युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.16.2018, 02:12am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विशेष रिपोर्ट
 
नेपाली समाजको यथार्थ चित्रण : झोला
Monday, 02.10.2014, 04:24pm (GMT+5.5)

काठमाडौं । भनिन्छ चलचित्र चल्ने साहित्य हो अर्थात् श्रव्य र दृश्यको साहित्य हो । यस्तो साहित्य सिर्जना एक किसिमले मात्र हुँदैन धेरै क्षेत्रमा जानकार हुने व्यक्ति मात्र सफल चलचित्रकर्मी बन्दछ । चलचित्र क्षेत्रमा पनि त्याग, लगनशीलता, चिन्तनशीलता र प्रतिभा नभएसम्म स्थापित हुन सकिंदैन । सिर्जनात्मकता नभएसम्म चलचित्र सफल हुँदैन, त्यसले दर्शकको मन छुन सक्दैन । कथावस्तु राम्रो भए पनि प्रस्तुतिकरण स्तरीय हुन सकेन, कलाकारहरूको अभिनय सोही अनुसारको भएन भने त्यो चलचित्र राम्रो हुँदाहुँदै पनि असफल हुन्छ, दर्शकको रुचीमा पर्दैन । यस्तोमा बढी मात्रामा व्यावसायिक चलचित्रहरू परेका छन् ।

नेपाली चलचित्र निर्माण गर्न सयौं साहित्यिक कृतिहरू छन् । नेपालको इतिहास, धर्म, संस्कृति र परम्परा झल्काउने कृतिहरूमा चलचित्र बन्नुपर्ने आवश्यकता पनि औंल्याउने गरिएको छ । किनभने नेपालको लामो इतिहास, त्यो इतिहासको सजीव चित्रण गरिएका असंख्य साहित्यिक कृतिहरू सार्वजनिक भएका छन् । ती कृतिहरू बहुसंख्यक नेपालीको पहुँचमा पुग्न सकेका हुँदैनन् । बेलाबेलामा यस्ता कृतिमात्र चलचित्र बन्ने गरेका छन् ।

यतिबेला राजधानी लगायत देशभरका सिनेमा भवनहरूमा सती प्रथामा आधारित साहित्यकार कृष्ण धारावासीको बहुचर्चित कृति ‘झोला’ प्रदर्शन भैरहेको छ । यादवकुमार भट्टराईको निर्देशन तथा उत्तरकुमार श्रेष्ठको प्रस्तुति रहेको सो चलचित्रमा गरिमा पन्त, देशभक्त खनाल, दीपक क्षेत्री, प्रल्हाद खतिवडा, गीता नेपाल, लक्ष्मी गिरी लगायतको अभिनय छ । कुनै नृत्य, द्वन्द्व वा हास्यविना पनि मार्मिक र हेर्न लायक चलचित्र बन्छ भन्ने दृष्टान्त यो चलचित्रले गरेको छ ।  श्रीमान्को निधन भएपछि श्रीमतीले उसको चितासंगै जल्नुपर्ने यो कुप्रथा १९७७ साल असार २५ गते राणा प्रधानमन्त्री चन्द्रशम्शेरका पालामा विधिवत् अन्त्य गरिएको थियो । लोग्ने मर्दा श्रीमतीले जल्नुपर्ने र श्रीमती मर्दा लोग्नेले अर्काे श्रीमती ल्याएर सुखभोग गर्ने यस्तो परम्परा हाल कायम नरहे पनि महिला हिंसा र खासगरी एकल महिलाले अहिले पनि समाजको हेलत्व भोगिरहेका छन् । किनभने लोग्नेको चितासँगै सति जाने क्रममा जिउँदै जलाइँदै गर्दा त्यहाँबाट भागेर बाँच्नसक्नु विसं १९७७ भन्दा अगाडिको समयका महिलाका लागि निकै कठिन र असामाजिक कार्य मानिन्थ्यो । 

मौलिक नेपाली चलचित्रका रुपमा माघ २४ गतेदेखि देशभरका प्रदर्शनमा आएको ‘झोला’ का दर्शक आँखामा आँसु टिल्पिलाएर मात्रै हलबाट बाहिरिन्छन् । “बरु दूध दिन छाडेको थारो गाईलाई नमारेर वनतिर पठाउँछन्, सती जानुपर्ने महिला (आमाहरू) लाई पुरुषले जिउँदै जलाउँछन्, कोरीहरू ।” भन्ने लक्ष्मी गिरीको संवाद समाजका लागि  धारिलो सन्देश हो ।

चलचित्रकी नायिका गरिमा पन्त (जलमाया) ले सती जानुपूर्व श्रीमान्को हेरचाह र घरगृहस्थी गर्दा भोग्नुपरेका पीडा र सती हुनबाट बच्न गरेको सङ्घर्ष र प्रेरणा नै यसको मुख्य सन्देश हो । आफूभन्दा दोब्बर बढी उमेका श्रीमान्का पहिलो श्रीमती बितेपछि उनको कान्छी श्रीमती बनेर भित्रिएकी जलमायाले श्रीमान्को स्वास्थ्यको हेरचाह र सानो छोरा हुर्काउँदा भोग्नुपरेका दुःख र दर्दले अहिलेका ग्रामीण महिलाका समस्यालाई पनि सहजै प्रस्तुत गर्छन् । श्रीमान्ले मर्नुअघि “तैँले मेरो कारणले धेरै दुःख पाइस्, म मर्दा सती नजानू” भनेको भए पनि समाज र पण्डितको करबललाई तोड्न नसकी उनी सती जान तयार हुन्छिन् । यहाँसम्म कि लोग्ने मरेको पिर, आफू सती जानुपर्ने अवस्था र कलिलो छोरालाई एक्लै छाडेर जानुपर्ने व्यथालाई सम्झेर उनले धित मर्ने गरी रुन पनि पाएकी हुन्नन् । 

कथानुसार उनी रोएर लोग्नेले पुण्य नपाउने भनिएपछि  आँसु थाम्दै शवयात्राको बीचमा दुलही झैंँ सजिएर सती जान तयार हुन्छिन् । उनका छोराले आमालाई सती हुनबाट जतिसुकै रोइकराए पनि उनको केही लागेन । छोरालाई साथ दिने जलमायाकी देउरानीलाई पनि उनका श्रीमान्ले पुर्खाको प्रचलनलाई रोक्न खोज्दा समाजले पागल भन्छन् भनेर चुप लाग्न सुझाउँछन् । खोलाको किनारमा लास जलाउन लाग्दा रात परिसकेको र शव जल्न थालेको आगोको राप र धुवाँको सहायतामा सती जान लागेकी  निर्वस्त्र जलमाया खोलामा फाल हालेर भाग्न पुग्छिन् । 

बाबुसँगै आमाको पनि मृत्यु भएपछि छोरा (बालकलाकार सुजन नेपाल) सौतेनी दाइका घरमा हेलत्व सहेर बस्न बाध्य हुन्छ । पढ्ने उमेरमा गोठालो भएर जीवनलाई दैनिकी बनाइरहेका सुजनले एक दिन वनको ओढारमा आफ्नी जलाइएकी भनिएकी आमालाई जिउँदै भेटे । उनले भोलिपल्ट काकी (लक्ष्मी गिरी) को सहयोगमा आमालाई लुगाफाटो र खानेकुरा लगे । समाजले देखेमा फेरि जलाइदिने डरले उनीहरू त्यस ओढारबाट भाग्ने तयारी गरिरहेका थिए । त्यही बेला खोलाको किनारमा अर्काे पछ्यौरी जल्दै गरेको र एक महिला सती हुँदै गरेको दृष्य देखिन्छ । त्यस दिन दिउँसै भएकाले ती सती हुन लागेकी महिलालाई मलामीले लखेटी लखेटी ढुङ्गाले हानेर मार्छन् । यस्तो दृष्यबाट भावुक बनेका जलमाया, उनका देउरानी र देवरले भाउज्यूको सङ्घर्षलाई तारिफ गर्छन् तर समाजमा सँगै बस्न नसकिने हुनाले जलमायाका आमाछोरालाई बाटो खर्च दिएर परदेशतिर बिदा गर्छन् । 

क्रान्ति सुरुमा लुकेरै गर्नुपर्छ भन्ने सन्देश पनि झोलाले दिएको छ । आजभोलि पनि कतिपय राजनीतिक दलका नेताहरू भूमिगत, अर्धभूमिगत अवस्थामा छन् । त्यतिबेला सती गएर बच्न सफल महिला बाँच्नका लागि भूमिगत रुपमा परदेशिनुपर्ने दृश्यसंगै चलचित्रको अन्त्य हुन्छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
आतंक अब साइबर टेरोरिजमको - इन्द्र आचार्य (09.10.2013)



 
::| Latest News

 
[Page Top]