युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.15.2019, 06:14pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दस्तावेज
 
“हामीले चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं”
Tuesday, 10.15.2019, 11:39am (GMT+5.5)

चीनका राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा चीनले सदैव साथ दिने बताउँदै हिमालय वारपार रेल्वे सम्भाव्यता अध्ययन गरिने बताउनुभएको छ । उहाँले हिमालपार रेलमार्ग निर्माण गर्न कठिन भए पनि यसको निर्माणका लागि काम गरिने स्पष्ट गर्दै भन्नुभयो “चीनले रेल निर्माणका क्षेत्रमा विश्वमै अग्रणी भूमिका खेलेको बताउँदै यसमा चरणबद्ध रूपमा काम गर्न सकिन्छ ।” 
दुई दिने राजकीय भ्रमणका क्रममा शनिबार सोल्टी होटलमाा उहाँको सम्मानमा आयोजित रात्रिभोजमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले नेपाललाई मद्दत गर्नेछ । बढीभन्दा बढी व्यापारिक नाका खोल्न पनि चीन तयार छ । भूकम्पपछिको पुनःनिर्माणमा अझ सहायता वृद्धि हुनेछ ।” 
शैक्षिक क्षेत्रमा लगानी बढाउने, बढीभन्दा बढी चिनियाँलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने र जलवायु परिवर्तनसम्बन्धी नेपालको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिले हाम्रो साझा गृह पृथ्वीको रक्षा र सगरमाथा क्षेत्रको पर्यावरणीय सन्तुलन कायम गर्न पनि सघाइने दृढता व्यक्त गर्नुभयो । विकास निर्माणका निम्ति हामीले तयार पारेका योजना र खाकालाई कार्यान्वयन गरेरै छाड्ने दृढता उहाँले व्यक्त गर्नुभयो । आइतबार आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पारस्परिक हित र साझा चासोका विषयहरूमा विचार आदानप्रदान गर्ने बताउनुभयो ।
त्यस अवसरमा चिनियाँ राष्ट्रपति सीले विश्वविद्यालयका क्षेत्रमा पनि सहयोग गर्न तथा सुविधा विस्तार गर्न चीन तयार रहेको बताउँदै नेपालीको जीवनस्तर उकास्नका लागि सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब आरएमबी उपलब्ध गराइने जानकारी दिनुभयो । उहाँले गरीबी निवारणका क्षेत्रमा चिनियाँ अनुभव सिक्न सकिने बताउँदै चीनमा यस्तो कार्य उद्देश्यअनुरुप भएको र ८० करोड मानिसलाई गरीबीबाट मुक्त गरिएको तथा सन् २०२० मा गरीबी पूर्ण उन्मूलन गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । 

राष्ट्रपति सीको सम्बोधनको अनुदित अंशको पूर्ण विवरण
नेपालमा सयौं फूलहरु फुलेका छन् । मैले भर्खरै चिनियाँ भाषामा लेखिएको नमस्ते भनेको छु, त्यति राम्रो छैन होला । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु । यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो । यहाँ मैले पुराना तथा नयाँ साथीहरुसँग भेटें ।
नेपालको राजनीतिक स्थायित्व, सामाजिक सदभाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित भएको छु । भविष्यप्रति मेरा आशाहरु जागेका छन् । मलाई आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् ।
चीन र नेपालवीच दौत्य सम्बन्ध भएको आधा शताब्दीभन्दा बढीको अवधिमा दुई देशले छिमेकी मुलुकहरुवीचको मैत्रीपूर्ण सम्बन्धको विषम नमूना पेश गरेका छन् । मैले राष्ट्रपतिज्यूलाई के भन्न खोजेको हुँ भने चीन र नेपालको वीचमा केही समस्या छैन, मित्रता मात्र छ ।
सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारी र मैले द्वीपक्षीय चुनौती र कठिनाई सामना गर्दै साझा हित हुने सहकार्य गरेर विकास र समृद्धितर्फ उन्मुख हुने पुस्तौं पुस्ताको रणनीतिक साझेदार सम्बन्ध स्थापित गर्ने निर्णय गरेका छौं । मलाई आशा छ, दुई देशवीच अझ सुविधाजनक सम्बन्ध निर्माण हुनेछ ।
हामीले चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं । अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौं । केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउन हामी सक्रिय हुनेछौं । बढीभन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गर्नेछौं । र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं ।
मलाई आशा छ, दुई देशका जनतावीचको समझदारी बढ्नेछ ।
भूकम्पपश्चातको पुनर्निर्माण परियोजनाहरुलाई हामीले सक्रियताका साथ अगाडि बढाउँदैछौं । सन् २०२० नेपाल भ्रमण वर्षको अवधिमा हामी बढीभन्दा बढी चिनियाँ पर्यटकहरुलाई नेपाल आउन उत्प्रेरित गर्नेछौं । हामी शिक्षा तथा सांस्कृतिक क्षेत्रका कार्यहरुमा लगानी बढाएर जनतावीचको समझदारी बढाउनेछौं । दुई देशका बढीभन्दा बढी शहरहरुलाई भगिनी शहरका रुपमा प्रस्ताव गर्न पनि उत्पे्ररित गर्नेछौं । जसबाट दुई देशवीचको मित्रताको बीज अंकुरण होओस् भन्ने चाहन्छौं ।
भर्खरै राष्ट्रपतिज्यूले उल्लेख गर्नुभयो, लुम्बिनी बुद्धको जन्मस्थल हो । चीनमा बुद्ध धर्म मान्ने मान्छेहरुको संख्या संसारमा सबैभन्दा बढी छ । नेपालमा जस्तै बुद्ध धर्म अहिले चीनमा पनि स्थानीय धर्म बनेको छ । मेरो विचारमा आगामी दिनमा बढीभन्दा बढी बुद्ध धर्म मान्ने चिनियाँ मान्छेहरु नेपालमा पर्यटन गर्नेछन् र धर्मको आदान(प्रदानका लागि पनि आउनेछन् ।
मलाई आशा छ, दुई देशले अझ बहुपक्षीय सहकार्य गर्नेछन् ।
वर्तमान अवस्थामा आत्मरक्षावाद, एकत्ववाद र प्रभुत्ववाद धेरै व्याप्त छ । हामीले बहुलवाद र आर्थिक उदारीकरणलाई समर्थन गर्नुपर्छ । जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ । जलवायु परिवर्तनसम्बन्धी प्रतिवद्धताहरुमा नेपाल पक्षको उपयुक्त मागलाई हामी पनि समर्थन गर्दछौं । नेपाली पक्षका साथ हामी जलवायु परिवर्तनको सम्वोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाई हाम्रो हाम्रो साझा, विशेष गरी हिमाल, सगरमाथाको रक्षा गर्न सदा तत्पर रहनेछौं ।
मलाई धेरै खुशी लागेको छ, सबै नेपाली नेताहरुसँग हामीले मतेक्य हासिल गरेका छौं । यसपटकको भ्रमणका क्रममा मैले नेपाली नेताहरुसँग मिलेर चीन र नेपालवीचको सम्बन्धका नयाँ खाका र योजनाहरु बनाउन सकेकोमा म अत्यन्तै खुशी छु । भोलि म प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि दुईपक्षीय सम्बन्ध र हाम्रो साझा चासोका बारेमा विचारको आदानप्रदान गर्नेछु ।

म प्रायः भन्ने गर्दछु, हामीले बनाएका योजनाहरुलाई पूरा गरेरै छोडौं । हामीले चीनमा पनि यस्तै गरेका छौं । भर्खर हामीले जनवादी गणतन्त्र चीनको स्थापना भएको ७० वर्ष बनाएका छौं । हाम्रो उद्देश्य छ, दुई शतवाषिर्कीका दुई लक्ष । यसको पहिलो लक्ष हामी आगामी वर्षमा साकार तुल्याउने छौं । दोस्रो लक्ष चाहिँ ३० वर्षपछि । तर, हाम्रो काम गर्ने मार्ग स्पष्ट छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।
हामी संयुक्त प्रयासद्वारा द्वीपक्षीय सम्बन्धको नयाँ भविश्य पनि निर्माण गरौं ।
अब म उपस्थित सबैका सामु प्रस्ताव गर्न चाहन्छु । नेपालको समृद्धि सुखी जीवनका लागि, चीन र नेपालवीचको पुस्तौंपुस्ताको मित्रताका लागि, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत यहाँ उपस्थित सबैको सुस्वास्थ्यका लागि चियर्स !


Rating (Votes: )   
Share     Print


Other Articles:
‘नेपाली जनताले केरुङ लुम्बिनी रेलमार्ग हेर्न चाहेका छन्’ (10.15.2019)
“यही सरकारको कार्यकालभित्र नेपाली अर्थतन्त्रको आकार रु. ५० खर्ब पु¥याइने छ” (09.25.2019)
भारतले सिक्किम निल्नुअघिको डिजाइन र पात्रहरु (09.10.2019)
कोशी आयोजना सम्झौता - काठमाण्डौ अप्रिल २५,१९५४ (08.20.2019)
नेकपाले तोक्यो जिल्ला इन्चार्ज र सहइन्चार्ज, सङ्घीय मन्त्री र मुख्यमन्त्रीले पाए जिम्मेवारी (07.22.2019)
चिनौं आफ्नो माटो, बनाऔँ आफ्नै देश’– नेपाल उच्च शिक्षाको गन्तव्य (06.05.2019)
एसियाको भविष्य, सहनशीला र सहकार्यमा आधारित (04.30.2019)
सरकारको एक वर्षको यात्रा यस्तो छ (03.18.2019)
१०५ औं बिपी जयन्ती : बिपीको विचार बिर्सिएकाले जनताले बिर्सिए (09.11.2018)
बिम्स्टेकले मुलुकको कूटनीतिक छवि उच्च र अरु उजिल्यायो (09.04.2018)
प्रधानमन्त्री ओलीको भारत भ्रमण, के के भयो ? (04.12.2018)
लोकतन्त्र र अग्रगमनका लागि उज्ज्वल सम्भावना (04.03.2018)
आआफ्नो दाउमा गठबन्धन र अन्य दलहरु (12.05.2017)
“भारतमा के बोल्ने भनेर मैले सोधेर जाने हो ?” प्रधानमन्त्री देउवा (08.29.2017)
संविधान कार्यान्वयनसँगै राष्ट्रिय अर्थतन्त्रमा ऐतिहासिक सफलता (05.31.2017)
उल्लासमय वातावरणमा सम्पन्न पहिलो चरणको निर्वाचन (05.17.2017)
असङगत अभ्यासको दुष्परिणति (02.15.2017)
गोर्खा भूतपूर्वको नाममा भारतीय रक्षा सञ्जाल (02.15.2017)
देशलाई किस्ता किस्तामा बाँड्ने खेल रोकौं ः ओली (01.04.2017)
“कर्णाली क्षेत्रमा जन्म–मरणमा २० किलो चामल निःशुल्क उपलब्ध गराइने” (09.13.2016)



 
::| Latest News

 
[Page Top]