युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 07.22.2018, 06:44am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विशेष रिपोर्ट
 
२०२० मा २० लाख पर्यटक भित्रिएलान् ?
Tuesday, 06.12.2018, 03:14pm
काठमाडौं । सरकारले आगामी दुई वर्षभित्रमा विदेशी पर्यटकको संख्यामा दोब्बर वृद्धि गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ । आगामी आवको बजेटमार्फत सरकारले सन् २०२० भित्र २० लाख पर्यटक पु¥याउने योजना सार्वजनिक गरेको थियो । 

काठमाडौं भ्यू टावर बन्ने कहिले ? ठेकेदार प्रहरी हिरासतमा, खलामञ्च बसपार्क बन्यो,
Tuesday, 05.08.2018, 10:57am
काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न र महानगरपालिकाको आम्दानी बनाउने उद्देश्यका साथ निर्माण आरुम्भ गर्ने भनिएको भ्यू टावर कहिले बन्ने हो पत्तो छैन । अहिले टावर बनाउने ठेकेदार मनोज भेटवाललाई एपेक्स बैंक घोटाला काण्डमा संलग्न रहेको भन्दै प्रहरी अनुसन्धानमा छन् । टावर बनाउन दिएको तीन वर्षको समय आउने भदौमा सकिदैँछ । साढे दुई वर्षमा भवनको जग पनि पूरा भएको छैन । पूरानो बसपार्कमा छड र रोडाको थुप्रो लगाएर वरपर टिनले ढाकिएको छ । खुलामञ्च बसले भरिएको छ ।

अझै पनि जंगली जनावरभन्दा देवताकै डर मान्छन्....
Tuesday, 04.24.2018, 01:11pm
मध्य र सुदूरपश्चिमका पहाडी जिल्लाका महिला तथा युवतीका लागि अत्यन्त पीडादायी क्षण हुनेन गरेको छ । छाउपडी प्रथा । महिनावारी भएका बेला घरदेखि टाढा गुपा वा छाप्रोमा कष्टकर दिन बिताउँदा कतिपयको ज्यान जाने गरेको छ । यो प्रथाबिरुद्ध अनेक अभियान चले पनि त्यसको निरुपण भएको छैन । महिलाहरु अझै पनि छाउलाई देउवताको दोष मान्दै व्यहोर्न बाध्य छन् ।

सामाजिक अभियन्ता- काशीनाथ जोशी
Tuesday, 04.03.2018, 01:35pm
काशीनाथ जोशी सकारात्मक सोच राखेर निरन्तर सक्रिय रहने एक सामाजिक अभियन्ताको नाम हो । मानवसेवा र सामाजिक परिवर्तनका लागि नैतिक मूल्यमा आधारित शिक्षा नै अनिवार्य छ भन्ने दृढ मान्यता राखेर हाल उहाँले सप्तरी जिल्लाको सहज पहुँचभन्दा बाहिर रहेको तर ऐतिहासिक धरोहरको रूपमा रहेको तिरहुत गाउँपालिकाको भेडिया गाउँमा ‘वनखण्डी विद्याश्रम’ नामक गुरूकूल सञ्चालनको अगुवाई गरिरहनुभएको छ ।
गायक बिष्ट सिकिस्त : उपचारका लागि खर्चको अभाव
Tuesday, 09.12.2017, 11:53am
 “म मौनतामा अल्झिएको एउटा जीवन, कहाँ जाने, कसलाई सोध्ने, कसलाई खोज्ने ?” भन्दै आफ्नो जीवन रक्षाका लागि पुकार गरिरहेको छ । तर, न विदेशमा रहेर नेपाल र नेपालीप्रति चिन्ता जाहेर गर्दै भाषण गर्नेहरुको ध्यान गएको छ, न त स्वदेशमा कला–कलाकर्मीहरुका संघसंस्थाहरुले चासो दिएका छन् ।
मधेशवादी दलसँग निर्वाचनमा सहभागी हुनुको विकल्प छैन
Wednesday, 05.24.2017, 11:09am
काठमाडौं । संविधान संशोधन भए मात्र निर्वाचनमा भाग लिने भन्दै आएका केही मधेशवादी दलहरूसंग निर्वाचनमाा भाग लिनुको विकल्प छैन । 
ती महिनामा बन्यो मुसहर बस्ती
Tuesday, 04.18.2017, 11:18am
भूकम्प पीडितका लागि एकीकृत नमूना बस्ती बनाएसकेपछि तराई झरेका धुर्मुस सुन्तलीले अति पिछडिएको समुदाय मुसहरका लागि बनाएको एकीकृत नमूना बस्ती नयाँ वर्ष २०७४ को शुभसन्ध्यामा हस्तान्तरण गरिएको छ ।

हिंसा सहेरै बस्न बाध्य छन् ग्रामीण भेगका महिला
Tuesday, 11.29.2016, 10:52am
मुलुकभर महिला हिंसाबिरुद्धको १६ दिनेअभियान चलिरहेको छ तर जाजरकोट सिमा–१ की जयकुमारी विक श्रीमानले दिएको शारीरिक र मानसिक यातानाको व्यथा पोख्दै थिइन् ।
एउटा नाटक जसले हराएकाहरूको खोजी गर्छ
Tuesday, 09.06.2016, 11:01am
निर्देशक राजन खतिवडाद्वारा निर्देशित ‘आधा सत्य’ नाटकमा तत्कालीन अवस्थाका पीडित अहिले पनि आफन्त, परिवारका सदस्यको खोजी गरिरहेका देखिन्छन् । 

जनताको घर बनाउन ढुंगा–माटो बोक्दै धुर्मुस–सुन्तली
Tuesday, 05.17.2016, 11:07am
गत वर्षको वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि घरबारविहीन भएका ग्रामीण भेगका जनताका लागि घर बनाउन जुटेका चर्चिच हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको काम सुरू गरेका छन् । 

फेरिंदैछ राउटेको जीवनशैली
Tuesday, 02.10.2015, 02:09pm
“जेठा बा बृन्दा बन कान्छा बा काशी जा  यस्तै रैछ राउटेको जीवन दुःख बिर्सी हाँसी जा”
राउटे युवाहरूमा यो गीत निकै प्रचलित छ र शहरी क्षेत्रबाट कुराकानी गर्न आउने जो कोहीलाई अधिकांश राउटे युवाहरू यही गीत सुनाउँछन् । यो गीतले आफूहरू बाहिरी समाजमा घुलमिल हुन नसकेको पीडा बोक्छ ।
अपार स्रोत र दक्षिण एसियामा ऊर्जाको स्थिति
Tuesday, 11.25.2014, 02:55pm
काठमाडौं । दक्षिण एसियामा अपार स्रोत छ । धार्मिक, सांस्कृतिक सभ्यताका साथै प्राकृतिक स्रोत साधन भएरु पनि यसको समुचित उपयोग हुन नसक्दा यो क्षेत्र गरीबहरूको बस्तीका रुपमा चिनिन्छ– तेस्रो विश्व भनिन्छ । यसलाई हटाउन सार्क राष्ट्रहरूबीच आपसी सहकार्य आवश्यक छ । विशेषतः यो क्षेत्रको जलस्रोतको उपयोग ऊर्जा, सिंचाई र खानेपानीमा गर्नु अपरिहार्य छ । अहिलेकै अवस्था कायम रहेमा दक्षिण एसियामा स्रोत हुँदाहुँदै भोकमरीको खतरा मडारिने भविष्यवाणी भैसकेको छ । 
मधुमेह रोगबारे समयमै ध्यान दिन आग्रह
Monday, 02.17.2014, 06:34pm
रगतमा ग्लुकोजको मात्रा अत्यधिक आएको अवस्थालाई मधुमेह भनिन्छ । रगतमा अत्यधिक मात्रामा ग्लुकोज भएमा स्वास्थ्यका लागि राम्रो मानिन्न । सामान्यतः रगतमा १४० ग्लुकोज देखिएमा मधुमेहको पूर्व अवस्था हो । 
नेपाली समाजको यथार्थ चित्रण : झोला
Monday, 02.10.2014, 04:24pm
भनिन्छ चलचित्र चल्ने साहित्य हो अर्थात् श्रव्य र दृश्यको साहित्य हो । यस्तो साहित्य सिर्जना एक किसिमले मात्र हुँदैन धेरै क्षेत्रमा जानकार हुने व्यक्ति मात्र सफल चलचित्रकर्मी बन्दछ ।
आतंक अब साइबर टेरोरिजमको - इन्द्र आचार्य
Tuesday, 09.10.2013, 06:54pm
अब विश्वमै साइबर टेरोरिजमको खतरा बढिरहेको छ । अब विश्वभर साइबर हमलाका संकेतहरू देखिएका छन । यदि सावधानी अपनाउनुहुन्न भने यसको प्रत्यक्ष शिकार तपाई जो कोही पनि पर्न सक्नुहुन्छ । अमेरिकाका चर्चित साइबर सुरक्षा विज्ञ नोहलले विश्वका झण्डै पौने अर्ब प्रयोगकर्ताहरूका मोबाइल ह्याक हुने खतरामा रहेको तथ्य फेला पारेका छन् 



 
::| Latest News

 
[Page Top]