युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.17.2018, 06:58am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दस्तावेज
 
नेपाल–भारत शान्ति तथा मैत्री सन्धि, जुलाई ३१, १९५०
Wednesday, 08.20.2014, 01:05pm (GMT+5.5)

नेपाल र भारत सरकार शताब्दीयौँदेखि दुई मुलुकका बीच रहिआएको मित्रतापूर्ण सम्बन्धप्रति प्रतिबद्ध रहँदै उक्त सम्बन्धलाई अरु विकसित र सुदृढ पारी दुई मुलुकको शान्तिलाई निरन्तरता दिने उद्देश्यले परस्पर शान्ति तथा मैत्री सन्धि गर्ने निश्चित गरी यो सन्धि गर्न निम्नलिखित व्यक्तिहरूलाई सम्पूर्ण अधिकारसहित प्रतिनिधि नियुक्त गरिएको छ । जसमा नेपालका तर्फबाट महाराज, प्रधानमन्त्री तथा सर्वाेच्च सेनापति मोहनशम्शेर जंगबहादुर राणा र भारत सरकारका तर्फबाट नेपालमा भारतका महामहिम राजदूत चन्द्रेश्वरप्रसाद नारायणसिंहले एकअर्काको अधिकारपत्र जाँच्दा ठीक र रीतपूर्वकको ठहर्याइएकोले देहायका प्रबन्धहरूलाई स्वीकारेका छन् ।

धारा १ 
नेपाल र भारत सरकारकाबीच स्थायी शान्ति र मित्रता रहिरहने छ । दुबै सरकार परस्परमा एक अर्काको पूर्ण प्रभुसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति सम्मान र समर्थन गर्न स्वीकार गर्दछन् । 

धारा २ 
दुबै सरकार परस्परमा कायम रहेको मित्रतापूर्ण सम्बन्धमा खलल पर्न जाने सम्भावना रहने गरी कुनै छिमेकीसँग गम्भीर खटपट या विवाद उत्पन्न भएमा एक अर्कालाई जानकारी दिन प्रतिवद्ध छन् । 

धारा ३ 
धारा १ मा उल्लेख भएअनुसार सम्बन्ध स्थापना गर्न र त्यसलाई कायम गर्नको लागि दुबै सरकार आवश्यक कामकाजको सू–सञ्चालनका लागि आवश्यक कार्मचारी र आफ्ना प्रतिनिधिहरूद्वारा एक–अर्कासँग कुटनीतिक सम्बन्ध राख्न राजी छन् । 
ती प्रतिनिधिहरू र तोकिएका कर्मचारीहरूले पारस्परिक आधारमा प्रचलित  व्यवस्था  अन्र्तगत अन्तर्राष्ट्रिय कानूनले प्रदान गरेका सबै कूटनीतिक विशेषाधिकार र उन्मुक्तिहरूलाई उपभोग गर्नेछन् । यी अधिकारहरू दुवैमध्ये एक मुलुकको कुटनीतिक सम्बन्ध भएको कुनै अर्काे मुलुकका समानस्तरका व्यक्तिहरूलाई दिइएका अधिकारभन्दा कुनै पनि हालतमा कम हुने छैनन् । 

धारा ४ 
दुबै सरकारहरू एक अर्काे मुलुकका तोकिएका शहर, बन्दरगााह र अन्य स्थानहरूमा बस्ने महावाणिज्य दूत, उपवाणिज्य दूत र वाणिज्य प्रतिनिधिहरू नियुक्त गर्न मञ्जुर छन् । 
महावाणिज्य दूत, उपवाणिज्य दूत र वाणिज्य प्रतिनिधिहरूलाई उनीहरूको पदाधिकारीमा नियुक्तिको बैधानिक प्रमाणपत्र प्रदान गरिने छ । ती पदाधिकारी या नियुक्तिको बैधानिक प्रमाणपत्रलाई सो प्रदान गर्ने मुलुकले आवश्यक ठानेमा फिर्ता लिन सक्नेछ । सम्भव भएमा त्यसरी फिर्ता लिइनुको कारण जनाउ दिन सकिनेछ 
माथि उल्लेखित व्यक्तिहरूले पारस्परिक आधारमा ती सबै हक, विशेषधिकार र उन्मुक्तिहरूको उपभोग गर्नेछन् जुन ती मुलुकका समान श्रेणीका व्यक्तिहरूलाई प्रदान गरिएको छ । 

धारा ५ 
नेपाल सरकारलाई आफ्नो सुरक्षाका लागि आवश्यक पर्ने हात–हतियार, विष्फोटक सामाग्री या गोलीगठ्ठा, कलपूर्जा आदि स्वतन्त्रतापूर्वक भारतीय भूमिबाट र भारतीय भूमि भएर आयत गर्ने अधिकार रहनेछ । यो प्रबन्धलाई कार्यरुप दिन दुबै सरकारले परस्परमा परामर्श गरी एउटा कार्यप्रणाली तय गर्नेछन् । 

धारा ६
दुबै सरकार नेपाल र भारतबीच विद्यमान असल छिमेकीपन र मित्रताको प्रतीक स्वरुप एकले अर्काे देशका नागरिकहरूलाई आफ्नो मुलुकका औद्योगिक र आर्थिक विकासका मामिलाहरूहरूमा सहभागी हुन तथा आर्थिक विकाससँग सम्बन्धित मामिलाहरूमा सहभागी हुन तथा आर्थिक विकासँग सम्बन्धित मामिलाहरूमा दिइने सहुलियत र ठेक्कापट्टाहरूमा राष्ट्रिय व्यवहार प्रदान गर्नेछन् । 

धारा ७ 
नेपाल र भारत दुबै देशका सरकारहरू समान आधारमा एक अर्काे देशका नागरिकहरूलाई आ–आफ्नो भूभागमा बसोबास तथा सम्पत्तिको भोगचलन गर्ने, उद्योग, व्यापारिक कारोवारमा भागलिने, डुलफिर गर्ने र यस्तै प्रकारका अन्य विशेषाधिकारहरू प्रदान गर्ने स्वीकृति प्रदान गर्दछन् । 

धारा ८ 
जहाँसम्म यहाँ उल्लेख भएका कुराहरूको सवाल छ, तिनको हकमा यो सन्धिले नेपाल सरकार र भारत सरकारको तर्फबाट ब्रिटिश सरकारको बीचमा भएका सबै सन्धिहरू, सम्झौताहरू र प्रतिज्ञापत्रहरूलाई खारेज गरेको छ । 

धारा ९ 
यो सन्धि दुबै सरकारले हस्ताक्षर गरेको मितिदेखि लागू हुनेछ । 

धारा १० 
कुनै एक मुलुकले एक वर्षको सूचना दिई खारेज नगरेसम्म यो सन्धिको अस्तित्व रहिरहनेछ । 

काठमाडौंमा वि.स. २००७ साल साउन १६ गते तदनुसार ईश्वी सम्वत १९५० जुलाई महिनाको ३१ तारिखका दिन यो सन्धिको दुबै प्रतिमा हस्ताक्षर भयो ।
 
हस्तक्षर 
चन्द्रेश्वरप्रसाद नारायण सिंह                                 मोहनसम्शेर जङ्गबहादुर राणा 
भारत सरकारको निमित्त                                         नेपाल सरकारका निमित्त 


Rating (Votes: )   
Share     Print


Other Articles:
सुडान काण्डको नालीबेली (08.13.2014)
वेपत्ता छानबिन तथा सत्य निरुपण आयोग गठन विधेयकको मुख्य अंश (04.21.2014)
नवौंं महाधिवेशनले स्पष्ट पार्नुपर्ने विषयहरु - शंकर पोखरेल (03.31.2014)
कांग्रेस–एमालेका साझा नीति तथा कार्यक्रम (03.19.2014)
“प्राप्त उपलब्धि संस्थागत गर्न धेरै हदसम्म सफल” (11.19.2013)
प्रमुख तीन दलको प्रतिस्पर्धा कहाँ कोसंग ? (10.08.2013)
भारत सरकार र श्री ५ को सरकारबीच आपसी सहयोग सहमतिको मस्यौदा (08.28.2013)



 
::| Latest News

 
[Page Top]