युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.20.2018, 05:07pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दस्तावेज
 
“भारतमा के बोल्ने भनेर मैले सोधेर जाने हो ?” प्रधानमन्त्री देउवा
Tuesday, 08.29.2017, 11:50am (GMT+5.5)

काठमाडौं । भात भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको प्रतिष्ठामा आँच पुग्ने अभिव्यक्ति दिएको आरोप विपक्षी तथा सत्तापक्षका नेताले लगाइरहेका बेला भारतबाट फर्कनेन क्रममा उहाँले आफ्नो भारत भ्रमणले देशको शिर उँचो बनाएको बताउनुभयो ।
भारतमा संविधानबारे बोलिएको प्रसङ्गको जिज्ञासामा प्रधानमन्त्री देउवाले सरकारले अघिसारेको संविधान संशोधनको प्रस्ताव मधेशी जनताको भावनालाई समेट्ने प्रयासस्वरुप संशोधन प्रक्रिया अघि बढाइएको र यही विषयलाई आफूले भारतमा प्रसंग उठाएको भन्दै भ्रमणका बेला विदेशमा के बोल्ने के नबोल्ने भन्ने कुराको आचार संहिता बन्नुपर्ने धारणा राख्नुभयो ।
“के बोल्ने भनेर मैले सोधेर जाने ? केही पनि बोल्न नपाउने ? कि आचारसंहिता बन्नुप¥यो, विदेशमा केही पनि नबोल्ने ? अरुले भनेजस्तो शिर निहुरेको हैन, मैले बरु नेपालको शिर ठाडो पारेको छु,”–उहाँले भन्नुभयो ।
प्रधानमन्त्री देउवाले समग्रमा आफ्नो राजकीय भ्रमणका अवसरमा भएको उच्चस्तरीय भेटघाटबाट दुई देशका वीच विश्वासको अभिवृद्धि गर्न मद्दत पुगेको बताउनुभयो । 
नेपालको सामाजिक आर्थिक विकासका लागि उर्जा, व्यापार, कनेक्टिभिटी, पर्यटनजस्ता महत्वपूर्ण क्षेत्रहरुमा सहयोग अभिबृद्धि हुनुका साथै विगतमा सहमतिमा पुगिएका ठूला आयोजनाहरुको शीघ्र एवं प्रभावकारी कार्यान्वयनका लागि सकारात्मक वातावरण बनेको उहाँको भनाई थियो ।
प्रधानमन्त्री देउवाले भ्रमणको मूख्य प्राथमिकता नेपाल र भारतबीचको विश्वासको आधारशिलालाई मजबुत बनाउनुका साथै विश्वास र समझदारीमा आधारित सम्बन्धलाई दुई देश र जनताको हितमा हुनेगरी अझ फराकिलो र गहिरो बनाउँदै लैजाने दिशामा सहकार्यका लागि थप पहल गर्ने उद्देश्य राखिएको बताउनुभयो ।
भ्रमणका क्रममा बाढी तथा डुबानको समस्याको शीघ्र समाधान गर्न आफूले भारत सरकारसँग गम्भीरतापूर्वक कुरा राखेको स्पष्ट गर्दै  प्रधानमन्त्री देउवाले सिमा क्षेत्रमा हुने बाढी तथा डुबान समस्याको दीर्घकालीन समाधानको दिशामा विज्ञहरुको समूहले संयुक्त निरीक्षण गरी तत्काल उपयुक्त उपाय अपनाउने सहमति भएको बताउनुभयो ।
बाढी डुबानका विषयमा भारतको बिहार राज्यका मुख्यमन्त्रीसँग पनि कुरा राखेको उहाँको भनाई थियो । प्रधानमन्त्री देउवाले लामो समयदेखि अल्झिएर बसेको पञ्चेश्वर वहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन एक महिनाभित्र टुङ्ग्याउने सहमति भएको पनि जानकारी दिनुभयो । उक्त आयोजनाबाट नेपालले पाउने लाभलाई सुनिश्चित गर्दै यो प्रक्रियालाई टुङ्गोमा पु¥याइने उहाँले बताउनुभयो ।
त्यसैगरी, अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यान्वयनका लागि नेपाल सरकारबाट सम्झौता अनुरुपको सहजीकरणको कार्य गरिसकेको सन्दर्भमा ती आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) थपिएको समयावधिभित्र सम्पन्न गर्नुपर्ने कुरामा नेपालले जोड दिएको प्रधानमन्त्रीले बताउनुभयो ।
प्रधानमन्त्री देउवाले धेरैवर्षदेखि कार्यान्वयनमा आउन नसकेको टनकपुर बाँध हेड रेगुलेटर एवं नेपाल सीमासम्म भारतले निर्माण गर्नुपर्ने लिङ्क नहरको डीपीआरलाई भारतीय पक्षबाट अन्तिम रुप दिइएको जानकारी प्राप्त भएको पनि बताउनुभयो ।
भ्रमणका क्रममा दुईदेशबीच उर्जा व्यापार सम्झौताको मर्म अनुरुप यसमा अन्तर्निहित सबै पक्षहरुको कार्यान्वयनका लागि उपयुक्त उपायहरु अवलम्वन गर्दैजाने सहमति पनि भएको छ । 
व्यापार सहजीकरणका लागि यसअघि सहमति भएका व्यापार नाकाहरु कैलालीको गौरीफन्टा, बर्दियाको मुर्तिया, जटही, पिपरौन र पशुपतिनगर, सुकियापोखरीको स्तरोन्नति गरी चालु गर्ने सहमति भएको प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो ।
नेपाली कृषि तथा औद्योगिक उत्पादनको भारतीय बजारमा सहज पहुँच बनाउन परीक्षण र प्रमाणीकरण प्रयोगशाला एवं क्वारेन्टाइन सेवा केन्द्र स्थापना गर्न दुबै पक्षले सहकार्य गर्ने सहमति पनि भएको छ ।
त्यस्तै, नेपालले उपयोग गरिरहेको पारवहन सुविधालाई थप व्यवस्थित र सहज बनाउन तेश्रो मुलुकबाट नेपाल आउने ठूलोमात्राको मालसामान तथा रेलवे सेवासम्बन्धी पत्र आदानप्रदानलाई छिट्टै टुङ्गोमा पु¥याउने सहमति भएको प्रधानमन्त्रीले बताउनुभयो ।
प्रधानमन्त्री देउवाले नेपालमा लगानीको वातावरण बनेकोले भारतको राजनीतिक नेतृत्व र निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गरेको बताउनुभयो । नेपालको पर्यटन क्षेत्रको विकासको सन्दर्भमा पनि महत्वपूर्ण कुराकानी भएको उहाँले उल्लेख गर्नुभयो ।
यसका अतिरिक्त भारतको अनुदान सहयोगमा सुदूर पश्चिममा एक प्राविधिक शिक्षालय तथा तनहुँमा जीपी कोइराला श्वास प्रश्वास रोग नियन्त्रण केन्द्रको निर्माण गर्ने वारेमा सैद्धान्तिक सहमति भएको छ ।
त्यसैगरी‚ कुशीनगर–लुम्बिनी तथा बर्दिबास–बीरगंज रेलमार्ग, बीरगञ्ज–पथलैया–नारायणघाट तथा बुटवल–पोखरा सडकलाई द्रुतमार्गका रुपमा स्तरोन्नति गर्ने सहमति भएको छ । 
बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, महाकाली नदीमा पक्की पुलहरु निर्माण गर्ने, बीरगञ्ज –रक्सौलमा मैत्रीपुलको निर्माण गर्नुका साथै दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने पनि सहमति भएको छ ।
नेपालमा एक विशेष आर्थिक क्षेत्र निर्माण गर्ने, नयाँ १३२ केभी ट्रान्समिसन लाइन निर्माण गर्ने, बुलवल–गोरखपुर तथा लम्की–बरेली ट्रान्समिसन लाइन निर्माण गर्ने सम्बन्धमा छलफल अगाडि बढाउने सहमति भएको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले नेपाली नम्बर प्लेटका एलपीजी बुलेटको समस्या समाधान गरिदिन भारतीय प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिँदै विद्यमान कानून अनुसार भारतीय नम्बरका एलपीजी बुलेटले मात्र भारतमा एलपीजी ढुवानी गर्न सक्ने बारेमा अवगत गराउनु भएको थियो ।
प्रधानमन्त्री देउवाले भ्रमणका बखत भारतका प्रधानमन्त्री तथा आफूले संयुक्तरुपमा कटैया–कुशाहा तथा रक्सौल–परवानीपुर ट्रान्समिशन लाइनको उदघाटन गरेको र यसबाट नेपालले तत्काल थप १०० मेगावाट विजुली प्राप्त गर्न सक्ने बताउनुभयो ।
साथै, प्रधानमन्त्री देउवाको भ्रमणकाबेला आवास, शिक्षा, स्वास्थ्य तथा साँस्कृतिक सम्पदाको पुनर्निर्माणमा भारतले प्रदान गर्ने अनुदान उपयोग गर्ने, नेपाल र भारतका गुणस्तरसम्बन्धि निकायका बीच एकअर्काको मानकलाई मान्यता दिने, लागु औषधको माग न्यूनिकरण तथा अबैध ओसार पसार नियन्त्रण गर्ने, मेची पुलको निर्माण गर्ने तथा नेपाल र भारतका चार्टर्ड एकाउन्टेन्ट् संस्थाहरुका बीच सहयोग आदानप्रदान गर्ने सम्बन्धी आठवटा समझदारीहरु आदान प्रदान भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
क्षेत्रीय सहयोगलाई थप प्रबद्र्घन गर्नका निमित्त सार्क र बिम्स्टेकलाई प्रभावकारी तुल्याउने सम्बन्धमा समेत समझदारी भएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो । 
त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीको स्वागतार्थ सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार तथा गोपालमान श्रेष्ठ, सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतलगायत मन्त्रीगण तथा उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणबाट फर्केपछि भदौ ११ गते आइतबार वितरित प्रेस विज्ञप्ति जस्ताको तस्तै

उपस्थित सञ्चारकर्मी साथीहरू,
भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही २०७४ साल भाद्र ७ देखि ११ सम्म भारतको ५ दिने राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केको छु ।
यस भ्रमणमा हाम्रो मुख्य प्राथमिकता नेपाल र भारत बीच विश्वासको आधारशिलालाई मजबुत बनाउने थियो । साथै विश्वास र समझदारीमा आधारित सम्बन्धलाई दुबै देश र जनताको हितमा हुने गरी अझ फराकिलो र गहिरो बनाउँदै लैजाने दिशामा सहकार्यका लागि थप पहल गर्ने उद्देश्य रहेको थियो ।
बाढी तथा डुबानको समस्याको शीघ्र समाधान हुनुपर्नेबारेमा मैले गम्भीरताका साथ कुरा राखें । सीमाक्षेत्रमा हुने बाढी तथा डुबानको समस्याको दिर्घकालीन समाधानका लागि ठोस पहल गर्ने दिशामा संयुक्त निरीक्षण लगायत तत्काल उपयुक्त उपाय अपनाउने सहमति भएको छ । मैले यो विषयलाई बिहारका मुख्य मन्त्रीसँगको भेटमा पनि राखेको छु ।
लामो समयदेखि अल्झेर बसेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन एक महिनाभित्र टुंग्याउने विषयमा सहमति भएको छ । यस आयोजनाबाट नेपालले पाउने लाभलाई सुनिश्चित गर्दै यस प्रकृयालाई टुङ्गोमा पु¥याइने छ ।
अरुण तेश्रो र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यान्वयनका लागि नेपाल सरकारले सम्झौता अनुरुपको सहजिकरणको कार्य गरिसकेको सन्दर्भमा ती आयोजनाको फाइनान्सियल क्लोजर थपिएको समयावधि भित्र सम्पन्न गर्नुपर्ने कुरामा नेपालले जोड दिएको छ ।
धेरै वर्षदेखि कार्यान्वयनमा आउन नसकेको टनकपुर बाँधमा हेड रेगुलेटर एवं नेपाल सीमासम्म भारतले निर्माण गर्नुपर्ने लिंक नहरको डीपीआरलाई भारतीय पक्षबाट अन्तिम रुप दिइएको जानकारी प्राप्त भएको छ ।
उर्जा व्यापार सम्झौताको मर्म अनुरुप यसमा अन्तर्नि्हित सबै पक्षहरुको कार्यान्वयनका लागि उपयुक्त उपायहरु अवलम्वन गर्दै जाने सहमति भएको छ । व्यापार सहजिकरणका लागि यसअघि सहमति भएका व्यापार नाकाहरु धनगढी गौरीफन्टा, गुलरिया मुर्तिया, जटही पिपरौन र पशुपतिनगर सुकियापोखरीको स्तरोन्नति गरी चालु गर्ने सहमति भएको छ ।
नेपाली कृषि तथा औद्योगिक उत्पादनका बस्तुको भारतीय बजारमा सहज पहुँच बनाउन परीक्षण र प्रमाणीकरण प्रयोगशाला एवं क्वारेन्टाइन सेवा केन्द्र स्थापना गर्न दुबै पक्षले सहकार्य गर्ने सहमति भएको छ । नेपालले उपयोग गरिरहेको पारवहन सुविधालाई थप व्यवस्थित र सहज बनाउन तेश्रो मुलुकबाट नेपाल आउने कार्गो रेल्वे सेवालाई छिट्टै टुङ्गोमा पु¥याउने सहमति भएको छ ।
नेपालमा लगानीको वातावरण बनेकोले भारतको राजनीतिक नेतृत्व र निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गरेको छु । नेपालको पर्यटन क्षेत्रको विकासको सन्दर्भमा पनि महत्वपूर्ण कुराकानी भएको छ ।
यसका अतिरिक्त भारतको अनुदान सहयोगमा सुदूर पश्चिममा एक प्राविधिक शिक्षालय तथा तनहुँमा जीपी कोइराला श्वास प्रश्वास रोग नियन्त्रण केन्द्रको निर्माण गर्ने वारेमा सैद्धान्तिक सहमति भएको छ ।
त्यसैगरी कुशीनगर लुम्बिनी तथा बर्दिबास बीरगंज रेलमार्ग, बीरगञ्ज पथलैया नारायणघाट तथा बुलवल पोखरा सडकलाई द्रुतमार्गका रुपमा स्तरोन्नति गर्ने, निजगढमा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्ने, महाकाली नदीमा पक्की पुलहरु निर्माण गर्ने, बीरगञ्ज रक्सौलमा मैत्री पुलको निर्माण गर्ने, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने, नेपालमा एक विशेष आर्थिक क्षेत्र निर्माण गर्ने, नयाँ १३२ केभी ट्रान्समिशन लाइन निर्माण गर्ने, बुलवल गोरखपुर तथा लम्की बरेली ट्रान्समिशन लाइन निर्माण गर्ने सम्बन्धमा छलफल अगाडि बढाउने सहमति भएको छ ।
नेपाली नम्बर प्लेटका एलपीजी बुलेटको समस्या समाधान गरिदिन भारतीय प्रधानमन्त्रीलाई अनुरोध गरेको छु । उहाँले विद्यमान कानून अनुसार भारतीय नम्बरका एपीजी बुलेटले मात्र भारतमा एलपीजी ढुवानी गर्न सक्ने बारेमा अवगत गराउनु भएको छ । तथापि यस बारेमा दुई पक्षीय कुराकानी जारी राख्न सकिने सुझाव प्राप्त भएको छ ।
भ्रमणका बखत भारतका प्रधानमन्त्री तथा मैले संयुक्त रुपमा कटैया कुशाहा तथा रक्सौल परवानीपुर ट्रान्समिशन लाइनको उदघाटन ग¥यौं । यसबाट नेपालले तत्काल थप १०० मेगावाट विजुली प्राप्त गर्न सक्नेछ ।
साथै आवास, शिक्षा, स्वास्थ्य तथा साँस्कृतिक सम्पदाको पुनर्निर्माणमा भारतले प्रदान गर्ने अनुदान उपयोग गर्ने, नेपाल र भारतका गुणस्तर निकायका बीच एकअर्काको मानकलाई मान्यता दिने, लागु औषधको माग न्यूनिकरण तथा अबैध माग ओसार पसार नियन्त्रण गर्ने, मेची पुलको निर्माण गर्ने तथा नेपाल र भारतका चार्टर्ड एकाउनटेन्टस संस्थाहरुका बीच सहयोग आदानप्रदान गर्ने सम्बन्धी आठवटा समझदारीहरु आदान प्रदान भएका छन् ।
क्षेत्रीय सहयोगलाई थप प्रबर्द्धन गर्नका निमित्त सार्क र बिमष्टेकलाई प्रभावकारी तुल्याउने सम्बन्धमा समेत समझदारी भएको छ ।
समग्रमा मेरो यस राजकीय भ्रमणका अवसरमा भएको उच्चस्तरी भेटघाटबाट दुई देशका वीच विश्वासको अभिवृद्धि गर्न मद्दत पुगेको छ । नेपालको सामाजिक आर्थिक विकासको लागि उर्जा, व्यापार, कनेक्टिभिटी, पर्यटन जस्ता महत्वपूर्ण क्षेत्रहरुमा सहयोग अभिबृद्धि हुने भएको छ । साथै विगतमा सहमतिमा पुगिएका ठूला आयोजनाहरुको शीघ्र एवं प्रभावकारी कार्यान्वयनका लागि सकारात्मक वातावरण बनेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
संविधान कार्यान्वयनसँगै राष्ट्रिय अर्थतन्त्रमा ऐतिहासिक सफलता (05.31.2017)
उल्लासमय वातावरणमा सम्पन्न पहिलो चरणको निर्वाचन (05.17.2017)
असङगत अभ्यासको दुष्परिणति (02.15.2017)
गोर्खा भूतपूर्वको नाममा भारतीय रक्षा सञ्जाल (02.15.2017)
देशलाई किस्ता किस्तामा बाँड्ने खेल रोकौं ः ओली (01.04.2017)
“कर्णाली क्षेत्रमा जन्म–मरणमा २० किलो चामल निःशुल्क उपलब्ध गराइने” (09.13.2016)
यसरी मौलाइरहेछ नेपालमा डाक्टर बनाउने धन्दा (09.06.2016)
प्रधानमन्त्रीको प्रश्न– “केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलसेवा के गर्नु हुन्छ” (07.26.2016)
आजै मनन गरौं– नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र (04.27.2016)
नेपालको विकास दुई मुलुकको साझा चासो (03.29.2016)
संविधान जारी गर्दा यति कष्ट भोग्नुपर्ला भन्ने कसैमा पनि थिएन (11.17.2015)
पहिलो महिला राष्ट्रपति भण्डारीको जीवनी (11.03.2015)
उपराष्ट्रपति पुनको जीवनी (11.03.2015)
नेपालको नयाँ संविधानका केही विशेषता (09.22.2015)
तीन दलको संयक्त संशोधन प्रस्ताव पारित : अब धाराधारामा मतदान (09.15.2015)
संविधानको पहिलो मस्यौदामा के के सुझाव दिए जनताले ? संक्षेपमा (07.28.2015)
आठ खर्ब १९ अर्ब ४६ करोडको बजेट प्रस्तुत (07.21.2015)
सरकारको नीति तथा कार्यक्रमका केही झलक (07.14.2015)
अब बन्ने संविधानको मस्यौदाको केही झलक (07.07.2015)
यसरी गर्न सकिन्छ राष्ट्रको नवनिर्माण (06.30.2015)



 
::| Latest News

 
[Page Top]