काठमाडौं । संविधानसभा सदस्यका लागि सरकारले मनोनयन गर्ने २६ सिटमध्ये अपांगता भएका व्यक्तिलाई समेत अनिवार्यरूपमा मनोनित गर्नुपर्ने माग नेपाल अपांग महासंघले गरेको छ । महासंघले हालै आयोजना गरेको पत्रकार सम्मेलनमा देश निर्माणको यस अवसरमा जनसंख्याको करिब दश प्रतिशत अंश ओगटेको अपांगलाई वञ्चित गराइएमा चरणबद्ध आन्दोलन गर्ने बताइयो ।
कार्यक्रममा महासंघका अध्यक्ष वीरेन्द्रराज पोखरेलले अपांगलाई दया र उपकारका पात्रमात्र नबनाई उनीहरूको हकअधिकार सुनिश्चित गरी क्षमता र दक्षताका आधारमा विकासको मूल प्रवाहमा ल्याउनुपर्नेतर्फजोड दिनुभयो ।
महासंघले आफ्ना मागबारे राजनीतिक दल, सरकार र सरोकारवाला संघसंस्थालाई जानकारी गर्राई पूरा गराउन दबाबमूलक कार्यक्रम गर्ने समेत बताएको छ ।
यसैबीच मन्त्रिपरिषद्द्वारा मनोनयन गरिने २६ जना सभासद्मा अपांगको अनिवार्य प्रतिनिधित्व हुनर्ुपर्छ भनी माग राख्दै गत बिहिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासबाहिर भेला भएका राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष वीरेन्द्रराज पोखरेललगायत ६० भन्दा बढी अपाङ्ग गिरप्ः्तार गरिएका छन् ।
सो गिरफ्तारीप्रति महासंघले आपत्ति प्रकट गर्दै अपांगको माग तत्काल पुरा गर्न सरकारसँग माग गरेेको छ ।