काठमाडौं । नेपालमा अखबारहरुको संख्यामा निकै वृद्धि भएको छ । लोकतन्त्रको स्थापनापछि त यसमा झन् बढोत्तरी आएको छ । नेपाली पत्रकारिता अहिले व्यावसायिक रुपमा अघि बढने क्रममा छ । नागरिक स्वतन्त्र र मुलुकको स्वाधिनता तथा जनतालाई सचेत पार्नुपर्ने पत्रकारितामा संलग्नहरु आफैं कति सचेत छन् त - यस विषयमा भने निकै बहस हुने गरेको छ ।
राज्यको चौथो अंग, जनता र शासक-प्रशासकलाई जोड्ने एउटा पुलको रुपमा रहेको आमसंचारमा सक्रिय संचारकर्मीहरु बढी जिम्मेवार र सचेत हुनर्ुपर्दछ । लगानीको दृष्टिकोणले संचारक्षेत्र बढी खर्चिलो भए तापनि यो अहिलेको समयमा लाभदायक क्षेत्र हुन पुगेको छ । तर लाभ सोचेजस्तो नभए पनि आकर्षामा कुनै कमी आएको छैन । अहिले आमसंचारमध्ये छापामाध्यममा लगानी बढ्दै गएको पाइन्छ । यति हुँदाहुँदै पनि नेपाली संचार जिम्मेवार हुन सकेको छैन । लगानीकर्ताको लाभका लागि काम गर्नुपर्ने वाध्यता संचारकर्मीहरुलाई छ । यसका अतिरिक्त राजनीतिक नेताहरुले पनि छापा माध्यमलाई उपयोग गर्ने गरेका छन् ।
नेपाली पत्रकारिताको अहिलेको अवस्थाबाट कति सन्तुष्ट छन् भने कति असन्तुष्ट । नवीन सन्देश मासिककी प्रधान सम्पादक तथा प्रकाशक कल्पना शर्माका अनुसार संचार माध्यमले विभिन्न समयमा भएका आन्दोलनहरुलाई सफल बनाउन ठूलो भूमिका खेलेको छ । यसमा युवा वर्गको महत्वपर्ूण्ा भूमिका रहेको बताउनुहुन्छ ।
त्यस्तै काठमाडौं सामुखुसीका व्यापारी किरण बस्नेतका अनुसार 'म्यागजीन'हरुमा युवाहरुको सहभागिता बढी देखिए तापनि राष्ट्रियस्तरमा निस्कने दैनिक तथा साप्ताहिक पत्रपत्रकिामा युवाको सहभागिता नभएको र अहिले प्रकाशन हुने पत्रपत्रिकाहरु निष्पक्ष नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ- बिरोलाई कुटेको कुरा मात्र नलेखी दूध पोखिनुको कारण पनि पत्रिकामा आउनर्ुपर्छ ।
नुवाकोट घर भई हाल वानेश्वरमा होटल व्यवसायमा संलगन कृष्ण आचार्यको भनाई बेग्लै छ । उहाँ भन्नुहुन्छ- पत्रपत्रिकाको अहिलेको भूमिका अहम् र जिम्मेवारपर्ूण्ा रहेको र समाचारमा राजनैतिक कुरा मात्र नलेखी पाठकहरुको इच्छाअनुसारका विषय पनि प्रकाशित गर्नुपर्छ र संचारमाध्यमले देश र जनतालाई जोड्ने पूलको काम गर्नुपर्छ । पत्रिकामा राजनीतिकभन्दा बढी सामाजिक, अपराधका साथै धर्म, संस्कृति, कला जगर्ेना गर्ने खालको समाचार छापिनर्ुपर्छ ।
जे छाप्दा पनि अखबार बिक्छ भन्ने मानसिकताले गर्दा समाचारभन्दा बढी विज्ञापन छाप्ने, समाचारमा सही सूचनाभन्दा बढी गलत र भ्रम सिर्जना गर्ने कुरा छाप्ने, गैरजिम्मेवार तरिकाले समाचार सम्प्रेषण गर्ने बानी यहाँका पत्रकारहरुलाई बसिसकेको आरोप मदन भण्डारी कलेजमा पत्रकारिता अध्ययनरत एक विद्यार्थीको छ । उनका अनुसार मुलुकमा अखबारको संख्या बढे पनि यसले आफ्नो जिम्मेवारीबोध गर्न सकेको छैन । अर्कोतिर सरकारले विज्ञापन नीति नबनाएका कारण पहुँच हुने र धाक-धम्की लगाउन सक्नेले मात्र विज्ञापन बढी पाउने गरेको कारणले पनि स्वस्थ र मर्यादित पत्रकारितामा बाधा पुगिरहेको छ ।
सविना बस्नेतबाट