युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 02.22.2018, 02:37pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विशेष रिपोर्ट
 
फेरिंदैछ राउटेको जीवनशैली
Tuesday, 02.10.2015, 02:09pm (GMT+5.5)

“जेठा बा बृन्दा बन कान्छा बा काशी जा
यस्तै रैछ राउटेको जीवन दुःख बिर्सी हाँसी जा”
राउटे युवाहरूमा यो गीत निकै प्रचलित छ र शहरी क्षेत्रबाट कुराकानी गर्न आउने जो कोहीलाई अधिकांश राउटे युवाहरू यही गीत सुनाउँछन् । यो गीतले आफूहरू बाहिरी समाजमा घुलमिल हुन नसकेको पीडा बोक्छ । बूढाहरू आफ्नो परम्पर छोड्न नमान्ने र युवाहरू दोधारमा रहिरहेको अवस्थामा राउटेको जीवन सहज बनाउन उनीहरूलाई आकर्षित गर्न अनेक योजना बन्ने गरेका छन् । मध्यपश्चिम र सुदूरपश्चिमाका पहाडी जिल्लाका जंगलहरूमा बसोबास गर्ने राउटेको जीवन सजिलो बनाउन जिल्ला वन कार्यालय सुर्खेतले बनहेरालुको जागीर दियो । अन्य विभिन्न संघसंस्थाले शिक्षा, स्वास्थ्य जस्ता चेतनामूलक कार्यक्रमहरू चलाइरहेका छन् । तर उनीहरूको जीवनमा तात्विक अन्तर नआइरहेका बेला डडेल्धुरामा भने राउटेहरू तरकारी खेती गर्न थालेका छन् ।

आफूलाई जंगलको राजा बताउने राउटे समुदाय जंगलमै आफ्नै परम्परामा जीवन बिताउँछन् । तर, पछिल्लो समय विस्तारै उनीहरू समाजमा घुलमिल हुन थालेका संकेत पाइएको छ । पछिल्लो समय डडेल्धुरामा वस्दै आएका राउटेको जीवनशैली परिवर्तनशील हुनुका साथै उनीहरूको जनचेतनामा समेत वृद्धि हुँदै गएको छ । बीउ उत्पादन केन्द्र डडेल्धुराका कार्यालय प्रमुख दिलबहादुर विष्टका अनुसार आफू पनि तरुल खाने र अतिथिहरूलाई समेत त्यही तरुल खुवाएर स्वागत गर्ने राउटेहरूले चुलोमा आफ्नै बारीको तरकारी पकाउन थालेका छन् ।

राउटे समुदाय नेपालको प्राचीन सभ्यता बोकेको लोपोन्मुख जाति हो । फिरन्ते जीवन बिताउँदै आएका उनीहरू जङ्गलमै बस्ने र त्यहीका रुख काटेर काठका सामग्री बनाएर गाउँमा लगी अन्नसंग साटेर जीविका चलाउने गर्छन् । बाँदर, गुना जस्ता जङ्गली जनावरको सिकार गर्दछन् । 

राउटेहरू खेती किसानीतिर पटक्कै रुची नराख्ने भएकैले जङ्गलमा गिठा, भ्याकुर र कन्दमूल तथा शिकारबाटै जीवन निर्वाह गरिरहेका भए पनि अब विस्तारै यी वस्तुको अभाव हुन थालेको छ । त्यस्तै वनजंगल सामुदायमा हस्तान्तरण भएपछि उनीहरूका लागि रुख काट्न पनि सहज छैन । उनीहरूको महत्वपूर्ण आयको रुपमा काठका भाँडाकुँडा बनाई बिक्री गर्नु थियो । तर, अहिले समय फेरिएको छ । राउटे समुदायलाई हिजोको जस्तै रुख काट्न छुट छैन् । न त वन्यजन्तुको सिकार गर्न नै छुट छ । त्यसैले राउटेलाई जीविकोपार्जन गर्न धौ धौ पर्न थालेको छ । 

जीविकोपार्जन गर्न मुश्किल भएपछि डडेल्धुराको भित्री मधेस तथा कञ्चनपुरको चुरे क्षेत्रमा वसोवास गर्दै आएका राउटे समुदाय तरकारी खेतीतर्फ आकर्षीत हुन थालेका छन् । डडेल्धुराको शिर्ष र आलिताल तथा कञ्चनपुरको खल्ला–मसेट्टीमा वस्दै आएको राउटे समुदायले धमाधम तरकारी उत्पादन गर्न थालेका छन् । 

मध्यपश्चिमको पहाडी भेगबाट राउटे समुदायले डडेल्धुराको भित्रिमधेस बसाइँसराइ गरेका हुन् । भित्रीमधेस क्षेत्रमा बसोवास गर्दै आएका करिब ६१ परिवार राउटे समुदाय तरकारी उत्पादनमा जुटेका छन् । गिठा, भ्याकुर र कन्दमूलका भरमा जीविका चलाउँदै आएका राउटेहरू अहिले तरकारी उत्पादन गरी उपभोग गर्नुका साथै बिक्री वितरण गरी राम्रो आय आर्जन गर्न थालेका छन् । कृषि प्रणालीमा सक्रिय भएपछि अचेल राउटको चुलोमा तरकारी पाक्न थालेको छ । शिक्षा, स्वास्थ्य, सरसफाइ र सामाजिक जीवनशैलीमा समेत ठुलै रूपान्तरण हुँदै गएको छ । 

वर्तमान जीवनपद्धतिलाई अँगाल्ने क्रममा राउटेहरू समुदाय तरकारी खेतीतर्फ उन्मुख भएका हुन् । राउटेहरू आफ्नै उपभोगका लागि समेत तरकारी उत्पादन गरिरहेको बताउँछन् । “भविष्यमा तरकारीखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउने सोच बनाइरहेका छौँ” – राउटे समुदायका युवा हरिसिंह राउतले बताउनुभयो । 

डडेल्धुरामा हालको परशुराम नगरपालिका वडा नं ४ मा राउटेका २५ परिवार र वडा नं १२ आमपानीमा ३६ परिवार परम्परागत खेतीका साथै तरकारी खेतीमा समर्पित रहेका छन् । उनिहरू करेसाबारीमा आलु, गोलभेँडा, काउली, प्याज, मुला, धनियाँ, रायो र केराउजस्ता तरकारी बाली उत्पादन गर्दै आएका छन् । 

जङ्गलमा तरुल, गिठा खन्ने, खोलामा माछा मार्ने, जङ्गली जनावर मारेर खाने राउटे जातिका महिला तथा पुरुषलाई तरकारी जर्मप्लाज्म संवद्र्धन तथा बीउ उत्पादन केन्द्र डडेल्धुराले तालिम समेत दिँदै आएको छ । तरकारीको बीउ, उपकरण, सिँचाइका लागि पाइप र पोखरी निर्माण, किटनाषक औषधि समेत तरकारी जर्मप्लाज्म संवद्र्धन तथा बीउ उत्पादन केन्द्रले उपलब्ध गराउँदै आएको छ । तालिम पाउन थालेपछि राउटे जाती खुसी मात्र भएका छैनन् उनीहरूले स्वस्थ रहनका लागि ताजा तरकारी आवश्यक भएको कुरा पनि थाहा पाएका छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अपार स्रोत र दक्षिण एसियामा ऊर्जाको स्थिति (11.25.2014)
मधुमेह रोगबारे समयमै ध्यान दिन आग्रह (02.17.2014)
नेपाली समाजको यथार्थ चित्रण : झोला (02.10.2014)
आतंक अब साइबर टेरोरिजमको - इन्द्र आचार्य (09.10.2013)



 
::| Latest News

 
[Page Top]