Yugasambad.Com.Np
National Weekly
 
Thursday, 08.28.2008, 05:48pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ ; प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका ; राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट ; माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी ; माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Poll
माओवादीको नेतृत्वमा सरकार गठन होला ?
हुन्छ
हुदैन
भन्न सकिन्न
 
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 
सिमसार संरक्षणमा जोड
Monday, 07.21.2008, 05:11pm (GMT+5.5)

 

काठमाडौं । विश्व वातावरणीय सन्तुलनमा गिरावट आइरहेको र पृथ्वीको तापक्रम बढिरहेको भन्दै यसको संरक्षणका लागि जैविक विविधता र सिमसार क्षेत्रको संरक्षण गर्नुपर्ने विश्वका विभिन्न मुलुकका वातावरणविद्हरुले बताएका छन् ।

उक्त कुरा भियतनामको हनोइमा हालै सम्पन्न चौथो एसियाली सिमसार सम्मेलनको घोषणापत्रसम्बन्धी जानकारी दिन विश्व संरक्षण संघ -आइयुुसिएन) नेपालले आयोजना गरेको छलफल कार्यक्रममा वातावरण विज्ञहरुले दिएका हुन् । वातावरणविद्हरुले सिमसारले मानव स्वास्थ्य र हितका लागि आवश्यक पर्ने खाद्य, पानीको आपर्ूर्ति, जल शुद्धीकरण र वातावरण संरक्षण गर्न अहम् भूमिका खेल्ने हुँदा यसको संरक्षणमा विशेष ध्यान दिनुुपर्ने बताए ।

भियतनाम सम्मेलनमा नेपाललगायत एसियाका २० राष्ट्रका १८७ वातावरणविद्, योजनाविद्, राजनीतिज्ञ र नागरिक समाजका अगुवाले भाग लिएका थिए ।

सो अवसरमा सिमसारको संरक्षण र सदुपयोगका लागि स्थानीय, राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्रर्ााट्रय क्षेत्रमै प्रभावकारी एवं सक्षम संयन्त्र हुनुपर्ने तथा जैविक विविधता संरक्षणको लक्ष्य हाँसिल गर्न संरक्षण र विकासका प्रयास समन्वयात्मक ढङ्गले तर्जुमा गरी अघि बढाउनुपर्नेमा जोड दिएको थियो । कार्यक्रममा सिमसार सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गरेका प्रतिनिधिमण्डलका सदस्यले नेपालको तर्फाट गरिएको प्रस्तुति र कार्यपत्रका बारेमा प्रकाश पार्नुभएको थियो ।

सम्मेलनका सहभागीले जलवायु परिवर्तनको नकारात्मक असरबाट सिमसार क्षेत्र आक्रान्त बन्दै गएकाले यसको समाधानमा जोड दिनुका साथै आगामी दिनमा सिमसारको महत्वलाई जनस्तरसम्म पुुर्‍याउनका लागि आमसञ्चार तथा शिक्षाको माध्यमबाट चेतनामूूलक कार्यक्रमलाई बढावा दिन आग्रह गरेका छन् ।

नेपाल जस्तो कृषिप्रधान मुलुकमा वातावरण-मैत्री कृषि प्रणाली, एकीकृत सत्रुजीव व्यवस्थापन, रासायनिक मलरहित खेती प्रणाली, फोहरमैलाको व्यवस्थापन तथा प्रभावकारी जल व्यवस्थापनको उपयोग गर्दै सिमसार क्षेत्रको व्यवस्थापन गर्नुपर्नेमा वातावरणविद्हरुले सहमति जनाएका छन् ।

सम्मेलनले सीमापार सिमसार व्यवस्थापनका लागि आवश्यक समझदारीको विकास गर्न सिमसार सञ्जाल बनाउने वा सीमा क्षेत्रका साझा सिमसारलाई एकआपसमा सहयोग अभिवृद्धि गर्ने र शान्ति पर््रबर्द्धन गर्ने माध्यमको रुपमा विकास गर्नुपर्ने सुुझाव दिएको छ । कार्यक्रममा आइयुसिएन नेपालका निर्देशक नारायण बेलबासेले सिमसारको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

खाद्य अधिकार सुनिश्चित गर

काठमाडौं । मानवअधिकारभित्रको र्सवाधिक महत्वपर्ूण्ा पक्षको रुपमा रहेको खाद्य अधिकार खाद्यअधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवअधिकार आयोगले अनुरोध गरेको छ ।

विद्यमान खाद्यान्न संकटको अवस्था, खाद्यसुरक्षा, आपर्ूर्ति, वितरण तथा व्यवस्थापनका सम्बन्धमा सरकारका विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुखसँग आयोगले गरेको छलफल कार्यक्रममा सो आग्रह गरेको हो । छलफलमा आयोगले सुदुरपश्चिम तथा मध्यपश्चिममा खाद्य संकट भएका जिल्लाको यथार्थता प्रस्तुत गरेको थियो । आयोगका अनुसार ती जिल्लामा यथेष्ट खाद्यान्न सुरक्षा नभएको तथा आपर्ूर्ति एवं वितरण व्यवस्था प्रभावकारी छैन ।

आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले खाद्य र जीवनको अधिकारबीच अन्योन्याश्रति सम्बन्ध भएको बताउँदै खाद्य सुरक्षा, वितरण तथा खाद्यान्नको पहुँच र्सवसाधारणसम्म पुर्‍याउन सरकारले विशेष चासो दिनुपर्ने बताउनुभएको थियो । छलफलमा सहभागी मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रतिनिधिले केही जिल्लामा खाद्य भण्डारण न्यून रहेको, ढुवानीमा सहजता हुन नसकेको एवं व्यवस्थापनलाई अझ चुस्त पार्दै थप सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

एघार र बाह्रको पाठ्यक्रम परिमार्जित

काठमाडौं । यसै शैक्षित्रसत्रदेखि कक्षा ११ र अर्को वर्षेखि कक्षा १२ को पाठ्यक्रम परिमार्जन तथा थप गरिएको उच्चमाध्यमिक शिक्षा परिषद् सानोठिमीले जनाएको छ ।

परिषद्ले हालै आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का उपाध्यक्ष प्रा.डा.उपेन्द्रकुमार कोइरालाले यसै शैक्षिकसत्र २०६५/६६ को साउनदेखि कक्षा ११ र शैक्षिकसत्र २०६६/६७ देखि कक्षा १२ मा लागु हुने गरी पाठ्यक्रम निर्माण एवं परिमार्जन गरिएको बताउनुभयो ।

परिषद्ले कक्षा ११ को हकमा १० विषयको नयाँ पाठ्यक्रम निर्माण गरी यसै वर्षेखि लागु गरेको र चार विषयको पाठ्यक्रम परिमार्जन गरेको बताउनुभयो । त्यस्तै कक्षा १२ को भने आगामी शैक्षिकसत्र -२०६६/६७) देखि विभिन्न नौ विषयका नयाँ पाठ्क्रम निर्माण गरी लागु गरिने र छवटा विषयको पाठ्यक्रम परिमार्जन गरी लागु गरिने कोइरालाले बताउनुभयो ।

परिषद्ले साउनदेखि लागु हुने गरी विज्ञान शिक्षाका संरचना तथा पाठ्यक्रम तयार गरी यसै शैक्षिकसत्रदेखि लागु गर्ने छ । शैक्षिक जनशक्ति विकास केन्द्रले शिक्षकलाई दिँदै आएको १० महिने तालिम प्राप्त जनशक्तिलाई उच्चमाध्यमिक तहको शिक्षा प्रदान गर्ने उद्देश्यले विशेष पाठ्यक्रम तथा संरचना निर्माण गरी यसै शैक्षिकसत्रदेखि लागु गर्ने छ ।

परिषद्का सदस्यसचिव रामबहादुर खड्काले उच्चमाध्यमिक तहको शिक्षालाई गुणात्मक, र्सवसुलभ र एकरुपता कायम गर्न प्रत्येक विषयको एकल पाठ्यपुस्तक परिषद्ले निर्माण गरेको बताउनुभयो ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
सशक्त हुँदैछ भूमिपुत्रहरुको आन्दोलन (07.07.2008)
संघीय राज्यले देश विखण्डन हुने (07.07.2008)
एक मधेसविरुद्ध थारुहरुको पर््रदर्शन (06.30.2008)
कमललाई सम्मान गर्ने प्रतिस्पर्धा (06.30.2008)
काठमाडौंमा फस्टाउँदैछ रिक्सा व्यवसायशर्मिला गुरुङ (06.24.2008)
अँध्यारोमा पढेर विशिष्ट श्रेणीमा पास हुन्छन् विद्यार्थीहरू (06.24.2008)
दल खोलेमा अस्वीकार्य (06.24.2008)
देश छाड्ने सोच छैन ः पर्ूवराजा ज्ञानेन्द्र (06.16.2008)
धार्मिक-पौराणिक स्थल ः बुढानिलकण्ठयमुना राना (06.16.2008)
चाहेजस्तो गर्न सकेको छैन नेपाली संचारले (06.16.2008)



 
  ::| Events
August 2008  
Su Mo Tu We Th Fr Sa
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
31            
 

© Neeraz.Com 2007
[Top Page]