युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 08.21.2018, 03:13pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विशेष रिपोर्ट
 
मधुमेह रोगबारे समयमै ध्यान दिन आग्रह
Monday, 02.17.2014, 06:34pm (GMT+5.5)

काठमाडौं । रगतमा ग्लुकोजको मात्रा अत्यधिक आएको अवस्थालाई मधुमेह भनिन्छ । रगतमा अत्यधिक मात्रामा ग्लुकोज भएमा स्वास्थ्यका लागि राम्रो मानिन्न । सामान्यतः रगतमा १४० ग्लुकोज देखिएमा मधुमेहको पूर्व अवस्था हो । अस्वच्छ खानपान र जीवनशैलीका कारण मधुमेहका रोग विशेषतः सहरी क्षेत्रमा दिनप्रतिदिन फैलिरहेको छ ।

डाइबिटिज नेपालद्वारा शनिबार आयोजित मधुमेह रोगसम्बन्धी सम्मेलनमा दिइएको जानकारी अनुसार सहरी क्षेत्रमा पाँचघरमा एकघर मधुमेहका रोगी रहेका नेपालमा करिब आठ लाख यसका रोगी छन् । 

कार्यक्रममा चिकित्सा विज्ञान अध्ययन संस्थानका प्रा. डा. प्रदीपकृष्ण श्रेष्ठले मधुमेह हुन नदिन नियमित व्यायाम, धुम्रपान तथा मदिरापान सेवनको अन्त्य, रगतमा ग्लुकोजलाई नियन्त्रण, कम नुन तथा चिनी भएका खानेकुरा सेवन गर्न आवश्यक भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “पछिल्लो समय सहरवासीमा व्यायाम कम गर्ने प्रवृत्ति, बढी खानपानमा रमाउने, खानपानमा चिल्लो, पिरो, अमिलो मन पराउनेजस्ता कारण मधुमेहका रोगीहरू बढिरहेका छन्, त्यसैले आफ्नो जीवनशैलीमा परिवर्तन गर्न आवश्यक छ ।”

मधुमेहलाई समयमा उपचार नगर्ने हो भने यसबाट आँखा, मुटु, मिर्गाैला, स्नायुमा समेत असर पुग्ने कार्यक्रममा जानकारी दिइयो । मधुमेह विज्ञ प्रा. डा. सत्येन्द्र राजभण्डारीले भन्नुभयो, “कुनै पनि उमेरमा मधुमेह हुनसक्छ, त्यसैले यसलाई समयमै नियन्त्रणमा ल्याउन स्वास्थ्य परीक्षण गराइरहनुपर्छ ।”

कार्यक्रममा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले मधुमेह रोगबारे आमजनतालाई थाहा नै नभएको र रोग लागेपछि मात्र थाहा पाउने अहिलेको अवस्थालाई अन्त्य गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । 

आयोजक संस्थाका महासचिव कैलाशराम प्रधानले आम जनतालाई मधुरोग के हो, यो रोग लाग्न नदिन के गर्नुपर्छ भन्ने जानकारी दिन चेतनामूलक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल, भारत, अमेरिका, बेलायतका मधुमेह विशेषज्ञ चिकित्सकहरूले रोगबार जानकारी दिनेछन् । कार्यक्रममा मधुमेहका रोगीको खानपान कस्तो हुनुपर्छ भन्ने जानकारी दिन खानाको प्रदर्शनीसमेत गरिएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाली समाजको यथार्थ चित्रण : झोला (02.10.2014)
आतंक अब साइबर टेरोरिजमको - इन्द्र आचार्य (09.10.2013)



 
::| Latest News

 
[Page Top]