युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:06am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दस्तावेज
 
आआफ्नो दाउमा गठबन्धन र अन्य दलहरु
Tuesday, 12.05.2017, 03:45pm (GMT+5.5)

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन आउन दुई दिन मात्र बाँकी छ । राजनीतिक दल र दलका उम्मेदवारहरु आम मतदातालाई आकर्षित गर्न निकै सक्रिय छन् । जनताका तमाम माग र आवश्यकता पूरा गर्ने बचन सहित उनीहरु घरदैलोमा छन् । आम मतदाता उम्मेदवारहरु घरघरमा आएर नमस्ते गर्दै भोट मागेको देखेर दंग पनि छन् र निर्वाचनपछि नेताहरु के गर्लान् भनेर उत्तिकै चिन्तित पनि छन् । 
यसपटकको निर्वाचन पहिलेको भन्दा फरक र जनताको चेतनाको स्तर पनि बढेकाले परम्परागत आश्वासन र शैलीमा चुनाव जित्न नसकिने मात्र हैन राजनीति नै सकिने चिन्ताले उम्मेदवारहरु सचेत पनि देखिन्छन् । उनीहरु आश्वासनका नाममा आश्वासन मात्रै बाँड्ने पक्षमा अहिले छैनन् । आम मतदाता र उम्मेदवारहरु बहस गरिरहेका हुन्छन् । निर्वाचनको यो सुखद् पक्ष हो । मतदाताहरु नेताहरुलाई देशको हितमा काम गर्न सुझाव दिइरहेका छन् ।
आम मतदाताको भावना यस्तो भए पनि चुनाव प्रचारका क्रम र शैली भने परम्परागत र एकले अर्कोलाई गाली गर्नेमा बढी केन्द्रित भएको छ । मुख्यतः लोकतन्त्रको रक्षा र कम्युनिष्ट अधिनायकवादको मुद्दा अहिले चर्को रुपमा उठेको छ । अनि यससंगै संविधान संशोधनको कुरा तराई पुग्ने नेताहरुले महत्वपूर्ण रुपमा उठाइरहेका छन् । आम मतदाता पनि आश्वासन र घोषणापत्रका भरमा मात्र भेट नहाल्ने पक्षमा छन् । 

शीर्ष नेताका चुनावी सभामा बम विस्फोट
केही दिनयता चुनावी सभामा बम बिस्फोटका घटना बढिरहेका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमनत्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, झलनाथखनाल, माओवादी केन्द्रका अध्यक्षा प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिक बम पड्केका छन् । । बम बिस्फोटले सर्वसाधारण तथा नेता घाइते भएका छन् । बिहिबार सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–९ भलादमी टोलमा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी कोणसभास्थलमा बम विस्फोट हुँदा चार सर्वसाधारण गम्भीर घाइते भएका छन् ।
काँग्रेस इटहरी–९ ले चुनाव प्रचारप्रसारसँगै मतदातासँग घरदैलो गर्दै भएको बम विस्फोट हुँदा एक वर्षीय युवन न्यौपाने, १७ वर्षीया समृना अधिकारी, उनकी आमा ३७ वर्षीया निर्मला र काँग्रेसका  स्थानीय नेता धनबहादुर श्रेष्ठ गम्भीर घाइते भएको स्थानीयवासी गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

उदयपुरमा उम्मेदवार घाइते
बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबँेसीमा बम बिफोट हुँदा उम्मेदवारसहित आधा दर्जन बढी घाइते भए । सोही दिन बम एम्बुस थाप्ने मुख्य  योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ ग¥यो ।उनीहरूले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो । अन्यको पनि पहिचान भइसकेको र उनीहरूको खोजी अहिले गाउँगाउँ र नाकनाकामा भइरहेको छ । 
उदयपुर क्षेत्र नं २ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्ष्य गरेर दनुवारबेँसीको जंगलमा एम्बुस थापेपछि कार्कीसहित सात जनाको टोली एम्बुसमा परेको थियो । एम्बुसबाट सख्त घाइते कार्की र उहाँका स्वकीय सचिव  मीरा कटुवालसहित छ जना सख्त घाइते भएका थिए ।

मृत्यु भएका म्यादी प्रहरीका परिवारलाई २५ लाख 
दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर दउवाले सम्बोधन गर्नेचुनावस् सभास्थल जजिक भएको बम बिस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई रु २५ लाख राज्यले राहतस्वरुप उपलब्ध गराउने भएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभएको छ । 
सरकारले बम विस्फोटनमा परी निधन भएका चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको थियो । प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो । म्यादी प्रहरी चौधरी दाङको तुल्सीपुरमा सुरक्षामा खटिएका बेला मंगलबार विस्फोटमा घाइते हुनुभएको र उपचारका क्रममा उहाँको निधन भएको थियो ।  
बिहिबार तुलसीपुर उपमहनगरपालिका–१२ क्वाङ्गीस्थित चौधरीको निवासमा श्रद्धाञ्जलि दिन पुग्नुभएका प्रजिअ श्रेष्ठले सरकारले चौधरीको परिवारलाई २५ लाख रुपैयाँ दिने भएको जानकारी दिनुभएको हो । 
बीमावापतको रु १५ लाख र राज्यले राहतस्वरुप उपलब्ध गराउने रु १० लाखसमेत गरी रु २५ लाख रकम पीडित परिवारलाई उपलब्ध गराइने उहाँको भनाइ थियो । निर्वाचन प्रयोजनका लागि देशभर ९६ हजार म्यादी प्रहरी भर्ना भएको भए पनि चौधरी पहिलो सहिद भएको उहाँले बताउनुभयो । उहाँले विनोदकी पत्नी १९ वर्षीया अञ्जना चौधरीलाई रोजगारको व्यवस्था तथा उहाँकी डेढ वर्षीया छोरी प्रमिसाको अध्ययनको व्यवस्थापन गरिनेछ भन्नुभयो । 
त्यस्तै संघीय प्रहरी इकाइका कार्यालयका प्रमुख एसएसपी दिलीपबहादुर चौधरीले कर्तव्य पालनका सिलसिलामा मृत्युवरण गरेका विनोदलाई राज्यको नियमअनुसार पाउने सबै सुविधा प्रदान गर्न भूमिका खेल्ने बताउनुभयो । 
चौधरी परिवारलाई ५ नं प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनीले किरिया खर्चका लागि व्यक्तिगतरुपमा प्रदान गरेको रु २५ हजार नगद र जिल्ला प्रहरी कार्यालय दाङको तर्फबाट एसपी दुर्गा सिंहले नगद रु २५ हजार गरी रु ५० हजार प्रदान गरिएको थियो । 
त्यसैगरी श्रद्धाञ्जलि दिन पुगेका तुलसीपुर उमपहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिकाको तर्फबाट किरिया खर्चबापत रु २५ हजार र चौधरीकी डेढ वर्षीया छोरी प्रमिसा चौधरीको कक्षा १२ सम्मको सम्पूर्ण पढाई खर्च व्यहोर्ने घोषणा गर्नुभयो । 
बम विष्फोटमा परी मृत्युवरण गरेका विनोद चौधरीको बिहिबार अन्त्यष्टि गरिएको छ । उनको बबई नदीमा अन्तिम दाहसंस्कार गरिएको हो । 

निर्वाचनको सम्पूर्ण तयारी पुरा
निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउनुभएको हो ।
निर्वाचन आयोगले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवाला निकायसँगको छलफललाई निरन्तर अघि बढाईरहेको पनि जनाएको छ ।
आयोगका प्रवक्ता ढकालले निर्वाचनलाई व्यवस्थित, मर्या्दित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सक्दो प्रयास भईरहेको बताए । उनले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न समाजका सबै क्षेत्रको उत्तिकै सहयोगको आवश्यक्तामा पनि जोड दिए ।

रौतहटमा फोरम राजपा र प्रहरीको झडप
रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित महमदपुुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरहेको बिभिन्न भ्रामक भिडिओलाई प्रहरीले नियन्त्रण लिन खोजेपछि बिहिबार राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ ।
झडपमा परेर १४ प्रहरी र तीनजना गठबन्धनका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । एक्कासि प्रहरीमाथि ठूलो संख्यामा रहेका गठबन्धनका कार्यकर्ताले ढुुंगामुुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थित नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाई फायर र एक दर्जन अश्रुुग्यास सेल प्रहार गर्नुु परेको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोविन्द थापाले बताउनुुभयो । 
झडपमा परेर घाइते भएका तीनैजनाको टाउकामा चोट लागेको घाइतेमध्ये दुुईजनाको चन्द्रनिगाहपुुर अस्पताल र एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको गठबन्धनले जनाएको छ । त्यसैगरी प्रहरीतर्फ १० र चारजना सशस्त्र प्रहरी गरी १४ जना घाइते भएका छन् । फोरमका नेता योगेन्द्र यादवले अन्य दलले आचारसंहिता उल्लंघन गर्दा प्रहरीले वास्ता नगरेको तर मधेशवादीमाथि दमन गरिरहेको आरोप लगाउनुुभयो ।

अधिकार रक्षाका लागि काँग्रेस 
प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि काँग्रेसलाई जिताउन आग्रह गर्नुभएको छ । 
काँग्रेस सर्लाहीद्वारा सदरमुकाम मलंगवामा आयोजित आमसभामा उहाँले काँग्रेसको बहुमत आए संविधान संशोधन गरेर मधेशी जनतालाई थप अधिकार सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
प्रधानमन्त्री देउवाले २००७ सालदेखिको मुलुकमा भएको हरेक परिवर्तन काँग्रेसकै नेतृत्वमा भएका बताउँदै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्न र मुलुकको समृद्धिका लागि काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो । 
सम्पूर्ण मधेशी जनताको अधिकार सुनिश्चितताका लागि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प छैन्, उहाँले भन्नुभयो–“नेपाल सबै जातजाती र भाषाभाषीको साझा मुलुक हो, त्यसैले सबै नेपालीको हकअधिकार, स्वाभिमान र सम्मानको रक्षा नेपाली काँग्रेसले मात्र गर्न सक्छ ।”
प्रधानमन्त्री देउवाले पहाडी–मधेशी वा अरु कुनै बहानामा मुलुक विखण्डन गर्न खोज्नेलाई हैन, सबै जातजाति र भाषाभाषीको नेपाल बनाउने काँग्रेसलाई रोज्न आग्रह गर्नुभयो ।


संविधान जारी हुनुमा कम्युनिष्ट नै कारण
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विगतमा कम्युनिष्ट सक्षम नभएकै कारण राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धि संरक्षण नभएको बताउनुभएको छ ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा संयुक्त प्रचारप्रसार समितिद्वारा बिहिबार झापाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत झापा चोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
पूर्वप्रधानमन्त्री तथा झापा निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी बलियो भएकै कारण नेपालको संविधान जारी भएको प्रष्ट पार्नुभयो ।
मुलुकलाई समृद्धिको बाटोमा लैजान उपलब्ध प्राकृतिक सम्पदाको उच्चतम प्रयोग गर्ने, कृषिलाई आधुनिकीकरण गर्ने, मुलुकलाई औद्योगिकीकरण गर्ने र सूचना प्रविधिलाई विकास एवं विस्तार गर्ने हाम्रो राष्ट्रिय एजेण्डा भएको बताउँदै नेता ओलीले विविधता र अनेकतामा रहेको हाम्रो मुलुकलाई एक सूत्रमा बाँधेर अघि बढ्ने विश्वास दिलाउनुभयो ।
उहाँले वाम गठबन्धनका तर्फबाट झापा प्रत्येक निर्वाचन क्षेत्रमा बनेका उम्मेदवारलाई इमान्दारीपूर्वक मत हाल्न गठबन्धनमा आबद्ध सबैलाई आग्रह गर्नुभयो ।
सो अवसरमा नेकपा माओवादी केन्द्र स्थायी कमिटीका सदस्य एवं झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले आसन्न निर्वाचनले जनताको भविष्य निर्धारण गर्ने भएकाले जनताको काम गर्ने पार्टीका उम्मेदवारलाई आम नागरिकले जिताउनुपर्ने आँैल्याउनुभयो ।
सभामा झापा निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (क) का वसन्त बानियाँ र (ख) का पूर्णसिंह राजवंशीले असल समाज निर्माण गर्न र विकासको गतिलाई तीव्र पार्न वाम गठबन्धनको उम्मेदवारलाई मत हाल्न आम जनतालाई आग्रह गर्नुभयो ।
देश टुक्रयाउन खोजेको होइन
राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले आफूहरु देश टुक्रयाउन नखोजेको बताउनुभएको छ ।
महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका संयोजक ठाकुरले जलेश्वरमा आयोजित चुनावीसभामा भन्नुभयो –“आफूहरु देश टुक्रयाउन नखोजेर काठमाडौँलाई मधेशसँग सिधा जोड्न खोजेको हो ।”
काठमाडौँले मधेश र मधेशीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ भने मात्र चाहेको हो, उहाँले भन्नुभयो –“त्यसका लागि काठमाडौँ र मधेशमा बस्ने सबै नेपालीका बीच प्रगाढ सम्बन्ध स्थापित गर्न राज्यलाई जिम्मेवार बनाउन खोजेको हो । ” 
संयोजक ठाकुरले मधेश बिना पहाडको र पहाड बिना मधेशको परिकल्पना गर्नु कसैका लागि हितकर नहुने बताउँदै आफूहरु त्यही कुरा काठमाडौँमा बसेर मधेशी जनताको नाउँमा झूठो राजनीति गर्नेहरुलाई बुझाउन खोजेको धारणा व्यक्त गर्नुभयो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
“भारतमा के बोल्ने भनेर मैले सोधेर जाने हो ?” प्रधानमन्त्री देउवा (08.29.2017)
संविधान कार्यान्वयनसँगै राष्ट्रिय अर्थतन्त्रमा ऐतिहासिक सफलता (05.31.2017)
उल्लासमय वातावरणमा सम्पन्न पहिलो चरणको निर्वाचन (05.17.2017)
असङगत अभ्यासको दुष्परिणति (02.15.2017)
गोर्खा भूतपूर्वको नाममा भारतीय रक्षा सञ्जाल (02.15.2017)
देशलाई किस्ता किस्तामा बाँड्ने खेल रोकौं ः ओली (01.04.2017)
“कर्णाली क्षेत्रमा जन्म–मरणमा २० किलो चामल निःशुल्क उपलब्ध गराइने” (09.13.2016)
यसरी मौलाइरहेछ नेपालमा डाक्टर बनाउने धन्दा (09.06.2016)
प्रधानमन्त्रीको प्रश्न– “केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलसेवा के गर्नु हुन्छ” (07.26.2016)
आजै मनन गरौं– नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र (04.27.2016)
नेपालको विकास दुई मुलुकको साझा चासो (03.29.2016)
संविधान जारी गर्दा यति कष्ट भोग्नुपर्ला भन्ने कसैमा पनि थिएन (11.17.2015)
पहिलो महिला राष्ट्रपति भण्डारीको जीवनी (11.03.2015)
उपराष्ट्रपति पुनको जीवनी (11.03.2015)
नेपालको नयाँ संविधानका केही विशेषता (09.22.2015)
तीन दलको संयक्त संशोधन प्रस्ताव पारित : अब धाराधारामा मतदान (09.15.2015)
संविधानको पहिलो मस्यौदामा के के सुझाव दिए जनताले ? संक्षेपमा (07.28.2015)
आठ खर्ब १९ अर्ब ४६ करोडको बजेट प्रस्तुत (07.21.2015)
सरकारको नीति तथा कार्यक्रमका केही झलक (07.14.2015)
अब बन्ने संविधानको मस्यौदाको केही झलक (07.07.2015)



 
::| Latest News

 
[Page Top]