Yugasambad.Com.Np
National Weekly
 
Thursday, 11.20.2008, 09:08pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले ; माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त ; ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार ; उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा ; राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 

कमललाई सम्मान गर्ने प्रतिस्पर्धा


Monday, 06.30.2008, 06:08pm (GMT+5.5)

काठमाडौं । ठूलाले गर्न नसकेको साहसी काम गरेवापत पोखरा निवासी १२ वषर्ीय बालक कमल नेपालीलाई राजधानीमा सम्मान गर्नेको ओइरो लागेको छ । यो घटनापछि कमलको भाग्य एकाएक परिवर्तन भएको छ । कमलले गत साता पोखराको ६० फिट गहिरो खोँचबाट एक बालिकालाई सकुशल उद्धार गरेर आफ्नो साहसको परिचय दिएका थिए ।

कमलको साहसिक कार्यको तारिफ गर्दै नेपाल सरकारका तर्फबाट गत आइतबार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कमलललाई सम्मान गर्नुभयो । उनलाई सम्मानपत्र सहित नगद तीन लाख प्रदान गरिएको छ । यसअघि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले पनि उनलाई सम्मान गरेको थियो । कमललाई मन्त्रालयका सचिव पुण्यप्रसाद न्यौपाने र समितिका कार्यकारी निर्देशक धर्मराज श्रेष्ठले संयुक्त रूपमा नगद ११ हजार १००।- र कदरपत्र प्रदान गर्नुभएको थियो ।

यसैगरी कृषि तथा सहकारीमन्त्री छविलाल विश्वकर्माले आवाज कलाकार नेपालद्वारा आयोजित कार्यक्रममा सम्मानपत्र, खादा र रु. पाँच हजार प्रदान गरी बालक कमललाई सम्मान गर्नुभएको थियो ।

कमललाई सम्मान गर्ने कार्यको सुरुवात एभरेष्ट इन्स्योरेन्स प्रा.लि.ले गरेको थियो । प्रा.लि.ले एक कार्यक्रमको आयोजना गरी बालक कमललाई सम्मानपत्र र नगद एक लाख एक हजार प्रदान गरेको थियो ।

तत्काल नयाँ सरकार गठन गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्थायी समितिको बैठकले तत्काल नयाँ सरकार गठन गरी मुलुकमा अमनचयनको वातावरण तयार गर्न आग्रह गरेको छ ।

महासंघको स्थायी समितिको बैठकलेसंविधानसभा निर्वाचन सम्पन्न भएको दर्ुइ महिना भन्दा बढी समय भैसक्दा पनि नयाँ सरकार गठन हुन नसक्दा मुलुकले हासिल गरेको ऐतिहासिक उपलब्धी समेतलाई खतरामा पार्ने किसिमका अस्थिरता, अशान्ति, अराजकता र औद्योगिक असुरक्षा बढ्दै गएको तर्फगम्भीर चिन्ता प्रकट गर्दै वर्तमान मुलुकको संक्रमणकालिन परिस्थितिको गाम्भर्ीयतालाई समेत बुझी जतिसक्दो छिटो नयां सरकार गठन गरेर मुलुकमा अमनचयन कायम गर्न माग गरेको छ ।

महासंघका अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा सम्पन्न सो बैठकले यातायात व्यवसायीले आव्हान गरेको यातायात बन्दको क्रममा असार १० गते मंगलवार पोखराबाट काठमाडौं तर्फपर्यटक बोकेर आइरहेका पर्यटक बसहरु माथि आक्रमण गरी केही पर्यटकहरु समेतलाई र्घाईते बनाएको घटनाप्रति खेद व्यक्त गर्दै उक्त घटनाको घोर निन्दा एवं भत्र्सना सहित यस प्रकारका घटनाबाट मुलुकको पर्यटन उद्योगमा गम्भीर धक्का पर्न गएकोले यस्ता घटना आगामी दिनमा दोहोरिन नदिने तर्फसचेत रहन आग्रह गरेको छ ।

महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष सुरज वैद्य, उपाध्यक्षहरु कृष्णप्रसाद ताम्राकार, भाष्करराज राजकणिर्कार, प्रदीपजंग पाण्डे र समिति सभापतिहरु, फोरमका संयोजकहरु एवं कार्यकारिणी समितिका सदस्यहरुको समेत सहभागिता रहेको उक्त बैठकले ट्रक व्यवसायीहरुले एकतर्फी रुपमा लागू गरेको ट्रक सिण्डिकेट प्रणालीबाट उद्योगी व्यवसायीहरुले ठूलो समस्या व्यहोर्नुपरेकाले उक्त प्रथाको विरोध गर्दै तत्काल सिण्डिकेट प्रणाली खारेज गर्न माग समेत गरेको छ ।

परिवार नियोजनप्रति महिलाहरु सचेत

काठमाडौं । जनसंख्यावृद्धिका साथै महिला स्वास्थ्यसंग समेत सम्बन्धित प्रजनन् अधिकारप्रति महिलाहरु सचेत हुन थालेको पाइएको छ । भक्तपुरमा आपतकालीन अवस्थामा खाने गर्भ निरोधक चक्की प्रयोग गर्ने महिलाको संख्या बढेको जनाइएको छ ।

जबरजस्ती हुने यौन सम्बन्ध, बलात्कार, परिवार नियोजनको साधन प्रयोग नगरी हुने यौन सम्बन्धबाट हुने गर्भाधारण तथा अनिश्चित गर्भ रोक्न प्रयोग गरिने आकस्मिक गर्भ निरोधक चक्की 'पोस्टिनर-२' को सेवन गर्ने महिलाको संख्या बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । असुरक्षित यौन सम्बन्ध भएको ७२ घण्टाभित्र आकस्मिक गर्भ निरोधक चक्की सेवन गरेमा यसले गर्भधारण हुनबाट रोक्ने गर्दछ । जिल्लामा जनस्वास्थ्य कार्यालयले यो चक्की निःशुल्क वितरण गरिरहेको छ । यसको उपयोग गर्ने महिलाहरुको उमेर समूह १६ देखि ४० वर्षम्मको रहेको समाचारमा जनाइएको छ । यो चक्कीको प्रयोग विवाहित महिलाले मात्र नभई अविवाहित महिलाले समेत गर्भ निरोधक चक्की सेवन गर्ने गरेको कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयले गर्भ निरोधक चक्की र यसको प्रभावकारिताबारे जानकारी दिन आयोजना गरेको विभिन्न कार्यक्रममा अहिले भक्तपुरका औषधि पसल र स्वास्थ्य चौकीहरूमार्फ दैनिक ६० वटा भन्दा बढी यो चक्की लाने गरेको बताएका छन् ।र्

गर्भ निरोधक चक्की किन्न औषधि पसलमा भने अविवाहित युवा जोडी बढी आउने गरेको व्यवसायीहरू बताउँछन् । गर्भ निरोधक चक्कीबारे एक वर्षअघिसम्म थाहा नभए पनि अहिले भने यस चक्कीको प्रयोगकर्ता बढेको र यसको दुरूपयोग समेत हुने गरेको बताइएको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
काठमाडौंमा फस्टाउँदैछ रिक्सा व्यवसायशर्मिला गुरुङ (06.24.2008)
अँध्यारोमा पढेर विशिष्ट श्रेणीमा पास हुन्छन् विद्यार्थीहरू (06.24.2008)
दल खोलेमा अस्वीकार्य (06.24.2008)
देश छाड्ने सोच छैन ः पर्ूवराजा ज्ञानेन्द्र (06.16.2008)
धार्मिक-पौराणिक स्थल ः बुढानिलकण्ठयमुना राना (06.16.2008)
चाहेजस्तो गर्न सकेको छैन नेपाली संचारले (06.16.2008)
नेउवामहासंघको महानिर्देशकमा न्यौपाने (06.16.2008)
गर्मीयामको सुरुवातसंगै फेसनको बाढी (06.09.2008)
जनताले बनाए बाँदरमुढे स्मारक (06.09.2008)
विश्व सम्पदा क्षेत्रमा बढ्दो प्रदूषण जोखिमपर्ूण्ा सडकसविता लामा (06.02.2008)



 
  ::| Events
November 2008  
Su Mo Tu We Th Fr Sa
            1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30            
 

© Neeraz.Com 2007
[Top Page]