जनता सधैं नछक्किउन
Wednesday, 11.27.2019, 10:56am
अघिल्लो हप्ता मन्त्रिपरिषदमा सामान्य हेरफेर भयो । २१ महिना अगाडि अति उत्साहजनक वातावरणमा बनेको मन्त्रिपरिषदमा गहन जिम्मेवारीसहित प्रवेश पाएका नौजना मन्त्री हटे भने उत्साह र कुतुहलताविहीन वातावरणमा नयाँ नौजनाले प्रवेश पाए । आम निर्वाचनमा जनताबीच आशा जगाउँदै देशलाई विकास र समृद्धिको अवस्थामा पु¥याउने सपना बाँडेर अपार जनमत प्राप्त गरी दुई तिहाइ बहुमतको सरकार गठन भएको सन्दर्भ र २१ महिना यताका कामकारबाही, गतिविधि र परिणामलाई नियालेर हेर्दा सन्तोष कम निराशा र वितृष्णाको लहर बढी देखिएको पृष्ठभूमिमा यो हेरफेरको निहितार्थ के हो भन्ने तर्फ जनमानसमा कुतुहलता र जिज्ञाशा जाग्नु स्वाभाविक नै छ ।
|