आर्थिक क्रान्ति नै पहिलो प्राथमिकता
Monday, 09.15.2008, 04:50pm
गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले गत बुधबार संविधानसभा व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । विगतका भन्दा लामो र थुप्रै विषयवस्तु समेटिएको नीति तथा कार्यक्रम ९० बुँदामा रहेको छ । सरकारको नीति तथा कार्यक्रममा संविधानसभाको माध्यमबाट सहमति र सहकार्यको संस्कृतिलाई विकास गर्दै जनादेशबमोजिम संविधान निर्माणका साथ मुलुकमा विद्यमान सबैखाले विभेद, असमानता, शोषण, उत्पीडन, दमन तथा गरिबीको अन्त्य गरी समुन्नत, समृद्ध, सङ्घीय गणतन्त्रात्मक, न्यायपर्ूण्ा, लोकतान्त्रिक नयाँ नेपाल निर्माण गर्न प्रतिबद्धता व्यक्त गरिएको छ ।
|