तर्राईलाई मधेस नामाकरण गरी 'एक मधेस एक प्रदेश' बनाएर एकलौटी शासन गर्ने र अन्ततः मुलुकलाई विखण्डनको बाटोतिर लैजाने षड्यन्त्र भैरहेको भन्दै तर्राईका आदिवासी भूमिपुत्रहरुको आन्दोलन देशव्यापी भैरहेको समाचार छ ।
तर्राईका आदिवासी जनजाति संघसंस्थाहरुको संयुक्त संर्घष्ा समितिले तर्राईमा भइरहेको मधेशीकरण तथा अदिवासीहरुको हक अधिकार प्राप्तिका लागि गत शनिबार राजधानी लगायत देशव्यापी विरोध पर््रदर्शन गरेको छ । पर््रदर्शनका क्रममा आदिवासीहरुले तर्राईका विभिन्न जिल्लाहरुमा आधा घण्टा चक्का जाम समेत गरेका थिए ।
आन्दोलनकारीहरुले राजधानीको नयाँ बानेश्वरस्थित आरआर स्कुलदेखि संविधानसभास्थलसम्म पर््रदर्शन गर्दै आधा घण्टा चक्काजामका साथै संविधानसभा घेराउ गरेका थिए । यसअघि भएको सभामा तर्राईका आदिवासी संघसंस्थाका नेताहरुले एक मधेश प्रदेशका नाममा तर्राईका आदिवासीहरुमाथि पुनः एकात्मक शासन लाद्ने षडयन्त्र भइरहेको बताएका थिए ।
तर्राईका आदिवासी जनजातिहरुको ठूलो संख्यामा उपस्थिति रहेको सभामा बोल्दै थारु कल्याणकारिणी सभाका उपाध्यक्ष ठाकुरसिंह थारुले एक मधेश प्रदेशका नाममा तर्राईका अदिवासी भूमिपुत्रहरुलाई एकात्मक शासन लाद्ने प्रयाश भइरहेको बताउनुभयो । सभाका महामन्त्री राजकुमार लेखीले एक मधेश प्रदेश भन्ने गुलियो विषकाबारेमा तर्राईका आदिवासीहरुले बेलैमा बुझेनन् भने नेपालमा उनीहरुले कहिल्यै आफ्नो अधिकार पाउन सक्दैनन् भन्नुभयो । कोच स्वायत्त अधिकार मञ्चका ढुना राजवंशीले मधेशी समुदायका ठालु नेताहरुले आदिवासीहरु सबैलाई मधेशीमा परिणत गरेर आदिवासीहरुको हक अधिकार एकलौटी पार्ने दाउ गरेकोमा सचेत हुनर्ुपर्छ भन्नुभयो । यसैगरि अदिवासी नेता फलेन्द्र राजवंशीले आदिवासी जनजातिलाई मधेशी प्रमाणित गर्ने कसरतमा पहाडी तथा मधेशी ब्राम्हणवादी नेताहरु दिलोज्यानले लागेको आरोप लगाउनुभयो । अर्का नेता प्रेमीलाल चौधरीले थारु कल्याणकारिणी सभालाई एमालेको आरोप लगाउनु हाँस्यास्पद भन्दै सभा विभिन्न पार्टर्ीी लागेका तथा स्वतन्त्र बसेका सबैको साझा संस्था हो भन्नुभयो । थारु महिला नेतृ सरस्वती चौधरीले तर्राईका आदिवासीको अधिकार खासेर मधेशी समुदायलाई सुम्पने काममा पहाडी नेताहरु लागिपरेको बताउनुभयो ।
आदिवासीहरुले शनिबार तर्राईका विभिन्न शहर बजार तथा राजमार्गमा गरेको आधा घण्टा बन्द पर्ूण्ा रुपमा सफल भएको समाचार प्राप्त भएको छ ।
यसअघि गत शुक्रबार संयुक्त संर्घष्ा समितिले एक प्रेस विज्ञप्ति जारी गरी आन्दोलनलाई सफल बनाउन आव्हान गरेको छ । विज्ञप्तिमा नेपालको तर्राईका आदिवासी जनजातिहरुको जातिय राजनीतिक र सांस्कृतिक पहिचान खतरामा परेको, तर्राईका आदिवासी जनजातिहरुलाई एक मधेश प्रदेशका नाममा स्वायत्तता नदिने षडयन्त्र भइरहेको, आदिवासी जनजातिलाई मधेशी समुदायमा परिणत गर्ने काम भइरहेको तथा तर्राईका आदिवासीहरुलाई समाप्त पारेर तर्राईलाई मधेश बनाउने र हामी अदिवासीहरुलाई मधेशी बनाउने काम भइरहेकोप्रति सबैलाई सचेत गराएको छ ।
अमर्यादित क्रियाकलाप गर्नेमाथि कानूनी कारवाही
काठमाडौं । गत महिना सशस्त्र प्रहरी बल बागेश्वरी गण शम्शेरगंज घटनामा संलग्न सशस्त्र प्रहरी नायव निरीक्षक तेज बहादुर बलायरसहित २६ जनालाई निलम्बन गरी कानूनी कारवाही सुरु गरिएको समाचार छ ।
सशस्त्र प्रहरी ऐन २०५८ को दफा २७ को उपदफा -१) को खण्ड -क) को कसुर अपराधमा उनीहरुलाई सशस्त्र प्रहरी विशेष अदालतबाट अनुसन्धान गर्न म्याद लिई आवश्यक अनुसन्धान कारवाही भैरहेको जनाइएको छ ।
हिरासतमा राखिएकाहरुमा सशस्त्र प्रहरी नायव निरीक्षकहरु तेजबहादुर बलायर, गोविन्द लामिछाने, दानबहादुर चन्द, जगबहादुर थापा, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार वीरबहादुर चन्द, प्रेमबहादुर राउत, छत्रबहादुर र्राई, हर्रि्रसाद पौडेल, टंक कुमार कैला, सशस्त्र प्रहरी हवल्दारहरु कुमार थापा, लोकेन्द्र रावल, मानबहादुर र्घर्ती मगर, पदमबहादुर थापा, बेलबहादुर बुढा, रामकुमार राय, हरिबहादुर सिंह, सशस्त्र प्रहरी सहायक हवल्दारहरु खड्गप्रसाद शर्मा, बसन्त उप्रेती, कलबहादुर विष्ट, टिकाराम सलामी मगर, हरिचन्द्र थारु, जनकसिंह ठगुन्ना, बलबहादुर थापा, सशस्त्र प्रहरी जवानहरु रेलबहादुर शाही, दिपक शाही र दिपक कुमार खत्री छन् ।
सशस्त्र प्रहरी विशेष अदालतका अध्यक्ष नायव महान्यायाधिवक्ता र्सर्ूय प्रसाद कोईराला तथा सदस्यद्वय सहसचिव विश्व प्रकाश पण्डित र सशस्त्र प्रहरी नायव महानिरीक्षक नवराज विष्टको संयुक्त इजलासबाट आज उक्त मुद्दामा अनुसन्धान गर्ने अनुमति प्राप्त भएको हो । उक्त मुद्दाको अनुसन्धान गर्न सशस्त्र प्रहरी नायव उपरीक्षक समुद्र प्रसाद भण्डारी अनुसन्धान अधिकृत तोकिनु भएको छ ।
सशस्त्र प्रहरी बल बागेश्वरी गण शम्शेरगंजमा गत असार ७ गते उनीहरुले सशस्त्र प्रहरी ऐन नियम विपरीत उक्त गण तथा त्यहाँका अधिकृतहरुलाई केही समय आफ्नो नियन्त्रणमा लिएका थिए । घटना लगतै गृहमन्त्रालय तथा सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरु सो गणमा जानर्ुभई स्थितिलाई सामान्यीकरण गरिएको थियो ।
गैरअनुशासित यी जवानहरुले गरेको संगठनको मर्यादा विपरीत क्रियाकलापपछि सोही गणका अन्य अनुशासित तथा बफादार र कर्तव्यनिष्ठ जवानहरुले ती अनुचित आचरण तथा अनुशासन भंगगर्दै आफ्नो युनिट प्रमुखको आज्ञापालना नगर्ने दोषी जवानहरुमाथि हदैसम्मको कारवाही गर्न सुझाव समेत दिएका थिए ।
उक्त गणमा गैरअनुशासित क्रियाकलाप गर्ने जुनियर अधिकृत तथा जवानहरुमध्ये कतिपयले पटक पटक अनुशासनहिन कार्यगरी विभागिय सजाय पदोन्नती रोक्का, ग्रेड रोक्का लगाएतको सजाय पाइसकेका छन् ।