युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 02.22.2018, 02:38pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विशेष रिपोर्ट
 
जनताको घर बनाउन ढुंगा–माटो बोक्दै धुर्मुस–सुन्तली
Tuesday, 05.17.2016, 11:07am (GMT+5.5)

गत वर्षको वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि घरबारविहीन भएका ग्रामीण भेगका जनताका लागि घर बनाउन जुटेका चर्चिच हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको काम सुरू गरेका छन् । 
भूकम्प गएको एक वर्ष पुगेकै दिन शिल्यान्यास गरिएको उक्त बस्ती निर्माणको काम उनीहरूले बुधबारबाट सुरू गरेका हुन् । वैशाख २९ गतेको पराकम्पले पनि ठूलो क्षति गरेकाले सोही दिनको सम्झनामा दोश्रो एकीकृत बस्ती निर्माण कार्य सुरू गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पिडितलाई दशैँसम्ममानयाँ घर हस्तान्तरण गर्ने लक्ष्यकासाथ काम अघि बढाइएको फाउण्डेशनका अध्यक्ष एवं हाँस्य कलाकार सिताराम कट्टेलले बताएका छन् । 

यस अघि काभ्रेमा निर्माण गरिएको एकीकृत पहरी बस्ती धुर्मुस सुन्तलीले साढे दुई महिनामा नै पीडितलाई हस्तान्तरण गर्न सफल भएका थिए । सबैको साथ र सहयोग भएमा लडेको गिरान्चौर दशैँ सम्ममा सुन्दर एकीकृत बस्ती बन्ने उनको भनाई छ । पहिलो एकीकृत बस्ती निर्माण गर्दा धेरैको सहयोग पाएकाले अर्को बस्ती बसाउने अठोट गरेको भन्दै उनले देश निर्माणको अभियानमा हातेमालो गर्न सबैसँग आग्रह गरेका छन् । लडेको बस्ती उठाउने अभियानको नेतृत्वमात्र गरेका हौँ, सहयोगी हातहरूको दह्रो साथमिलेमा समयमै गिरान्चौर एकीकृत बस्ती निर्माण सम्पन्न हुने उनको विश्वास छ । 

पहिलेको भन्दा ३ गुणा ठूलो बस्ती निर्माण गर्न लागिएकाले फाउण्डेशनलाई आर्थिकसँगै घर निर्माणको लागि सिमेन्ट, रड, गिट्टी, बालुवा, जस्ता लगायतका जिन्सी समानको पनि उत्तिकै आवश्यकता रहेको धुर्मुसले बताएका छन् । आफूहरूले बस्तीमा ढुंगा बोक्नुका साथै सावेल, बेल्चाबोकेर गिरान्चौर एकीकृत बस्ती निर्माणमा जुटिसकेकाले देश विदेशमा रहेका नेपाली र नेपालीलाई मायागर्ने दाताहरू समक्षउनीहरूले सहयोगको अपिल गरेका छन् । 

बस्ती निर्माणको घोषणा गरेदेखि अहिलेसम्म करिब २२ लाख रूपैँयाको हाराहारीमा सहयोग संकलन भएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिएकी छिन् । तर, ६५ भूकम्प पीडित तामाङ परिवारका ५ सय १५ जना सदस्यको आश्रयस्थल निर्माण सम्पन्न गर्न ४ करोड भन्दा बढी लाग्ने देखिएको उनको भनाइ छ । 

गिरान्चौर एकीकृत बस्ती मात्रहुने छैन, यो बस्तीलाई बालमैत्री, अपाङ्गमैत्री, खुला दिशामुक्त, सफा र सुन्दर गाउँ बनाइने उनीहरूले बताएका छन् । सरकारले तोकेको मापदण्ड अनुसार बस्तीमा भूकम्प प्रतिरोधी चार कोठे घरको साथमा एक घर, एक धारा, एक बगैँचा र एउटा सामुदायिक भवन पनि निर्माण गर्ने धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
फेरिंदैछ राउटेको जीवनशैली (02.10.2015)
अपार स्रोत र दक्षिण एसियामा ऊर्जाको स्थिति (11.25.2014)
मधुमेह रोगबारे समयमै ध्यान दिन आग्रह (02.17.2014)
नेपाली समाजको यथार्थ चित्रण : झोला (02.10.2014)
आतंक अब साइबर टेरोरिजमको - इन्द्र आचार्य (09.10.2013)



 
::| Latest News

 
[Page Top]