Yugasambad.Com.Np
National Weekly
 
Thursday, 08.28.2008, 05:55pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ ; प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका ; राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट ; माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी ; माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Poll
माओवादीको नेतृत्वमा सरकार गठन होला ?
हुन्छ
हुदैन
भन्न सकिन्न
 
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 
संघीय राज्यले देश विखण्डन हुने
Monday, 07.07.2008, 06:14pm (GMT+5.5)

काठमाडौं । सात दलको गठबन्धनमा रहेर पनि संघीय राज्यको विपक्षमा उभिएको नेपाल मजदुर किसान पार्टर्ीी केन्द्रीय सचिव एवं संविधानसभाका सभासद् सुनिल प्रजापतिले संघीय राज्यले देश विखण्डन हुने भएकोले एक मधेश एक प्रदेशको मागलाई कदापी स्वीकार्य नहुने बताउनुुभएको छ ।

इसान संस्थाले हालै भक्तपुरमा आयोजना गरेको मार्गनिर्देशन कार्यक्रममा बोल्दै उहाँले संघीय राज्यले पार्ने असरबारे छलफल नै नगरी माग माग्दैमा पूरा गर्नुपर्छ भन्ने जरुरी नभएको बताउनुुभयो । प्रजापतिले नेेपालको राजनीतिमा भारतले खुल्ला हस्तक्षेप गरेको आरोप लगाउँदै विदेशी चलखेलको अन्त्य गर्न नसके देश झन जटिलता तर्फजाने बताउनुुभयो ।

प्रजापतिले संविधानसभा निर्वाचन सम्पन्न हुनेवित्तिकै देशको सबै समस्या समाधान हुन्छ भन्ने ठूला दलहरुले नै अहिले मुलुकलाई अनिर्ण्र्ााो बन्दी बनाएको बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य डा. राजन सुुुवालले विद्यार्थीलाई शिक्षा संगसंगै राजनीतिक चेतना पनि दिनुपर्ने बताउनुुभयो ।

इसानका अध्यक्ष सरोजराज गोर्साईको सभापतित्वमा सम्पन्न कार्यक्रममा इसानसँग सम्वन्धित विद्यालयबाट यसवर्षो एसएलसीमा उत्तर्ीण्ा दर्ुर्ुइ सय जना विद्यार्थीलाई बधाई दिनुुको साथै ९२.१४ प्रतिशत अंक प्राप्त गर्ने साजन ङाखुसीलाई सम्मान गरिएकेा थियो ।

एक करोडको लगानी भासियो

काठमाडौं । विकास योजनामा देखिने लापरवाही र अनियमितताको पछिल्लो नमूना कपिलवस्तुमा निर्माण भएको एक ओभरहेड ट्यांकीले देखाएको छ । लापरवाहीको कारण झण्डै एक करोडको लागतमा निर्माण भएको खानेपानीको ओभरहेड ट्यांकी पानी चढाउनेक्रममा भाँसिदा उपयोग नै नभई भत्काउनु पर्ने अवस्था सिर्जना भएको छ ।

जिल्लाको मोतिपुर गाविस-७, मधुवन गाउँस्थित शिव पार्वती सामुदायिक खानेपानी योजनाको करिव असी हजार लिटर क्षमताको सो ओभरहेड टयांकी उपभोक्तामा हस्तान्तरण नहँुदै भत्काउनु पर्ने अवस्थामा पुगेकोे छ ।

फिन्ाल्याण्ड सरकारको सहयोगमा संचालित ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रमको सहयोग र जिल्ला विकास समितिको साझेदारीमा चार वर्षअघि सो निर्माण सुरु भएको थियो । उक्त ट्यांकीमा गत वर्षपरीक्षण स्वरुप पानी चढाउँदा भासिएपछि स्थानीय बासिन्दाको श्रम र लगानी त्यसै खेर जाने अवस्थामा पुगेको हो । पानी ट्यांकीमा चढाउँदा फुटेर चुहिने भएकोले पनि प्राविधिकले नयाँ ट्यांकी निर्माण गर्न सल्लाह दिएको स्थानीय उपभोक्ताहरुले बताएका छन् ।

प्रविधिकको कमजोरी र लापरवाहीले ओभरहेड ट्यांकी बिग्रिएकाले यसको जिम्मा जिविसले लिई निर्माण गरिदिनु पर्नेमा कुनै चासो नदिएर उपभोक्ताले मानो काटेर उठाएको रकम त्यसै खेर गइरहेको उपभोक्ता समितिले जनाएको छ ।

उपभोक्ता समितिकाअनुसार करिब एक करोड रुपैयाँ लागतमा योजना सम्पन्न भएको हो । उक्त योजनाबाट पानी खान पाउने आशा राखेर मोतिपुर गाविस ओडा नं. ४, ६ र ७ का बासिन्दाले नगद १५ लाख रुपैयाँ र श्रमदान गरेका थिए । ट्यांकी भासिनुमा ठेकेदारको दोष रहे पनि जिल्ला विकास समितिले ठेकेदारलाई दिनुपर्ने पूरा भुक्तानी दिएका कारण ठेकेदार सर्म्पर्कभन्दा बाहिर छ ।

करिब एक हजार परिवारलाई स्वच्छ पानी सरल र सहज रुपमा पुर्‍याउने लक्ष्य राखेर निर्माण सुरु गरिएको योजना प्राविधिक कारणवश अधुरो हुन पुगेको जिविसले जनाएको छ । स्थानीय विकास अधिकारी दामोदर भण्डारीले डिजाईन गर्दा नै गल्ती भएकोले ट्यांकी भासिन पुगेको बताउनुभयो ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
एक मधेसविरुद्ध थारुहरुको पर््रदर्शन (06.30.2008)
कमललाई सम्मान गर्ने प्रतिस्पर्धा (06.30.2008)
काठमाडौंमा फस्टाउँदैछ रिक्सा व्यवसायशर्मिला गुरुङ (06.24.2008)
अँध्यारोमा पढेर विशिष्ट श्रेणीमा पास हुन्छन् विद्यार्थीहरू (06.24.2008)
दल खोलेमा अस्वीकार्य (06.24.2008)
धार्मिक-पौराणिक स्थल ः बुढानिलकण्ठयमुना राना (06.16.2008)
देश छाड्ने सोच छैन ः पर्ूवराजा ज्ञानेन्द्र (06.16.2008)
चाहेजस्तो गर्न सकेको छैन नेपाली संचारले (06.16.2008)
नेउवामहासंघको महानिर्देशकमा न्यौपाने (06.16.2008)
गर्मीयामको सुरुवातसंगै फेसनको बाढी (06.09.2008)



 
  ::| Events
August 2008  
Su Mo Tu We Th Fr Sa
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
31            
 

© Neeraz.Com 2007
[Top Page]