युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 06.23.2018, 06:01am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दस्तावेज
 
भारत सरकार र श्री ५ को सरकारबीच आपसी सहयोग सहमतिको मस्यौदा
Wednesday, 08.28.2013, 02:23pm (GMT+5.5)

१. यसपछि करार पक्ष (कन्ट्रायाक्टिङ पार्टेजका रूपमा पनि उल्लेख हुने) भारत सरकार र श्री ५ को सरकार, नेपालः
इतिहास, भूगोलको नाता, साझा सामाजिक तथा सांस्कृतिक मूल्यहरूमा आधारित भारतीय र नेपाली जनताबीच रही आएको अद्वितीय, पुस्तौं पुरानो र पारम्पारिक सम्बन्धलाई स्मरण गर्दै

हस्ताक्षरयता र पछिसम्म भारत–नेपाल सम्बन्धको जग रहिआएको भारत र नेपाल सरकारबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धिप्रति प्रतिबद्धता जनाउँदै,

दुई मुलुक र जनताबीच मित्रताको गाँठो, असल छिमेकीपन र दुई पक्षका लागि लाभकारी सहयोग दरिलो बनाउने इच्छाका साथ दुई पक्षबीच आर्थिक सहयोग सुदृढ गर्ने दृढतासहित,

आफ्नो अर्थतन्त्र आफ्नै र साझा हितमा विकसित गर्न इच्छुक, वैज्ञानिक र प्राविधिक ज्ञान तथा अनुभव आदानप्रदान दुई पक्षबीचको व्यापार प्रवद्र्धनका लागि लाभकारी हुने विश्वासका साथ, निम्न कुराहरूमा सहमति जनाएका छन् ।

खण्ड १
एकअर्कामा भूभागमा एक अर्काका नागरिकहरूप्रतिको व्यवहार ः

धारा १
दुई पक्षले स्वीकार गरेका अपवादबाहेक, करार पक्षहरूले त्यस्ता कुनै कानून, नियम तथा आदेश जारी या निरस्त गर्ने छैनन् जसले भारत सरकार र नेपाल सरकारबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धि र त्यसैसाथ आदान प्रदान गरिएका पत्रहरूद्वारा एउटा मुलुकका नागरिकले अर्काे मुलुकमा बसोबास, सम्पत्तिको स्वामित्व, रोजगारी, व्यापार र वाणिज्यमा सहभागिता, आवागमन, औद्योगिक र विकास सम्बन्धी गतिविधिमा सहभागिता र उनीहरूलाई प्राप्त हुने अनुदान तथा सहुलियत सम्बन्धी अधिकार विशेष सुविधालाई विभाजित गर्नेछन् ।

धारा २
करार पक्षले अर्का पक्षको जानकारीमा त्यस्ता कानून, नियम, नियमन र सरकारी आदेश ल्याउन स्वतन्त्र हुनेछन् जसले एक अर्काका भूमिमा आफ्ना नागरिकको अधिकार र सहुलियत कटौती गर्ने छन् ।

खण्ड २
सुरक्षा सहयोग
धारा १
सुरक्षा समर्थन बलियो बनाउन करार पक्षहरू सैन्य क्षेत्रमा एक अर्कालाई सहयोग गर्न सहमत भएका छन् ।
त्यसका लागि श्री ५ को सरकारले परामर्शपछि नेपालद्वारा प्राप्त गर्ने हातहतियार तथा आफ्नो सुरक्षाका लागि आवश्यक सामग्रीहरू बारे भारत सरकारसंग उचित सम्झौता गर्ने छ ।

धारा २
करार पक्षबीच सैन्य क्षेत्रको सहयोग अन्तर्गत भारत सरकारले हतियार, गोलीगठ्ठा, अन्य सामग्री र अतिरिक्त गठन (संरचना), उपकरण सहयोग स्वरूप प्रदान गर्नुका साथै अतिरिक्त संरचना र शाही नेपाली सेनाका प्रतिनिधिहरूको आपसी निर्णयमा ।

धारा ३
सैन्य क्षेत्रमा करार पक्षबीचको सहयोग अन्तर्गत नेपाली सशस्त्र बलका व्यक्तिहरूको तालिमका लागि सहयोग सामेल हुनेछ ।

धारा ४
करार पक्ष एक अर्काकाविरुद्ध अन्य कुनै राज्यसंग कुनै सैनिक गठबन्धनमा प्रवेश नगर्ने प्रतिवद्धता गर्छन् । श्री ५ को सरकार, नेपालले यस सन्दर्भमा भारत सरकारसंग पूर्व परामर्श र सहमतिबिना माथि उल्लिखित धारा १ देखि ३ सम्म उल्लिखित विषयहरूमा कुनै राज्य या संगठनसंग कुनै सहमति गर्ने छैन ।

धारा ५
माथि धारा १ देखि ४ सम्मका व्यवस्थाले करार पक्ष दुवै मुलुकका स्वतन्त्र विदेश नीतिमा कुनै प्रभाव पार्ने छैनन् ।

खण्ड ३
व्यापार
व्यापार सम्बन्धी सहमतिका धाराहरू यस खण्डमा समावेश गरिने छन् ।

खण्ड ४
पारवहन
पारवहन सम्बन्धमा सहमतिका धाराहरू यस खण्डमा समवेश गरिनेछन् ।

खण्ड ५
अनाधिकृत व्यापार नियन्त्रण गर्न सहयोग
अनाधिकृत व्यापार नियन्त्रण गर्नेबारेका सहमति यस खण्डमा समावेश छन् ।

खण्ड ६
आर्थिक, औधोगिक र जल संशोधन सहयोग

धारा १
भारत नेपालबीचको पारस्परिक मैत्रीपूर्ण मित्रताको भावना अनुरूप नेपाली जनताको फाइदा र भलाइका लागि श्री ५ को सरकार, नेपालको अनुरोधमा समय समयमा करार पक्षद्वारा तय गरिने विकास सहयोग उपलब्ध गराउन भारत सरकार प्रतिवद्धता व्यक्त गर्दछ ।

धारा २
श्री ५ को सरकार, नेपालले आफ्नो प्राकृतिक संशोधनको विकासमा या कुनै औद्योगिक परियोजनामा विदेशी सहयोग लिने निर्णय गरेमा, त्यसमा पहिलो प्राथमिकता भारतीय सरकारले या भारतीय नागरिकले पाउने छन्, यदि भारत सरकार वा भारतीय नागरिकले अन्य कुनै राज्य, उनीहरूका नागरिक, या अन्य कुनै अन्तर्राष्ट्रिय संगठन या एजेन्सीले प्रतिज्ञा गरेका शर्तहरू भन्दा कम सकारात्मक छैनन् भने ।

धारा ३
साझा रूपमा वितरित नदीहरूका पानीको पूर्ण र सन्तोषजनक उपयोगिताप्रति समान आकांक्षा राख्दै करार पक्षहरूबीच प्रतिवद्धता जनाउँछन् कि (१) सम्बन्धित नदीहरूमा विद्यमान प्रयोग सुनिश्चित गर्दै नयाँ प्रयोग र परियोजनाको तर्जुमा गरिने छ, र (२) करार पक्षहरूको पानीको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ योजना तथा परियोजना तयार गर्ने, रूपान्तरित गर्ने, एक अर्कालाई सहयोग पुर्याउने छन् ।

धारा ४
करार पक्ष संयुक्त रूपमा आपसी लाभका योजना तर्जुमा, निर्माण र व्यवस्थापनका लागि सहमति जनाउँछन् । यस सन्दर्भमा साझा हितमा आवश्यक महसुस गरिएको खण्डमा तेस्रो पक्षको संलग्नता आपसी सहमतिमा निर्धारित हुने छ ।

खण्ड ७
अन्तिम प्रावधानहरू
धारा १
यो सहमतिको सौहार्दपूर्ण र प्रभावकारी कार्यान्यवयनमा सघाउ पुर्याउन करार पक्षहरू नियमित रूपमा भारत नेपाल संयुक्त आयोग मातहत एक अर्कासंग परामर्श र यो सहमतिकोे कार्यान्वयन समीक्षा गर्ने छन् । यो उद्देश्यका लागि उनीहरू १२ महिनामा कमसेकम एकपटक बैठक गर्ने छन् ।

धारा २
यो सहमतिको उद्देश्यका लागि यसमा उल्लिखित विभिन्न खण्डहरू एक अर्कासंग अन्तर्सम्बन्धित छन् र तिनीहरूलाई ‘समग्र’ मानिने छ ।

धारा ३
यो सहमतिको भाग १ त्यो सम्पूर्ण अवधिका लागि कार्यान्यवनमा रहने छ जबसम्म सन् १९५० को भारत–नेपाल शान्ति र मैत्री सपन्ध कार्यान्वयनमा रहने छ ।

सहमतिको खण्ड २ दश वर्षका अवधिका लागि कार्यान्वयनमा रहने छ । र सहमतिका आधारमा फेरबदलसहित आपसी सहमतिमा अर्को १० वर्षका लागि नवीकरण गर्न सकिने छ ।

सहमतिको खण्ड ३ ..... वर्षका लागि कार्यान्यवनमा रहने छ । सहमतिका आधारमा भएका फेरबदलसहित आपसी सहमतिमा अर्को दश वर्षका लागि नवीकरण गर्न सकिने छ ।

सहमतिको खण्ड ४ ..... वर्षका लागि कार्यान्वयनमा रहने छ । आपसी सहमतिमा त्यसलाई ..... वर्षका लागि नवीकरण गर्न सकिने छ, आपसी सहमतिमा फेरबदलसहित ।

सहमतिको खण्ड ५ ...... वर्षका लागि कार्यान्वयनमा रहने छ । आपसी सहमतिमा त्यसलाई ..... वर्षका लागि नवीकरण गर्न सकिने छ, आपसी सहमतिमा फेरबदलसहित ।

सहमतिको खण्ड ६ ..... वर्षका लागि कार्यान्वयनमा रहने छ । आपसी सहमतिमा त्यसलाई ..... वर्षका लागि नवीकरण गर्न सकिने छ, आपसी सहमतिमा फेरबदलसहित ।

धारा ४
यो सहमति ........... १९९० बाट लागू हुने छ । भारत सरकार र नेपाल सरकारबीचको शान्ति तथा मैत्री सन्धि कार्यान्वयनमा रहेको अवधिसम्म बहाल रहने छ ।

काठमाडौंमा ....... दिन ..... महिना सम्भवतः एक हजार नौ सय नब्बेमा हिन्दी, नेपाली र अंग्रेजीमा समान रूपमा प्रमाणित दुई–दुई प्रतिमा हस्ताक्षरित । केही आशंका उत्पन्न भएमा अंग्रेजीप्रति निर्णायक हुने छ ।

श्री ५ को सरकार नेपालका तर्फबाट                                                           भारत सरकारका तर्फबाट

(यो सहमतिको मस्यौदा सेतोपाटी अनलाइनमा प्रकाशित अवतारसिंह भसिनद्वारा सम्पादित ‘नेपालस रिलेसन्स् विथ इन्डिया एन्ड चाइना १९४७–१९९२’ पुस्तक पेज ५४५–५४९) बाट साभार गरिएको हो ।


Rating (Votes: )   
Share     Print




 
::| Latest News

 
[Page Top]