युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 10.18.2019, 04:05am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दस्तावेज
 
भारतले सिक्किम निल्नुअघिको डिजाइन र पात्रहरु
Tuesday, 09.10.2019, 08:18am (GMT+5.5)

भारतीय जासुसी निकाय “रअ”का पूर्व अधिकारी अमर भूषणको पुस्तक “इन्साइड नेपाल”मा तत्कालीन माओवादी र भारतको सम्बन्ध तथा नेपालमा राजतन्त्र समाप्त गर्न माओवादी अध्यक्ष प्रचण्डलाई कसरी मनाइएको थियो भन्ने खुलासापछि नेपालको एउटा वृत्तमा यसले सनसनी मच्चाएको छ । भूषणको पछिल्लो पुस्तकअघि पनि यस्ता खुलासा भारतीय बिद्वानहरुले गर्दैआएका थिए । तर, यो विषयमा राजनीतिक तहबाट कसैको कुनै टिप्पणी आएको छैन । यसको पनि स्पष्ट कारण छ सबै उतैबाट कुनै न कुनै रुपमा प्रभावित (परिचालित नै नभनौं) छन् । प्रष्टिकरण दिने हैसियत कसैमा छैन ।
भूषणको पुस्तक यस्तो बेलामा सार्वजनिक भयो जतिबेला प्रधानमन्त्रीले नै व्यवस्था जोगाउन एकजुट हुनुपर्छ भन्दै संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आव्हान गर्नुभएको छ र बजारमा राजतन्त्र पुनःस्थापनाको हल्ला मच्चिइरहेको छ । यस्तो बेलामा भूषणको पुस्तकले नेपाली जनतामा परिवर्तनप्रति वितृष्णा फैलाउने र द्वन्द्व मच्चाउने उद्देश्य हैन भनेर पनि भन्न सकिन्न ।
यति हुँदाहुँदै पनि विदेशी जासुसी निकायको प्रभावमा परेर देशमा परिवर्तन ल्याउने नेताहरुबाट देश रक्षा हुँदैन भन्ने चाहिं पुष्टि नै भएको छ । यसको एउटा दृष्टान्त नेपालकै छिमेकी मुलुक रहेको सिक्किमको कथा काफी छ । भारतले नेपाललाई पनि सिक्कीमीकरणको दिशातिर लगिरहेको र नेपाली नेताहरु नजानिंदो किसिमले त्यसमा फस्दै गएको विश्लेषण भैरहेको छ ।
आज नेपालको जुन अवस्था छ त्यो अवस्था भनेको सिक्कीमको त्यतिबेलाको अवस्था हो भनेर भन्नेहरुको संख्या बढ्दो छ र परिवर्तनको नाममा जेजस्ता निर्णयहरु गरियो यो नै नेपालको अस्तित्व समाप्त पार्ने खेल हो भनेर उतिबेलैदेखि कराइरहनेहरुको आवाज अरु दरिलो हुन पुगेको छ ।
एउटा निश्चित उद्देश्य प्राप्तिका लागि विदेशी सहयोग लिनु अहिलेको अपरिहार्यता नै हो । तर देश नै समाप्त पार्ने गरी कुनै निर्णय गर्नु त गम्भीर अपराध हो । अहिले नेपालको अवस्था यस्तै अपराधबोधको स्थितिबाट गुज्रिरहेको छ । फिजीकरण हुँदै सिक्कीमीकरणको दिशातिर उन्मुख छ । यसका लागि धेरै महेन्द्र चौधरी र लेण्डुप दोर्जेहरु तम्तयार भएर बसेका छन् ।
यसै विषयमा २०६५ सालमा प्रकाशित डा. शास्त्रदत्त पन्तको कृति “नेपालमा ‘रअ’को चलखेल” भाग–२ अन्तर्गत “चियाको कपमा आँधी” शीर्षकको पुस्तकको अध्याय ४ को “नेपाल सिक्किमीकरणतिर उन्मुख” शीर्षकका केही सामग्री पाठकहरुको जानकारीका लागि उदधृत गरिन्छ ।
“... ‘रअ’को अथक प्रयत्नपछि मे ८, १९७३ देखि सिक्किममा प्रजातन्त्र आयो, गणतन्त्र भयो तर सिंगो देश परतन्त्र भयो, इण्डियाको गुलाम भयो, दास भयो । बेलायतीले इण्डियामा शासन गरेजस्तै अब इण्डियाले सिक्किममा शासन गरेका छन् । देश जब स्वतन्त्र हुँदैन, देशले प्रजातन्त्र पाउँदैन, देशका कुनै मौलिक अधिकारा हुँदैनन त्यहाँ प्रजातन्त्र हुनु, गणतन्त्र हुनु भन्ने जस्ता कुराले कुनै महत्व राख्दैन । देशमा जेसुकै राजनीतिक व्यवस्था भए पनि देशको पहिलो र अनिवार्य आवश्यकता हो त्यस देशको राष्ट्रिय स्वतन्त्रता । आज सिक्किमले त्यो अन्तरपीडा भोगेको छ । उनीहरु एक अर्ब इण्डियनसंग प्रतिस्पर्धा गरर एउटा तल्लो तहको जागीर खान सक्दैनन्, उद्योगधन्दा वा अरु रोजगारमा शिर उठाउन पनि सक्दैनन् । भन्सार नतिरेको सस्तो इण्डियन कार चढ्ने दोर्जेवादीको सपनाले पूरा सिक्कम अर्को देश इण्डियाको दास बनेको अन्तरवेदना ती सिक्किमेले आज अनुभूत गरेका छन्... ।”
“सिक्किम पनि नेपाल जस्तै बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा सांस्कृतिक विविधता, जीवित परम्पराको इतिहास र श्रमशील मानव संशाधन भएको सामरिक हिमाली अधिराज्य थियो । तर उल्लेखनीय भौतिक सम्पन्नता भने थिएन । सिक्किम समतल भूभाग नभएको पहाडै पहाडले भरिएको, कृषिप्रधान देश भएर पनि एक तिहाई खाद्यान्न आयात गर्नुपर्ने, व्यापार भारतीय माडबारी समूहको कब्जामा रहेको थियो ।”
...“भारतीय सेनाले नै तालिम दिएका ३०० भन्दा कम सैनिक जवान भएको सिक्किम गार्ड, मित्रता र परम्पराको ख्याल वास्तै नगरी सिक्किमका २२ आंै पवित्र चोग्याल पाल्देन थेण्डुप नामग्याल एकाएक इण्डियाको कोपभाजनको केन्द्र बने । ...... अप्रिल ७ का दिन एक्कासी याङ्डालाई समेत कारागारमा राखियो । अप्रिल ८, १९७५ मा गरिएको त्यस षड्यन्त्रलाई एउटा सैनिक अभ्यास मात्र हो भनेर झुक्याइएको थियो । यथार्थमा ५ हजार सैनिकबाट राजदरबारमा हमला गरिएको थियो । असल भित्र र गुरुका रुपमा मानिआएको भारतले ठूलो धोका र बेइमानी गर्ला भनेर कसैले कल्पनासम्म गरेका थिएनन् । उल्टै गार्डहरुलाई सामन्ती शासकका निजी ठगहरुको संगठन भनेर घृणा, अफवाह फैलाइएको थियो ।”
“एकदिन सिक्किमा खचाखच भारतीय सेना आए । ती किन आए त्यहाँको दरबारलाई थाहा थिएन । ६–७ सय मिटर टाढाबाट दरबारको ढोकामा पुगेको फौजले अनायास रुपमा द्वारपाललाई गोली हानेर मा¥यो । अस्त्रशस्त्र समर्पण गर्ने चेतावनी पनि दिइएन । सन् १९७१ को पूर्वी पाकिस्तानको पतनपछि पाकिस्तानी बन्दीहरुलाई जे व्यवहार गरिएको थियो त्यही व्यवहार त्यहाँ गरियो र भाग्ने चेष्टा गरेको खण्डमा गोली हानिने चेतावनी दिइयो । ३० मिटेको समयमा सबैलाई निशस्त्र पारियो । सुनन्दा रायका अनुसार त्यस आक्रमणमा चोग्याल मारिएको भए भारतीय निजामतीका ‘रअ’का कर्मचारी बढी खुसी हुने थिए ।”
“सुरुमा भारतले सिक्किमलाई खर्लप्पै निलिहाल्ने मनस्थितिमा थिएन जुन यतिबेला नेपालका बारेमा भारतीय अधिकारीहरुले नेपालको आन्तरिक मामिला भन्ने गर्दछन् । तर पनि सिक्किमले यथार्थ बुझ्ने आशले वार्मिथोक, एथिङ्ला र न्यायाधीश रुपनारायणहरुले दिल्लीमा बसेका देवान र सर ब्रजेन्द्रलाल मित्तलसंग भेटेका थिए । मित्तलले सिक्किमेहरुलाई आँखा बन्द गरेर हिन्दमहासागरमा हामफाल भन्ने सल्लाह दिएका थिए । यसको जवाफमा एथिङ्लाले भने– ‘यदि भारतमा स्वाधीनता आएको छ भने सिक्किममा पनि स्वाधीनता आउनुपर्छ ।” यस्तो कुरा भएको ७ महिनापछि सम्झौताको एउटा मस्यौदा तयार भएको थियो । त्यस मस्यौदामा साझा चासोका सबै कुरा परेका थिए । तर त्समा प्रशासनिक व्यवस्थापन, परराष्ट्र मामिला, प्रतिरक्षा, भन्सार, हुलाक र टेलिग्रामसहितका १२ वटा कुरामा सिक्किम सामान्य हेरफेरसहित १ अप्रिल १९४८ का दिन सहमत भएको थियो । सहमति अुनसार सिक्किम भुटानमा सेनाको सम्बन्ध कायम राख्ने, तिब्बतसंगको सम्बन्ध अवलोकन गर्ने र चेकपोष्ट समेतमा निगरानी राख्ने कुराको थालनी भएका थियो । 
यस्तै स्थिति नेपालमा २००७ सालपछि भएको थियो । “त्रिभुवनको दिल्ली पलायन, भारतीय सेनाबाट भीमदत्त पन्तको हत्या, केआईसिंहलाई दमन गर्न एक हजार भारतय सेनाको नेपाल प्रवेश जस्ता घटना सिक्किमका उक्त घटना जस्तै हुन् । ‘रअ’ले बंगलादेशपछि सिक्किमको अपरेशनको काम फत्ते ग¥यो । यतिखेर नेपालको राजनीतिको छहारीमाा त्यही कुरा पन्पिइरहेको छ । ठूलठूला नेता त्यसमा लागेका छन । नेपालमा नेपाली जियाउर रहमानन र थुप्रै लेण्डुप दोर्जेहरुले नेपाली राजनीतिको महत्वपूर्ण ओहदामा कडा पकड लिइसकेका छन् ।”
...“अन्तिम अवस्थासम्म पनि सिक्किम भारतमा विलय गराइन्छ भनी कसैले  शंकासम्म गरेका थिएनन् । ८ मे १९७३ को सम्झौताले पनि सिक्किम अधिराज्यलाई सुरक्षित राखेको थियो । भूपरिवेष्ठित त्यस देशका संचार प्रणाली नयाँ दिल्लीले नियन्त्रण गर्दथ्यो । भारतीय सैनिकले सिक्किम देशलाई व्यारेकमा परिणत गरेका थिए । भारतले बन्द गरिदिएका बखत सिक्किमेहरु भोकभोकै पर्थे । व्यापार–व्यवसाय भारतीय मारवाडीहरुको कब्जामा थियो । सबै कुरामा पी.ओ (निम्नस्तरको राजदूत)को आदेश चल्दथ्यो । राजाको गद्दी इन्दिरा गान्धीले समातेको ब्रेकमा अडेको थियो । नयाँ दिल्लीले लिन केही बाँकी राखेको थिएन । निजामती कर्मचारीहरु पी.ओ.को कोपभाजन हुन चाहँदैनथे । दरबारले विश्वस्त ठानेका व्यक्ति ‘रअ’सित दोधारे रुपमा काम गरिरहेका थिए ।”
“पहिलो चरणमा ‘रअ’ले सिक्किम दरबार र राजनीतिक दलबीच फुट पैदा गरिदियो । दल र दरबार एक अर्काप्रति सशंकित भएर बाँच्न थाले । दोस्रो चरणमा दल टुक्र्याउने–जुटाउने काम गर्न थालियो । स्टेट कांग्रेस दल विभक्त भयो । नेशनल पार्टीले सिक्किमको स्वतन्त्र अस्तित्व रहने र भारतसंगभन्दा नेपाल र भुटानसंग सामिप्यता गर्नुपर्ने घोषणा गरेपछि इण्डिया हाउसले तुरुन्तै त्यसलाई दरबारका पार्टी भन्ने संज्ञा दियो ।”
“... भारतले २१ औं स्वतन्त्रता दिवसका बेला छोइग्याल र श्रीमती छोइग्याललाई नयाँ दिल्लीमा एउटा स्वतन्त्र राष्ट्रको राष्ट्रप्रमुखको सम्मान दिइएका थियो । तर त्यसबखत उनको अंगरक्षकलाई आफ्नो देशको झण्डा राख्न नदिएकोमा श्रीमती छोइग्याल असन्तुष्ट भए पनि कुरो विग्रेको थिएन । प्रतिरक्षा भारतलाई सुम्पेपछि अरु सम्पूर्ण कुरामा भारतको हस्तक्षेप नहुनुपर्ने छोइग्यालको स्पष्ट धारणा थियो ।”
“सिक्किम परिषद एउटा कठपुतली परिषद हो । त्यसमा शक्ति, प्रतिष्ठा र जनविश्वास छैन भनेर कडा आलोचनाका पात्र बन्ने गरेका काजी दोर्जे राजा बिरोधी मात्र नभएर राष्ट्रबिरोधी गतिविधिमै लागेका थिए । नयाँ दिल्लीसंग साँठगाँठ भएपछि पाँचौं आमचुनावमा कस्सिएर लागे । २६ जनवरी १९७३ मा ‘सिक्किम एट दि क्रस रोड’ शीषएकमा एउटा बुलेटिन प्रकाशित गरियो जसमा राजा त चाहिन्छ तर तिब्बती मूलका नभएर नेपाली मूलको हुनुपर्छ भनिएको थियो । दोर्जीपन ‘रअ’भन्दा खतरनाक सावित भयो । 
भारतले सिक्किम खानुअघि सिक्किममा चोग्याल पाल्देन राजा थिए । उनकी पत्नी थिइन् होप कुक । उनी अमेरिकी नागरिक थिइन् । उता लेण्डुपले चाहिँ स्कटिश पत्रकार तथा साहित्यकार एलिसा मारियासँग बिबाह गरेका थिए । होप कुक सिक्किमको स्वतन्त्रता रक्षाका लागि चिन्तित थिइन् भने एलिसा मारिया भारतमा विलय गराउने पक्षमा लाग्दै आएकी थिइन् । सिक्किमको त्यसबेलाको राजनीतिलाई यी दुई महिलाको टक्कर पनि मानिदै आएको छ । लेण्डुपभन्दा पहिले एलिसा मारियाले दुई जनासँग बिहे गरिसकेकी थिइन् । लेण्डुप र एलिसा मारियाले सिक्किमका आप्रवासी नेपालीभाषीहरुलाई साथ लिएका थिए । नेपाली भाषी आप्रवासीलाई साथ लिएर भारतसँग मिलेर पार्टी बनाए । त्यसपछि दुई तिहाईभन्दा धेरै सिट संसदमा जिते अनि भारतमा विलय गराए । भारतमा विलयपछि भारतले लेण्डुपलाई ज्वाईं सरह सम्मान दियो, आर्थिक सहयोग दियो । उनको पार्टी पनि भारतीय राष्ट्रिय कांग्रेसमा विलय भयो ।
विलयपछि सिक्किममा लेण्डुपले पूरै दमनको शासन चलाएर विद्रोहीहरुलाई निमिट्यान्न पार्न खोजे । विद्रोह पूर्णरुपमा दबाएपछि लेण्डुप पनि त्यति चर्चामा आएनन् । त्यतिबेला त्यहाँका राजालाई जेल हालियो । १९७९ मा भारतको प्रान्तको हैसियतमा भएको आमचुनावमा लेण्डुपको पार्टीलाई अस्तीत्व नै नरहने गरि भारतीय केन्द्र सरकारको योजनामा हराइयो । उनलाई सिध्याउन भारत सरकार नै लागेको थियो । जब चुनाव सकियो त्यतिबेला लेण्डुपले आफूमाथि गद्दारी भएको थाहा पाए तर ढिलो भइसकेको थियो । त्यसपछि उनी विक्षिप्त जस्तै बने । सिक्किमलाई भारतमा विलय गरकोमा पछुतो माने ।
जनताले घृणा गर्ने, भारत सरकार र भारतीय नेताहरुले जहाँ जे पनि गद्दारी गर्नसक्ने मान्छे भन्दै आलोचना गर्न थालेपछि उनी सिक्किम छाडे । पश्चिम बंगालको कालिङपोङमा उनलाई एउटा पूरानो र थोत्रो घर बस्नका लागि भारत सरकारले दियो । सत्तामा पुग्न नपाएर विजोग भएपछि विदेशी पत्नी पनि उनलाई छाडेर हिँडिन् । सन् २००७ मा कालिङपोङमा एकसय दुई वर्षको उमेरमा उनको निधन भयो । मरेपछि तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले उनलाई महान भारतभक्त भन्दै पद्मभूषण पदक दिने घोषणा गरे । सिक्किमलाई भारतमा विलय गराउन लेण्डुपले गरेको योगदानको प्रशंसा गरे । देश बेचेर सत्ताको शिखरमा आजन्म बस्छु भन्ने लेण्डुपको सपना कहिल्यै पुरा भएन ।

भारतले नेपालका नेताहरुको प्रयोग गरिरहेको छ र गरिरहने प्रयास जारी राख्नेछ । तर भारतले जसरी काजी लेन्डुप दोर्जीले सिक्किमलाई भारतमा विलय गराउन महत्वपूर्ण भूमिका निभाएपछि उनलाई पूरै बेवास्ता ग¥यो भारतको शरण पर्ने हरनेताको हालत त्यस्तै हुन्छ । बुझ्नैपर्ने कुरा के छ भने भारतमा विजय हुनुअघि जुन देशका जनताले दोर्जीको जयजयकार गाउँदै सिक्किमको संविधानसभाको ३५ सिटमा ३४ सिट दोर्जीको पार्टी सिक्किम नेशनल कँग्रेसलाई विजय दिलाएका थिए, तिनै जनताले पाँच वर्षपछि सम्पन्न चुनावमा उनको पार्टीका एक जना उम्मेद्वारलाई पनि जिताएनन् ।
भारतीय संसदमा २६ अप्रिल १९७५ का दिन सिक्किमको विलयलाई अन्तिम रुप दिने संविधान संशोधन विधेयकलाई पारित गर्ने बेला तालीहरुको गडगडाहटबीच भारतीय कम्युनिष्ट पार्टीको विरोधको स्वर जुन सांसदहरुले सुनेनन्, तिनीहरुले पनि पाँच वर्षपछि थाहा पाए कि, सिक्किमका जनताले काजी लेन्डुप दोर्जीलाई अस्वीकार गरे । दोर्जीलाई अस्वीकार गर्नुको अर्थ सिक्किमका जनताको भारतमा आफ्नो राज्यलाई विलय गर्ने कुराको अस्वीकृति थियो ।
हो अहिले यस्तो खतरा नेपालमा देखिएको धेरैलाई भान परेको छ । सत्य हो वा झूठो भारतको जासुसी संस्थाका पूर्व अधिकारी तथा नेपाल मामिलाका ज्ञाता भनिनेहरुबाट पटकपटक नेपालको सत्ता र व्यवस्था परिवर्तनमा भारतले सहयोग गरेको भनेर पुस्तकमै दस्तावेजीकरण गरिदिएका छन् । यसको सत्यता सम्बन्धित पात्रहरुले जान्ने कुरा भयो । तर एउटा सत्य के हो भने नेपाललाई सिक्किमीकरण गर्ने भारतको चाहना पक्कै पनि हो तर यो सजिलो छैन । हुन्थ्यो भने भारतले २००७ सालमै नेपाल निलिसक्थ्यो । नेपालका नेताहरुबाट त्यो काम हुन्छ भन्ने कुरामा आम नेपालीलाई विश्वास छैन ।
आज त्यो देशको लेण्डूप दोर्जेले जसले देशलाई नै मृत्युदण्ड दियो, जीवनको अन्तिम घडीमा खुब पछुताएको थियो । दलाली गर्ने आजका नेपालका नेताका सन्ततिले आफ्ना पुस्तालाई भोलि त्यसरी नै सराप्नेछन्, धिक्कार्नेछन् । देश कसले विलय गरायो भनेर अनुसन्धान गर्नेछन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
कोशी आयोजना सम्झौता - काठमाण्डौ अप्रिल २५,१९५४ (08.20.2019)
नेकपाले तोक्यो जिल्ला इन्चार्ज र सहइन्चार्ज, सङ्घीय मन्त्री र मुख्यमन्त्रीले पाए जिम्मेवारी (07.22.2019)
चिनौं आफ्नो माटो, बनाऔँ आफ्नै देश’– नेपाल उच्च शिक्षाको गन्तव्य (06.05.2019)
एसियाको भविष्य, सहनशीला र सहकार्यमा आधारित (04.30.2019)
सरकारको एक वर्षको यात्रा यस्तो छ (03.18.2019)
१०५ औं बिपी जयन्ती : बिपीको विचार बिर्सिएकाले जनताले बिर्सिए (09.11.2018)
बिम्स्टेकले मुलुकको कूटनीतिक छवि उच्च र अरु उजिल्यायो (09.04.2018)
प्रधानमन्त्री ओलीको भारत भ्रमण, के के भयो ? (04.12.2018)
लोकतन्त्र र अग्रगमनका लागि उज्ज्वल सम्भावना (04.03.2018)
आआफ्नो दाउमा गठबन्धन र अन्य दलहरु (12.05.2017)
“भारतमा के बोल्ने भनेर मैले सोधेर जाने हो ?” प्रधानमन्त्री देउवा (08.29.2017)
संविधान कार्यान्वयनसँगै राष्ट्रिय अर्थतन्त्रमा ऐतिहासिक सफलता (05.31.2017)
उल्लासमय वातावरणमा सम्पन्न पहिलो चरणको निर्वाचन (05.17.2017)
असङगत अभ्यासको दुष्परिणति (02.15.2017)
गोर्खा भूतपूर्वको नाममा भारतीय रक्षा सञ्जाल (02.15.2017)
देशलाई किस्ता किस्तामा बाँड्ने खेल रोकौं ः ओली (01.04.2017)
“कर्णाली क्षेत्रमा जन्म–मरणमा २० किलो चामल निःशुल्क उपलब्ध गराइने” (09.13.2016)
यसरी मौलाइरहेछ नेपालमा डाक्टर बनाउने धन्दा (09.06.2016)
प्रधानमन्त्रीको प्रश्न– “केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलसेवा के गर्नु हुन्छ” (07.26.2016)
आजै मनन गरौं– नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र (04.27.2016)



 
::| Latest News

 
[Page Top]