युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.17.2018, 12:44pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दस्तावेज
 
उल्लासमय वातावरणमा सम्पन्न पहिलो चरणको निर्वाचन
Wednesday, 05.17.2017, 12:01pm (GMT+5.5)

काठमाडौं । आइतबार अर्थात् २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय निकायको पहिलो चरणको मतदान समग्रमा शान्तिपूर्ण रुपमा मतदाताको व्यापक सहभागिताकाबीच सम्पन्न भयो । यतिबेला मतगणना जारी छ । केही स्थानमा भएको अप्रिय घटना बाहेक निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । निर्वाचनन आयोगले ७१ प्रतिशत मत खसेको अनुमान सार्वजनिक गरेको छ । 
विहान ७ बजेदेखि पाँच बजेसम्म भएको मतदानपछि निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ३, ४ र ६ नम्बर प्रदेशका २८१ स्थानीय तहमा भएको निर्वाचनमा ७१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिनुभयो ।
आम मतदाताको ठूलो सहभागिता एवम् शान्तिपूर्ण र व्यवस्थितरुपमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित वडा सदस्य पदका लागि भएको निर्वाचनमा विशेष गरी महिला, दलित, अल्पसङ्ख्यक समुदायको सहभागिता निकै उत्साहप्रद रहेकोमा आयोगले हर्ष प्रकट गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो– “स्थानीय तहका लागि भएको मतदान कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको छ । मतदाता महानुभावले लोकतान्त्रिक अभ्यासमा देखाउनु भएको व्यापक सहभागिताप्रति आयोग हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।” 
आयोगले नचाहँदा नचाहँदै पनि काभ्रेको नमोबुद्ध नगरपालिका–४ को मतदान केन्द्र, कालीकोटको कालिका गाउँको बालाचौर आधारभूत विद्यालयमा भएको मतदान केन्द्रको निर्वाचन स्थगित भएको तथा दोलखाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर मतदान केन्द्रमा सुरक्षा कारबाहीमा एक जनाको निधन भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ ।
मतदान कार्य सम्पन्न भएसँगै सबैै मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको तथा हिमाली तथा पहाडी जिल्लाका विकट मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्न हेलिकप्टरको प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो ।
पहिलो चरणको निर्वाचन २८३ स्थानीय तहका लागि भए पनि २८१ स्थानमा मात्रै मतदान भएको थियो । मनाङ जिल्लाको नारफु गाउँपालिका र डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकामा यसअघि नै निर्विरोध निर्वाचन भइसकेका थिए ।
काठमाडौँ उपत्यकासहित ३४ वटै जिल्लाका सहरदेखि गाउँ बस्तीमा रहेका मतदान केन्द्रमा मतदाता बिहान ७ बजेअघिदेखि नै मतदान केन्द्रअघि पङ्क्तिबद्ध भएर युवा पुस्तादेखि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, किरियापुत्री, दृष्टिविहीनसम्मले निकै उत्सुकतापूर्वक सहभागिता जनाएको भनी उहाँले मतदाताको प्रशंसा गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले पहिलो चरणको मतदानमा देखिएको सहभागिताले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा सहभागी हुनुहुने मतदातालाई पनि उत्साहित बनाउनेछ भन्ने विश्वास आयोगले लिएको बताउनुभयो ।
आयोगको आफ्नो तयारी र निर्वाचन व्यवस्थापनको कमी कमजोरीले कुनै मतदान केन्द्रमा गम्भीर समस्या उत्पन्न नभएको र सहजढङ्गले मतदान कार्य अगाडि बढाउन आयोग सफल भएको आयोगले दाबी गरेको छ । मतदान कार्यमा अत्यन्तै कठिन परिश्रम गरी अहोरात्र खटेर मतदान कार्य सफल बनाउन जुट्नुभएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिृकत र अन्य कर्मचारी तथा सुरक्षाकर्मीलगायत सबैलाई आयोगले धन्यवाद व्यक्त गरेको छ ।
राजनीतिक दलका प्रतिनिधिको रोहवर वा उपस्थितिमा मतदाताले गोप्य मतदानमार्फत व्यक्त गर्नुभएको जनादेश अब मतपेटिकामा सङ्ग्रहीत भएको जनाउँदै आयोगले भनेको छ– निर्वाचन परिणामप्रति विश्वास व्यक्त गर्न, मतदाताको मतादेशलाई पूर्ण सम्मान गर्न समस्त राजनीतिक दल, उम्मेदवारसँग निर्वाचन आयोग हार्दिक अपिल पनि गर्दछ ।  मतदाताले व्यक्त गरेको मतलाई लिएर उत्तेजनामा नआउन, संयमता प्रदर्शन गर्न र लोकतान्त्रिक पद्धति र प्रक्रियाप्रतिको प्रतिबद्धतालाई पुनः अभिव्यक्त गर्न आयोगले सबै सरोकारवालासँग अनुरोध गरेको छ । 
मतदाता परिचयपत्रको प्रयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सहयोग पुगेको बताउँदै आयोगले मतपत्र ठूलो हुनु, छोटो समयमा तयारी गर्नु, मतदाता शिक्षा प्रदान गर्न समय कम हुनु, बेलैमा राजनीतिक सहमति कायम नहुँदा उत्पन्न अन्योलबीच भएको तयारीप्रति सन्तोष पनि व्यक्त गरेको छ ।

दुर्गम क्षेत्रमा बढी मत खस्यो
निर्वाचनका क्रममा शहरी क्षेत्रको तुलनामा दुर्गम क्षेत्रमा बढी मतदान भएको पाइएको छ । आयोगले दिएको जानकारी अनुसार सबैभन्दा बढी मत रसुवामा खस्यो भने त्यसपछि उपल्लो डोल्पामा खसेको छ । सबैभन्दा कम भने रामेछापमा खसेको छ । आयोगका अनुसार– १. दोलखा ६२, २. रामेछाप, ५४, ३. सिन्धुली ७५, ४. काभ्रेपलाञ्चोक ६०, ५. सिन्धुपाल्चोक ७०, ६. रसुवा ८२, ७. नुवाकोट ७०, ८. धादिङ ७५, ९ चितवन ७०, १०, मकवानपुर ७०, ११ भक्तपुर, ८०, १२ ललितपुर ७५, १३ काठमाडौँ ७५, १४ गोरखा ८०, १५ जाजरकोट ७३, १६ लमजुङ ७१, १७ तनहुँ ७०, १८ कास्की ७५, १९ मनाङ ५८, २० मुस्ताङ ७५, २१ पर्वत ६५, २२ स्याङ्जा ७०, २३ म्याग्दी, ६०, २४ बागलुङ ६७, २५ नवलपरासी ७३, २६ सल्यान ७१, २७ डोल्पा ८१, २८ जुम्ला ७०, २९. मुगु ७०, ३०. हुम्ला,७५, ३१. कालीकोट ६०, ३२. दैलेख ७०, ३३. सुर्खेत ७०, ३४. रुकुम ७५ प्रतिशत मत खसेको छ ।

तीनजनाको मृत्यु
दोलखाको मेलुङ गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बाध्य भई गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको बुझिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टका अनुसार मेलुङ गाउँपालिकाको पवटी मतदान केन्द्रमा उक्त घटना भएको हो । झडपमा केही व्यक्ति घाइते भए । त्यस्तै तनहुँमा मतदानन गरेर फर्कने क्रममा अज्ञात व्यक्तिले हानेको ढुंगा लागी एकजनाको मृत्यु भएको छ ।
उता कालिकोटमा विप्लव समुहले निरन्तर चुनाव अवरोधको प्रयास गर्दै ढुंगामुढा र सकेट वम प्रहार निरन्तर गरेपछि प्रहरीले गोली चलाउँदा राप्रपाका वडा अध्यक्षका उम्मेदवार धनरुप बटालाको मृत्यु भएको जनाएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर राप्रपाका वडाध्यक्ष उम्मेदवारको मृत्यु भएको छ । घटनामा घाइते भएका ३ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । नरहरिनाथ गाउँपालिका ६ को नन्दादेवी मावि मतदान केन्द्रको मतपेटिका ढुवानीको क्रममा विप्लव समूहले आक्रमण गरेको थियो । बम हान्नुका साथै मतपेटिका खोसेपछि सुरक्षाका लागि सुरक्षाकर्मीले गोली चलाएको थियो ।

किरियापुत्रीको मतदान
आफ्नो मताधिकार प्रयोग गर्न कुनै अबरोधले रोक्दैन । २० वषपछि स्थानीय तहमा जनप्रतिनिधि चयन गर्ने अवसरलाई किकरियापुत्रीहरुले पनि सदुपयोग गरे । सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ च्याकुटारबेँसीका किरियापुत्री दाजुभाइले मतदान गर्नुभएको छ । आफ्नो स्व पिता कृतिप्रसाद न्यौपानेको किरिया बसिरहेका रामकुमार न्यौपाने र लक्ष्मीप्रसाद न्यौपानेले आफ्नो गाउँभन्दा डेढकोश टाढा रहेको कामदा मावि ढँुडभञ्ज्याङ मतदान केन्द्रमा गई मतदान गर्नुभएको थियो ।
त्यस्तै नुवाकोटमा दुई स्थानबाट किरियापुत्रीले मतदान गरेका छन् । विदुर नगरपालिका– ६ इनारपाटीका द्रोणबहादुर सडौलाले महालक्ष्मी प्रावि मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ । हिजो आमा गुमाउनुभएका सडौलाले किरिया भेषमा नै मतदान केन्द्र पुगेर मतदान गर्नुभएको हो । 
उपत्यकाको वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश्वरबाट मतदान गर्नुभएको छ ।
उहाँका बुबा लोकबहादुरको ९२ वर्षका उमेरमा यही वैशाख २३ गते निधन भएपछि उहाँ बुबाको किरियामा हुनुुहुन्छ । किरीयापुत्रीसँगै उनकी श्रीमती शान्ता र छोरा इन्जिनियर असिमसिंहले पनि मतदान गर्नुभयो । मतदानका लागि अर्जनु आफ्नो घरबाट ५ मिनेटको दूरीमा रहेको मतदान केन्द्रसँग हिँडेर जानुभएको पत्रकार बलराम प्यासीले जानकारी दिनुभयो । 
आफू किरियामा बसे तापनि बीस वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले आफूले र आफ््नो परिवारले आफ्ना अमूल्य मतको प्रयोग गर्ने मौकाको सदुपयोग गरेको बताउनुभयो ।
एक सय चारवर्षीयद्वारा मतदान
गोरखा नगरपालिका– ११ का एक सय चारवर्षीय नन्दबहादुर पौडेललेस्थानीय तहको निर्वाचनमा चन्द्रज्योति प्रावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । पौडेल लौरो टेकेर मतदान केन्द्रसम्म आइपुग्नुभएको स्थानीयवासी किशोरजङ्व थापाले जानकारी दिनुभयो । त्यस्तै पोखरा लेखनाथ महानगरपालिका– २६ मा १०३ वर्षीया अनुरुपा बन्जराले मतदान गर्नुभएको छ ।
उहाँले भवानी कालिका माविको ‘क’.मतदान केन्दबाट पहिलो मतदाताका रूपमा मतदान गर्नुभएको थियो । त्यस्तै कास्की, मादी गाउँपालिका–४ माजडिहीका  १०२  वर्षीय वामदेव सापकोटाले धु्रव माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
      

कर्मचारीहरुको गुनासो
जागिरका सिलसिलामा आफ्नो गाउँ ठाउँबाट टाढा महोत्तरी जिल्लामा बस्दै आएका सयौँ राष्ट्रसेवक कर्मचारी प्रदेश नं ३,४ र ६ मा सम्पन्न भइरहेको स्थानीय तहको निर्वाचनमा मत दिन नपाउँदा दुःखी भएका छन् ।
नेपाल सरकारले राष्ट्रव्यापी रूपमा सार्वजनिक बिदाको व्यवस्था नमिलाउँदा प्रदेश नं ३,४ र ६ का सयौंँ सरकारी कर्मचारी आफ्नो मतदान केन्द्रमा जान पाएनन् । स्वास्थ्य, शिक्षा, स्थानीय निकायसहित महोत्तरीका करिब चार दर्जन सरकारी कार्यालयमा कार्यरत सयौँं कर्मचारीले आफूहरूले बिदा नपाउँदा घर जान नपाएको र कार्यालयको कामकाज ठप्प पार्न नसकिने अवस्था रहेकाले २० वर्षपछि भएको ऐतिहासिक स्थानीय निर्वाचनमा भाग लिन नपाएकामा उनीहरूले दुःख व्यक्त गरेका छन्  ।
यसका अतिरिक्त विभिन्न गैरसरकारी संस्था, निजी संस्था, कारखाना र अन्य रोजगारीका सिलसिलामा रहेकाहरू तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका सुरक्षाकर्मीले पनि मतदान गर्न पाएनन् । 

विस्फोटक पदार्थ निष्क्रिय
निर्वाचन अवरोध गर्ने उद्देश्यले विभिन्न जिल्लामा राखिएको विस्फोटक पदार्थ निष्क्रिय पारिएको  छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका, ट्वाटीपाखास्थित पीपलबोट चौतारामा प्लास्टिकको झोलामा फेला परेको प्रेसरकुकर बम तत्काल प्रहरी टोली खटी नेपाली सेनासँग समन्वय गरी निष्क्रिय पारेको प्रहरीले जनाएको छ । 
यस्तै भक्तपुर मध्यपुरथिमि नगरपालिकाका प्रमुखका लागि नेकपा(एमाले)का उम्मेदवार मदनसुन्दर श्रेष्ठको घरको सटर अगाडि ‘खतरा’ लेखिएको पोकाभित्र फेला परेका सकेट बम नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसहितको टोलीले निष्क्रिय पारेको छ ।
काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका समाजकल्याण चोकस्थित अरनिको राजमार्गमा सकेट बम जस्तो देखिने वस्तु तथा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका, विन्द्रासैनीमा ‘खतरा’ लेखिएको बोतल बम फेला परेकामा प्रहरी टोली खटी नेपाली सेनासँग समन्वय गरी निष्क्रिय पारिएको प्रहरीले जनाएको छ ।
पर्यटकको रुची
नेपालमा दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनलाई विदेशी पर्यटकले पनि निकै रुचिपूर्वक अवलोकन गरेका छन् । प्रमुख पर्यटकीय गन्तव्यमा अवलोकन भ्रमणका लागि विभिन्न मुलुकबाट आएका विदेशीले पर्यटकीयस्थल भ्रमणका क्रममा स्थानीय निर्वाचनको अवलोकन गरेका हुन् । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय क्षेत्र वसन्तपुर दरबार, पाटन दरबार स्क्वायर र भक्तपुर दरबार क्षेत्रमा घुम्ने पर्यटकले आसपासका निर्वाचन केन्द्रमा भइरहेको मतदानको उत्सुकताका साथ जिज्ञासा शान्त पार्ने र  तस्बिर खिंच्ने काममा व्यस्त देखिन्थे ।
निर्वाचनको दिन सुरक्षालाई ध्यानमा राख्दै सवारीसाधन नचल्दा राजधानीका सडक सुनसान देखिए पनि मुख्य पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बाक्लो देखिन्थ्यो । चर्को घाममा हातमा आइसक्रिम र चिसो पेयपदार्थका साथमा हुलका हुल पर्यटक गन्तव्यमा घुमिरहेका थिए । सडक खुल्ला हुँदा उनीहरूले सडकका गतिविधिलाई पनि नियाले । 

दुई हजार सवारीसाधन नियन्त्रित
मतदानको दिन सवारी साधन चलाउन नपाइने नियम मिचेर चलाइएका एक हजार नौ सय ५९ सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
निर्वाचन आयोगले अत्यावश्यक, सवारी अनुमति लिएका र सुरक्षाकर्मीका सवारी साधनबाहेक अन्यलाई बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म सवारी साधन चलाउन निधेष गरेको थियो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार प्रहरी निरीक्षक मधुसूदन सिलवालले एक हजार आठ सय ३४ मोटरसाइकल, ७६ कार, २८ ट्रक, ८ माइक्रोबस र छ बस नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
आयोगले आचारसंहिता विपरीत सवारी साधान चलाइएको पाइएमा रु २५ हजारसम्म जरिवाना लिन सक्ने व्यवस्था गरेको छ ।  निषेधित क्षेत्रमा सवारी साधन चलाएमा भने ट्राफिक प्रहरीले रु पाँच सयदेखि एक हजार पाँच  सयसम्म जरिवाना लिन सक्ने व्यवस्था छ ।
मतपत्रले अन्योल
स्थानीय तहको निर्वाचनमा ठूलो आकारको मतदान पत्रका कारण मतदाताले मतदान गर्न गाह्रो भएको गुनासो गरेका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि धेरै दल दर्ता भएका काठमाडौँ, ललितपुर, भक्तपुरलगायत १६ जिल्लामा ६८ लाइन भएको सबैभन्दा लामो मतपत्र बनाएको छ । लामो भएका कारण मतपत्रमा चुनाव चिह्न खोज्न मात्र नभई स्वस्तिक छाप लगाउन र मतपेटिका राख्दा पट्याउनसमेत गाह्रो भएको मतदाताको भनाइ छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
असङगत अभ्यासको दुष्परिणति (02.15.2017)
गोर्खा भूतपूर्वको नाममा भारतीय रक्षा सञ्जाल (02.15.2017)
देशलाई किस्ता किस्तामा बाँड्ने खेल रोकौं ः ओली (01.04.2017)
“कर्णाली क्षेत्रमा जन्म–मरणमा २० किलो चामल निःशुल्क उपलब्ध गराइने” (09.13.2016)
यसरी मौलाइरहेछ नेपालमा डाक्टर बनाउने धन्दा (09.06.2016)
प्रधानमन्त्रीको प्रश्न– “केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलसेवा के गर्नु हुन्छ” (07.26.2016)
आजै मनन गरौं– नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र (04.27.2016)
नेपालको विकास दुई मुलुकको साझा चासो (03.29.2016)
संविधान जारी गर्दा यति कष्ट भोग्नुपर्ला भन्ने कसैमा पनि थिएन (11.17.2015)
पहिलो महिला राष्ट्रपति भण्डारीको जीवनी (11.03.2015)
उपराष्ट्रपति पुनको जीवनी (11.03.2015)
नेपालको नयाँ संविधानका केही विशेषता (09.22.2015)
तीन दलको संयक्त संशोधन प्रस्ताव पारित : अब धाराधारामा मतदान (09.15.2015)
संविधानको पहिलो मस्यौदामा के के सुझाव दिए जनताले ? संक्षेपमा (07.28.2015)
आठ खर्ब १९ अर्ब ४६ करोडको बजेट प्रस्तुत (07.21.2015)
सरकारको नीति तथा कार्यक्रमका केही झलक (07.14.2015)
अब बन्ने संविधानको मस्यौदाको केही झलक (07.07.2015)
यसरी गर्न सकिन्छ राष्ट्रको नवनिर्माण (06.30.2015)
“नयाँ संविधान निर्माणसँगै पुनःनिर्माण अघि बढाउनुपर्छ” (06.02.2015)
“मलाई देश र जनताको चिन्ताले विह्वल बनायो’ : प्रधानमन्त्री सुशील कोइराला (05.15.2015)



 
::| Latest News

 
[Page Top]