Yugasambad.Com.Np
National Weekly
 
Friday, 09.10.2010, 07:54pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 

मधुमेह उपचारमा नवीन प्रविधि


Monday, 11.17.2008, 04:33pm (GMT+5.5)

काठमाडौं । विश्व मधुमेह दिवसका अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले स्थापना गरेको परिस्कृत, स्वचालित र अत्यधुनिक तथा अन्तर्रर्ााट्रयस्तरको प्रयोगशालाको उद्घाटन गरिएको छ । विश्व मधुमेह दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका नेता तथा सभासद् भरतमोहन अधिकारीले सो प्रयोगशालाको उद्घाटन गर्नुभएको थियो ।

अन्तर्रर्ााट्रय मधुमेह महासंघको आव्हानमा हरेक वर्षनोभेम्बर १४ का दिन मनाइने विश्व मधुमेह दिवसको यस वर्षो नारा 'बालबालिका तथा युवावर्गमा मधुमेह' रहेको थियो । कार्यक्रममा नेता अधिकारीले प्रमुख अतिथिको आशनबाट 'विगत आधा शताब्दीभन्दा बढी समयदेखि मधुमेह रोगबाट पीडित भएर पनि अत्यन्त सक्रिय र सफल जीवन बिताउन सफल ८५ वषर्ीय समाजसेवी बि.एल. शर्मालाई सम्मान गर्नुभएको थियो । सो अवसरमा शर्माले मधुमेहबाट बच्ने, रोगलाई नियन्त्रणमा राख्ने आफ्ना विविध अनुभवहरु सुनाउनुभएको थियो ।

आफ्नो मन्तव्य राख्ने प्रमुख अतिथि अधिकारीले निजी क्षेत्रका यस्ता स्वास्थ्य सेवा प्रदायक संस्थालाई आफ्नो व्यक्तिगत तथा सरकारका तर्फाट समेत सहयोग पर्‍याउन प्रयत्न गर्ने बताउनुभयो ।

नर्भिकका कार्यकारी निर्देशक तथा हृदयरोग विशेषज्ञ डा. भारत रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मधुमेह विशेषज्ञहरुद्वारा मधुमेहका कारण, लक्षण र नियन्त्रणका बारेमा विस्तृत प्रस्तुति गरिएको थियो । नर्भिकका मधुमेह विशेषज्ञ प्रा.डा. प्रदीपकृष्ण श्रेष्ठले 'मधुमेह रोगको जनचेतना र रोकथाम'बारे वृहत् प्रस्तुतिकरण गर्नुभएको थियो भने नर्भिककै इण्डोक्राइनोलोजिष्ट डा. डिना श्रेष्ठले मधुमेह एक भयावह स्थितिको रोग' भन्ने विषयमा विशेष प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा नर्भिकमा हाल स्थापित उक्त नवीनतम् प्रयोगशालाको बारेमा जानकारी गराइएको थियो । उक्त प्रयोगशाला पर्ूण्ा स्वचालित, वायो-केमेस्ट्री एनालाइजर भिट्रोस- २५० र सिसमेक हेमाटोलोजी जस्ता उपकरणहरुद्वारा सुसज्जित रहेको छ । जुन देशका नगण्य प्रयोगशालामा मात्रै उपलब्ध छ । पर्ूण्ातया स्वचालित संश्लेषण, विलिङ्ग रिपोर्टिङ्ग र रिपोर्ट प्रिन्टिङ्गका कारण नर्भिकको ल्याव अत्यन्त परिस्कृत र व्यवस्थित बन्न पुगेको बताइएको थियो । सो अवसरमा नर्भिककी निर्देशक मुघा चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार सन् १९८५ मा विश्वमा मधुमेह रोगीको संख्या १२ करोड ४७ लाख थियो भने सो संख्या सन् २००० मा १५ करोड ३९ लाख पुगेको थियो । सन् २०२५ मा सो संख्या बढेर ३० करोडभन्दा बढी हुने जनाइएको छ । मधुमेहको रोकथामका लागि नियमित व्यायाम, स्वस्थकर खाना र आवश्यक औषधिको प्रयोग महत्वपर्ूण्ा हुन्छ । उपयुक्त तौल, उपयुक्त भोृजन, नियमित व्यायामले मधुमेह रोगलाई नियन्त्रणमा राख्ने र रोकथामको काम गर्दछ ।

यसैबीच विश्व मधुमेह दिवस पारेर चौधरी ग्रुप अर्न्तर्गतको इन्स्टयाण्ट मील प्रा.लि.ले मधुमेहका बिरामीहरुका लागि स्वस्थकर आँटा प्रस्तुत गरेको छ । पर्ूण्ा रेसादार, पौष्टिक र फोर्टिलाइड सो आँटा स्वीजरल्याण्डका वैज्ञानिकद्वारा इन्स्टयाण्ट मीलकै ल्यावमा तयार पारिएको बताइएको छ । स्मरणीय के छ भने इन्स्टयाण्ट मील फोर्टिलाइड ब्लेण्डेड फुड उत्पादन गर्ने देशकै पहिलो उद्योग हो । त्यस्तै चौधरी ग्रुपकै विष्कुट उत्पादक कम्पनी पशुपति बिस्कुटले मधुमेहका विरामीहरुका लागि उपयोग बिस्कुटहरु उत्पादन गर्दैआएको छ ।

महाकवि कुञ्जलाई राष्ट्रियकरण गर्न माग

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित कर्मघरलाई सरकारद्वारा यथाशीघ्र राष्ट्रियकरण गरिनुपर्ने माग गरिएको छ । महाकवि देवकोटाको उक्त कर्मघरमा पहिलोपल्ट आयोजित देवकोटाको शतवाषिर्की समारोहलाई सम्बोधन गर्दै राष्ट्रकवि माधव घिमिरेले सो माग गर्नुभएको हो । राष्ट्रकवि घिमिरेले विदेशस्थित नेपाली नियोगमार्फ देवकोटाको व्यक्तित्व र कृतित्वलाई विश्वव्यापी गर्न सरकारको ध्यान जानर्ुपर्दछ भन्नुभयो । उहाँले देवकोटा कुञ्जको इँटा, काठ मक्किन नदिन र कुहिनबाट जोगाई संरक्षण गर्न सरकारसंग माग गर्नुभयो । सो अवसरमा बोल्दै पर्ूवमन्त्री एवं साहित्यकार मोदनाथ प्रश्रतिले महाकवि देवकोटाको उक्त घर संरक्षण गरिदिन प्रधानमन्त्री समक्षा आग्रह गरिसकिएको जानकारी दिनुभयो । सभामा महाकवि र माधव घिमिरेबीच भएको वार्तालापको टेप सुनाइएको थियो ।

साहित्यकार मदनमणि दीक्षितले सेली, लर्ड वाइरन, किट्स जस्ता विश्वका महान् लेखकसंग देवकोटाको व्यक्तित्वको तुलना गर्न सकिने बताउनुभयो ।

सोही समारोहमा सन्तोष देवकोटाले देवकोटा सम्बन्धी डीभीडी वितरण गर्नुभयो । साहित्यकार रमा शर्माले पनि समारोहलाई सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार काल्रि्रसाद रिजालले कविता वाचन गर्नुभएको थियो भने रामेश्वर राउत मातृदासले महाकवि देवकोटा रचित 'आक्षेपिका' नामक कविता वाचन गर्नुभएको थियो । सो कार्यक्रम लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रका अध्यक्ष डा. पद्मप्रसाद देवकोटाको सभापतित्वमा भएको थियो ।

भ्रष्टाचार निवारणका लागि अख्तियारको गुहार

काठमाडौं । संवैधानिक मान्यता पाए पनि सो बमोजिम कार्य गर्न नसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्नका लागि सभासद्हरुलाई अनुरोध गरेको छ ।

भ्रष्टाचार नियन्त्रणका विषयमा भएको अन्तरक्रिया कार्यक्रममा आयोगले सभासद्लाई सो आग्रह गरेको हो । नेपालमा भ्रष्टाचार कम हुँदैगएको भन्दै भ्रष्टाचारको सूचक अर्को वर्ष३ मा पुर्‍याउने लक्ष्य रहेको र त्यसका लागि सहयोग गर्न आयोगका अधिकारीहरुले सभासद्संग आग्रह गरेका हुन् । सो अवसरमा 'भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघको महासन्धि र नेपालमा यसको कार्यान्वयन स्थिति' नामक कार्यपत्र सहन्यायाधिवक्ता महेश शर्मा पौडेलले प्रस्तुत गरे । उनले नेपालले यस महासन्धिको २००३ मा हस्ताक्षर गरे पनि अनुमोदन नगरेकाले पक्ष राष्ट्र हुन नसकेको बताए । महासन्धिको अनुगमनपछि भ्रष्टाचार नियन्त्रणमा सहज हुने उनको भनाई थियो । महासन्धिको अनुमोदनका लागि आवश्यक पर्ने केही पर्ूवाधारहरुको अभाव भए पनि अधिकांश पर्ूवाधार भने रहेको पनि उनले जानकारी दिए ।

आयोगका सचिव भगवती कुमार काफ्लेले महासन्धिको आवश्यकता औंल्याउँदै अनुमोदनका लागि सभासद्संग आग्रह गरे । संसद्मा प्रस्तुत गरेर पास नगरेसम्म महासन्धिको अनुमोदन नहुने भएकाले अनुमोदनमा सहयोग गर्न उनले सभासद्लाई आग्रह गरेका हुन् । यसका साथै मुलुक संघीय संरचनामा जान लागेको अवस्थामा अख्तियारको कामकारबाही स्थानीय स्तरसम्म विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए । भ्रष्टाचार नियन्त्रण अख्तियारको मात्र काम हो भन्ने ठानिएमा नियन्त्रण प्रयास सहज नहुने उल्लेख गर्दै नयाँ संविधानमा आयोगको क्षेत्र, विस्तार गर्न पनि उनले आग्रह गरे । 'आयोगमा हाल अन्य निकायका कर्मचारी ल्याइएका छन् ।×' केही समयपछि उनीहरु जाने भएकाले कामकारबाहीमा समस्या हुने उल्लेख गर्दै उनले थपे, 'साधनस्रोत जुटाउने प्रतिवद्धताको अपेक्षा गरेका छौं ।'

आयुक्त वेदप्रसाद शिवाकोटीले महासन्धिको अनुमोदनको लागि सक्रिय हुन सभासद्लाई आग्रह गर्दै आयोगबाट विगतमा भन्दा यस वर्षनिकै उपलब्धि मिलेको बताए । उनले भने, 'यस वर्षद्वन्द्वान्तम भन्दा निरोधात्मक पद्धती अपनाइएको छ ।'

कार्यक्रममा कार्यबाहक प्रमुख आयुक्त ललितबहादुर लिम्बुले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन महासन्धि संसद्बाट पास गर्नुपर्ने बताए । माओवादीका सभासद् दिनानाथ शर्माले पूँजीको पूजा हुने समाजमा भ्रष्टाचार नियन्त्रण गर्न कठिन हुने बताउँदै अनुसन्धान र इमान्दारिताको घेरमा राखिए आफै नियन्त्तण हुने बताए । एमालेका भीम रावलले अख्तियारले कुनै पनि भ्रष्टाचारीलाई उम्कन दिन नहुने बताउदै महासन्धि पास गर्नका लागि प्रयास भैरहेको जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा सहभागी सभासद्हरुले भ्रष्टाचार नियन्त्रणमा जोड दिंदै यसका लागि आफूहरुको सहयोग रहने प्रतिवद्धता जनाए ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
कोसी तटबन्ध मर्मत ः काम थोरै गफ धेरै (11.10.2008)
शर्ीष्ा दलहरुको आ-आफ्नै डम्फू (11.03.2008)
संविधान हतारमा बनाउनु हुन्न ः विजुक्छे (10.20.2008)
रेष्टुरेन्टको काम ः यौन शोषणको शिकार (09.29.2008)
नेपाल-चीन सम्बन्धमा छलफल (09.29.2008)
आर्थिक-व्यावसायिक नेतृत्व लिन तयार (09.23.2008)
राष्ट्रपति डा. यादव र बालबालिकाको अन्तरक्रिया (09.15.2008)
वीपीको शालिक अनावरण (09.15.2008)
पीडितलाई प्याकेजमा राहत ः सहयोग जुट्ने क्रम जारी (09.08.2008)
बेचिएका महिलाहरु जर्ुर्मुराए (09.08.2008)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
राजनीतिक कटुताको विस्तार ः शान्ति प्रक्रिया जोखिममा

© Neeraz.Com 2007
[Top Page]