर्नुपर्ने अवस्था रहेको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले सिमित श्रोतसाधनले अधिकतम कार्य गर्नुपर्ने बर्तमान परिवेशमा चेतनामा अभिबृद्धि गर्न यस्ता अनुशिक्षण तालिम फलदायी हुने बताउनुहुँदै महिलालाई संरक्षण मात्रै नभई सक्षम बनाउनेतर्फसमेत अझै प्रयास गर्नुपर्ने चर्चा गर्नुभयो ।
समारोहमा अनुशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दर्ुगाबहादुर कुँवरले तालिम सम्बन्धी योजना प्रस्तुत गर्नुहुँदै सुरक्षाफौज समाजको अभिन्न अंग भएको तथा बलमा उपलब्धीमुलक ठोस कामहरू भएको चर्चा गर्दै लैंगिक हिंसा नियन्त्रणको लागि महिला र पुरुष दुवैको सोचमा परिवर्तन आउनुपर्ने बताउनुभयो ।
सशस्त्र प्रहरी बलले व्यावसायीक तालिमहरू एवं संयुक्त राष्ट्रसंघीय मिसनहरूमा महिला र पुरुष कर्मचारीलाई समान अवसर प्रदान गर्दै आइरहेको कुरा सो समारोहमा चर्चा गरिएको थियो ।
अनुशिक्षण कार्यक्रममा ११ जना सिनियर अधिकृतसहित कूल ५८ जना महिला तथा पुरुष सशस्त्र प्रहरी कर्मचारीहरू प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् । सभासद सपना प्रधान मल्ल, साथीकी अध्यक्ष बन्दना राणा, प्राध्यापक गीता पाठक, संचारीका समुहकी अध्यक्ष वविता वस्नेत प्रशिक्षकको रुपमा रहनु भएको छ । अनुशिक्षण कार्यक्रममा बालबालिका तथा समाजकल्याण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रतिनिधिहरूबाटसमेत प्रशिक्षण दिइने छ ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू किशोरकुमार लामा, कृष्णबहादुर बिष्ट, शैलेन्द्रकुमार श्रेष्ठ, कोषराज वन्त र ठाकुरमोहन श्रेष्ठलगायत एपीएफ अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको थियो ।
र्सार्वजनिक विद्यालय सुधार अभियान
काठमाडौं । नेपाल विद्यार्थी सङ्घले सरकारी विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सामाजिक आन्दोलनका रुपमा र्सार्वजनिक विद्यालय सुधार अभियान सुरु गर्ने भएको छ ।
सङ्घले हालै पत्रकार सम्मेलन आयोजना गरी कुनै पनि राजनीतिक दलले शिक्षाको विषयलाई प्राथमिकता नदिएकालेे अब राजनीतिक दलका भातृ सङ्गठनका रुपमा सङ्घले नै र्सार्वजनिक विद्यालय सुधार अभियान सुरु गरेको बताएको छ ।
'
जहाँ स्कुल त्यहाँ नेविसङ्घ, एक विद्यालय एक पुस्तकालय' जस्ता कार्यक्रम गरिब, पछाडि परेका समुदायदेखि सम्पन्न्ा परिवारसम्मको श्ािक्षाको भरोसा केन्द्र भनेको र्सार्वजनिक विद्यालय भएकाले यसको शिक्षाको गुणस्तर सुधार्नुपर्ने आवश्यकता भएको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सङ्घका अध्यक्ष प्रदीप पौडेलले योभन्दा अगाडि र्सार्वजनिक विद्यालयमा सङ्गठन विस्तारका लागि मात्रै जाने गरेकामा अब विद्यालयको श्ािक्षाको गुणस्तर विकास गर्ने विषयलाई अभियानका रुपमा सञ्चालन गर्ने बताउनुभयो ।
बन जोगाउन आरक्षमा समावेश गर्न माग
बारा । तीब्र वन विनासले वातावरणीय समस्या देखिनुको साथै जलवायु परिवर्तनका अनेक चुनौतीहरू देखिन थालेपछि चारकोसे झाडीको रुपमा प्रख्यात रहेको बाराका सरकारी, साझेदारी र सामुदायिक वन संरक्षणका लागि पर्सर्ाान्यजन्तु आरक्षमा समावेश गर्नुपर्ने माग उठ्न थालेको छ ।
साझेदारी र सामुदायिक वनका सदस्यलाई आवश्यकभन्दा बढी काठ चाहिएको देखाउँदै वन विभागका कर्मचारीको मिलोमतोमा काँचो हरियो रुखमा टाँचा लगाउँदै धमाधम काट्न थालेपछि वन जोगाउन स्थानीयवासीले आवाज उठाउन थालेका छन् ।
यहाँ तीव्ररुपमा वन विनास भइरहे पनि सरकार र राजनीतिक नेतृत्वले कुनै चासो नदेखाउँदा वन तस्करहरूको सक्रियता बढ्न थालेको छ । यसले मानव र पशुपंक्षीको जीवन कष्टकर बन्दै गइरहेको छ ।
वनविनासका कारण बाराको वातावरणीय सन्तुलन समेत ब्रि्रन थालेको छ । स्थानीय नदी-नालासमेत सुक्न थालेका छन् ।
यहाँको करिब ४० हजार हेक्टर वनमा विभ्ािन्न वन्यजन्तुको वासस्थान रहेको छ । वन विनासका कारण जङ्गलममा पाइने हात्ती, निलगाई, बाघ, सालकसहित अनेक प्रकारका संरक्षित जनावरहरू वासस्थानको आभावले विस्थापित वा लोप हुने खतरा बढेको छ ।
बढ्दो वन विनासलाई रोक्न विद्यमान संरचनामार्फ् कठिन हुने भएकाले पर्ूव-पश्चिम राजमार्गको उत्तरतर्फो वन पर्सर्ाान्यजन्तु आरक्षमा समावेस गर्नुपर्ने माग जनस्तरमा बढ्न थालेको हो ।
यसै सम्बन्धमा हालै यहाँ आयोजित अन्तक्रिर्यामा पर्ूवसांसद पुरुषोत्तम पौडेलले वनको संरक्षणमा हरेक व्यक्तिले आआफ्नो स्थानबाट पहल गर्नु आवश्यक भएकोे बताउनुभयो ।
जिल्ला विकास समिति, पर्साका पर्ूवसभापति जनार्दन क्षेत्रीले वन विनासले तर्राई मरभूमीकरण हुँदै गइरहेकाले पर्सर्ाान्यजन्तु आरक्षलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
ब्ाारामा रहेको सरकारी, साझेदारी र सामुदायिकरुपमा ४७ हजार १८२ हेक्टर वनमध्ये अधिकांश वन विनास भइसकेको र विनास हुने क्रम तीब्ररुपमा रहेकाले आरक्षको क्षेत्रफल पर्ूवमा २१ किलोमिटर निजगढ र उत्तरमा चुरे पहाडको फेदीसम्म पुर्याउने निर्ण्र्ााभएको पर्सर्ाान्यजन्तु आरक्षका प्रमुख संरक्षक रामचन्द्र कडेँलले बताउनुभयो ।
कार्यक्रममा निमित्त जिल्ला वन अधिकृत योगेन्द्रप्रसाद साह, पर्ूव सांसद मोहन यादव, शत्रुघन उपाध्याय, सुन्दर विकलगायतले वन संरक्षणका लागि जोड दिनु भएको थियो ।
हाल पर्सर्ाान्यजन्तु आरक्ष ४९९ वर्गकिलोमिटरमा फैलिएको छ ।