युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 09:36pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दस्तावेज
 
एसियाको भविष्य, सहनशीला र सहकार्यमा आधारित
Tuesday, 04.30.2019, 01:46pm (GMT+5.5)

मैले यहाँहरु सबैका लागि बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश, नेपालको सरकार तथा जनताका तर्फबाट न्यायो अभिवादन तथा शुभेच्छा टक्राएको छु । यस महत्वपूर्ण कार्यक्रममा सहभागीताका लागि आमन्त्रण गर्नु भएकोमा तथा न्यायो आतिथ्यता प्रदान गर्नु भएकोमा म महामहिम सि जिन फिङ्गलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु । साथै चिनियाँ जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्षगाँठका अवसरमा चिनियाँ सरकार र जनतालाई हार्दिक बधाइ दिन चाहान्छु ।
विश्व आज गम्भीर परिवर्तनको मोडमा छ । संसारका धेरैजसो भागमा गरिबी घटेको छ । स्वास्थ्य तथा शिक्षामा पहुँच सहज बनेको छ । र धेरै अर्थतन्त्रहरु समृद्ध बन्दै गइरहेका छन् । अभुतपूर्वस्तरका प्रारम्भिक क्रान्तिले सम्भावनाहरुको ढोका खोलिदिएको छ । आपसी सहयोग नभएको भए यी उपलब्धीहरु सम्भव हुने थिएनन् । आपसी सहकार्यविना यी सफलता सोच्न सकिने थिएन ।
यसका बाबजुद नयाँ तथा पुराना चुनौतीहरु स्पष्ट रुपमा देखा परेका छन् । सम्पत्तिको असमान वितरण व्याप्त छ । धेरैका लागि विकासका प्रतिवद्धताहरु पूरा भएका छैनन् । करोडौं मानिसहरु गरिबीको अमानवीय चक्रमा अहिले पनि बाँचेका छन् । संरक्षणवाद र एकांकी प्रवृत्तिहरु सतहमा आइरहेका छन् ।
त्यसप्रकारको पश्चगामी सोचले कठिन रुपले आर्जन गरिएका उपलब्धीहरुलाई संकटमा पार्ने मात्र नभइ भावि पुस्तालाई समेत अन्यायमा पार्ने छ । विश्वमा कुनै एक कुनामा व्याप्त गरिबी पूरै विश्वका लागि खतरा बन्न सक्छ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्दछ ।
तसर्थ विविध चुनौतिको बढोत्तरीले कम होइन, अझ बढी सहकार्यको माग गरेको छ । सम्पन्न हुन बाँकी विकासले कम होइन, अझ बढी आपसी सहयोगको माग गर्दछ । उज्जवल र अझ राम्रो भविष्यको खोजले कम होइन, अझ बढी सम्पन्न सन्जालको माग गर्दछ ।
एसिया विश्व अर्थतन्त्रको एक प्रमुख शक्ति हो । समृद्ध विश्वको भविष्यका लागि यो क्षेत्र अझ बढी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अवस्थामा छ । धेरै समृद्ध सभ्यता भएकाले एसियाको भविष्य, सहनशीला र सहकार्यमा आधारित हुनुपर्दछ ।
बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत् मानव जातीको साझा भविष्य निर्माण गर्ने राष्ट्रपति सिको दुरदृष्टिले विशाल सम्भावना बोकेको छ । यो सहकार्य, सहयोग र सम्पन्नताको लागि एक महत्वपूर्ण क्षण हो । आपसी हितका लागि संयुक्त प्रयास, न्यायोचित र समतामुलक विश्व व्यवस्थाका लागि समावेशी विकास र मानव जाति तथा पृथ्वीको सुरक्षाका लागि हरित विकास यसको मर्म हो ।
यसले कनेक्टिभिटीको प्रवर्द्धन, पूर्वाधार विकास, बजारलाई जोड्ने तथा यस क्षेत्र एवम् बाहिरका देशहरुमाझ बिभिन्न क्षेत्रमा सहयोगको अभिवृद्धिमा जोड दिएको छ । यसले एकांकीपनको सट्टा खुलापन, टकरावको सट्टा सहयोग तथा अर्थहीन खेलको सट्टा लाभमा आधारित सहयोगको प्रवर्द्धन गर्दछ ।
विश्वव्यापीरुपमा स्रोतसाधनको ठूलो अभाव रहेको परिप्रेक्षमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न बीआरआईले महत्वपूर्ण भूमिका निर्धारण गर्न सक्दछ । साथै विकासको फलबाट कुनै पनि विचार र कुनै पनि राष्ट्र विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बीआरआई एक माध्यम बन्न सक्दछ ।
नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण छ । बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको लागि व्यापक अवसरहरुको ढोका खुल्दछ ।
नेपाल चीन सीमाना पार रेलवे लगायत हिमालय वा बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले नेपाल र चीनबीच मात्रै नभई यस क्षेत्रका अन्य देशसँग समेत कनेक्टिभिटीलाई प्रवर्द्धन गर्दछ ।
लामो राजनीतिक संक्रमणपश्चात नेपालले राजनीतिक स्थायीत्व प्राप्त गरेको छ । हाम्रो अबको उद्देश्य जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु हो । हाम्रो राष्ट्रिय चाहना समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यद्वारा निर्देशित छ । अति कम विकसित राष्ट्रबाट स्तरोन्नती हुनु हाम्रो तत्कालको उद्देश्य हो । हामी सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न चाहान्छौं ।
हाम्रा विकासका चुनौतीहरु सामना गर्न छिमेकीहरु लगायत अन्य मित्र राष्ट्रहरु तथा विकासका साझेदारसँग द्वीपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहान्छौं ।
अन्तमा दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न न्यायपूर्ण, निष्पक्ष, समतामुलक, समावेशी र नियममा आधारित विश्व व्यवस्था निर्माण गर्नेतर्फ हाम्रो सामुहिक प्रयास अघि बढाउन अन्तर्रा्ष्ट्रिय सहयोगका लागि दोस्रो वेल्ट एण्ड र रोड फोरम सक्षम हुने छ भन्ने विश्वासका साथ यस सम्मेलनको भव्य सफलताको लागि शुभकामना दिन चाहान्छु ।
धन्यवाद ।
(बीआरआई फोरमलाई राष्ट्रपति भण्डारीराष्टपति भण्डारीबाट भएको सम्बोधनको पूर्णपाठ)


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकारको एक वर्षको यात्रा यस्तो छ (03.18.2019)
१०५ औं बिपी जयन्ती : बिपीको विचार बिर्सिएकाले जनताले बिर्सिए (09.11.2018)
बिम्स्टेकले मुलुकको कूटनीतिक छवि उच्च र अरु उजिल्यायो (09.04.2018)
प्रधानमन्त्री ओलीको भारत भ्रमण, के के भयो ? (04.12.2018)
लोकतन्त्र र अग्रगमनका लागि उज्ज्वल सम्भावना (04.03.2018)
आआफ्नो दाउमा गठबन्धन र अन्य दलहरु (12.05.2017)
“भारतमा के बोल्ने भनेर मैले सोधेर जाने हो ?” प्रधानमन्त्री देउवा (08.29.2017)
संविधान कार्यान्वयनसँगै राष्ट्रिय अर्थतन्त्रमा ऐतिहासिक सफलता (05.31.2017)
उल्लासमय वातावरणमा सम्पन्न पहिलो चरणको निर्वाचन (05.17.2017)
असङगत अभ्यासको दुष्परिणति (02.15.2017)
गोर्खा भूतपूर्वको नाममा भारतीय रक्षा सञ्जाल (02.15.2017)
देशलाई किस्ता किस्तामा बाँड्ने खेल रोकौं ः ओली (01.04.2017)
“कर्णाली क्षेत्रमा जन्म–मरणमा २० किलो चामल निःशुल्क उपलब्ध गराइने” (09.13.2016)
यसरी मौलाइरहेछ नेपालमा डाक्टर बनाउने धन्दा (09.06.2016)
प्रधानमन्त्रीको प्रश्न– “केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलसेवा के गर्नु हुन्छ” (07.26.2016)
आजै मनन गरौं– नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र (04.27.2016)
नेपालको विकास दुई मुलुकको साझा चासो (03.29.2016)
संविधान जारी गर्दा यति कष्ट भोग्नुपर्ला भन्ने कसैमा पनि थिएन (11.17.2015)
पहिलो महिला राष्ट्रपति भण्डारीको जीवनी (11.03.2015)
उपराष्ट्रपति पुनको जीवनी (11.03.2015)



 
::| Latest News

 
[Page Top]