युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.16.2018, 02:40am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विशेष रिपोर्ट
 
विश्व सम्पदा सूचीमा पर्नुपर्ने गोकर्णेश्वरलाई जिर्णोद्वारकै चिन्ता
Tuesday, 08.14.2018, 01:02pm (GMT+5.5)

काठमाडौं । लिच्छवीकालिन ऐतिहासिक र पौराणिकताको हिसाबले विश्व सम्पदा सूचीमा सूचीकृत हुनुपर्ने हो काठमाडौंको उत्तरी भेगमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर । तर मन्दिरको व्यापक प्रचार प्रसार त कता कता जिर्णोद्वार नै गर्न सकस छ । समुद्र सतहबाट १३३६ मिटरको उचाइमा रहेको गोकर्ण दुई हजार वर्ष पहिले किराँतकालतिर काठमाडौँ उपत्यकाको राजधानी रहेको थियो भन्ने इतिहासकारहरूको भनाइ छ । त्यसबाहेक यो क्षेत्र लिच्छविकालीन राजा मानदेवको मानगृह अवस्थित भूमि पनि मानिन्छ ।
उचित प्रचार प्रसार र मन्दिरको जिर्णोद्धार तथा सरसफाईमा ध्यान दिन सके यो क्षेत्र आन्तरिक तथा बाह्य धार्मिक पर्यटनका प्रचूर सम्भावना बोकेको क्षेत्र हो । वेद पुराणहरुमा उल्लेख गोकर्णेश्वर महादेवको उचित प्रचार प्रयास र यो क्षेत्रको धार्मिक महत्वको अभिवृद्धि गराउन नसक्दा ओझेलमा परेको छ । 
विशेष गरी भाद्र कृष्ण औँशी अर्थात् बाबुको मुख हेर्ने दिन लाखौं भक्तजन आउने गर्दछन् गोकर्णेश्वरमा रत्नपार्कबाट ११ किमीको दूरीमा रहेको गोकर्णेश्वर क्षेत्र प्रचारप्रसारकै अभावमा विरानो जस्तै छ । शास्त्रीयरुपमा वर्णन गरिएको उत्तरगया यही भए पनि त्यसलाई बुझाउन नसक्दा ओझेलमा परेको छ ।
यहाँ भाद्रकृष्ण औँशीका तर्पण, सिदा दान र पिण्ड दान गर्नाले घर, मामाघर र ससुरालीतर्फका सात÷सात गरी २१ पुस्ताका पितृहरु तर्छन् अर्थात् मुक्ति पाउँछन् भन्ने धार्मिक विश्वास छ । यही धार्मिक विश्वासका कारण हरेक वर्ष भाद्र कृष्ण औँशीको अघिल्लो दिन बिहानैदेखि वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लाग्ने गर्छ ।
सत्ययुगमा ब्रह्माले नै गोकर्णेश्वरको स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदा दान र पीण्ड दान गर्नाले अगति परेका पितृ पनि तर्छन् भन्ने धार्मिक विश्वास छ । यसैकारण यस दिन मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको छ ।
त्यस्तै बौद्ध धर्मावलम्बीले गोकर्णेश्वर महादेवलाई बौद्धका १२ तीर्थमध्ये पुण्य तीर्थ बोधिसत्वका रुपमा मानी पूजाआजा गर्ने गरेका छन् । बौद्ध धर्मावलम्बीले यस दिन गोकर्णमा पितृ उद्धारका लागि १००८ दीप दान गर्छन् ।
भगवान् विष्णुको दायाँ पाउ रहेको गोकर्णेश्वर धार्मिक क्षेत्र पितृ उद्धारका हिसाबले महत्वपूर्ण भए पनि नेपाल सरकारले ध्यान नदिँदा ओझेलमा परेको गोकर्णेश्वर उत्तरगया तीर्थस्थलको विकास एवं प्रचारप्रसारमा वर्षौंदेखि लागिपर्दै आउनुभएका प्रा डा ऋषिराम पोख्रेल बताउनुहुन्छ । ”भारतमा भगवान् विष्णुको बायाँ पाउ छ, जसलाई प्रचारप्रसार गरी भारतीयले उत्तरगया उतै पर्छ भनी भ्रम छरेका छन्, हामी भएको कुरा पनि प्रचार गर्न नसक्दा बोल्नेको पिठो बिक्ने र नबोल्नेको चामल पनि नबिक्ने अवस्थामा पुगेका छौँ”, उहाँले भन्नुभयो ।
मणिचूड, शिवपुरी, नागार्जुन, चन्द्रागिरि, फुलचोकी, चाँगु र नगरकोट गरी सातवटा पर्वतले घेरिएको स्थल उत्तरगया भनी हिन्दू ग्रन्थहरुमा वर्णन गरिएको छ । त्यो पवित्र उत्तरगया तीर्थ गोकर्णेश्वर नै भएकामा शास्त्रीय द्विविधा नरहेको गोकर्णेश्वरका विषयमा खोज गरिरहनुभएका गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ बताउनुहुन्छ ।
“गोकर्णेश्वरको धार्मिक ऐतिहासिक पौराणिक र पुरातात्विक महत्वलाई प्रचारप्रसार गर्न सके विश्वका धार्मिक पर्यटक यस क्षेत्रको भ्रमणमा आउनेछन्, गोकर्णेश्वरको महत्व पशुपतिनाथसँग पनि जोडिएको छ, पशुपतिमा श्रीयन्त्रको पूजा हुन्छ, गोकर्णेश्वरमा बालयन्त्रको, बालयन्त्रको पूजा नगरी श्रीयन्त्रको पूजा गर्दा फल पाइँदैन भन्ने शास्त्रीय मान्यता छ”, उहाँले भन्नुभयो ।
धार्मिकरुपमा महत्वपूर्ण गोकर्णेश्वर मन्दिरको अहिलेको स्वरुप लिच्छविकाल अगाडि नै निर्माण भएको विश्वास गरिन्छ । प्यागोडाशैलीको तीनतले यो मन्दिरको संरचनाका कारण मानदेवको समयअघि नै गोकर्णेश्वरको मन्दिर निर्माण भइसकेको मानिन्छ । यसको प्रामाणिक तथ्यको खोजी जारी छ, यसका लागि गोकर्णको पुरानो दरबार क्षेत्रमा थप उत्खनन गरिनुपर्छ, उपत्यकाको प्रथम बस्ती नै गोकर्णमाथिको हो, दहका रुपमा रहेको उपत्यकाका चार ठाउँमा पानी निकासका लागि काटिएपछि पहिले गोकर्णभन्दा माथिको भागमै बस्ती बसेको विश्वास छ ।
स्वयम्भू पुराणमा गोकर्ण, पशुपति, चोभार र कटुवाल दह गरी चार ठाउँमा मञ्जुश्रीले खड्गले काटी उपत्यकामा बस्ती बसाएको उल्लेख छ । हिन्दू ग्रन्थमा भने यी चार स्थानमा भगवान् श्रीकृष्णले जादुमय खड्गले काटेपछि काठमाडौँ उपत्यकामा बस्ती विकास भएको वर्णन छ ।
गोकर्णको प्रमुख सांस्कृतिक आकषर्ण भनेको पवित्र बागमती किनारमा अवस्थित मानदेवले निर्माण गरेको मानिने महादेव मन्दिर हो । तीनतले भव्य यो मन्दिर लिच्छवि कला र वास्तुकलाको अनुपम र सुन्दरतम् कलात्मक नमुना मानिन्छ । उत्तरगयासमेत मानिने यो क्षेत्र पितृतीर्थको केन्द्रका रूपमा स्वदेश तथा विदेश (भारत) सर्वत्र हिन्दूहरूमाझ लोकप्रिय छ ।
यहाँको अर्को महत्वपूर्ण आकर्षण भनेको अनेक प्राचीन धार्मिक कलाकृतिहरूको सुन्दरतम् संग्रह, हो जहाँ अन्यन्त्र नपाइने ब्रह्मा, चित्रगुप्त, अर्धनारीश्वर लगायतका देवी र देवताहरूका हजारौँ वर्ष पुरातन प्रतिमाहरू अनुसन्धाता र पर्यटकहरूको आगमनलाई कुरिरहेझैं भान हुन्छ ।
त्यस्तै गोकर्णेश्वर मन्दिरको प्रांगणका अन्य सांस्कृतिक धरोहरहरूमा पार्वती, गदाधर नारायण मन्दिर र शिवमहेश्वर बालभक्तेश्वर मन्दिर मुख्य हुन् । त्यस्तै उत्तरबाहिनीस्थित कान्तिभैरव मन्दिर र पद्मभक्तेश्वर मन्दिर पनि त्यत्तिकै महत्वपूर्ण मानिन्छन् । पुरानो गोकर्ण गाउँ पनि गोकर्णको अर्को आकर्षक गन्तव्य हो । तलेजु मन्दिर, प्राचीन एक चैत्य र पुरानो मुखुण्डो नाच देखाउने डबली त यहाँका सांस्कृतिक परिचायक हुन् ।
पौराणिक कालमा लंकानरेश रावणले पनि गोकर्णेश्वरको दर्शन गरेको किंवदन्ती छ । सत्ययुगमा महादेवले मृगरुप लिँदा खोज्दै गएका देवताहरुले उनलाई चिनी सिङमा समाउँदा भाँचिएर तीन टुक्रा भएकामा एक टुक्रा आकाश, एक टुक्रा पाताल र एक टुक्रा हातमा रहेको थियो । हातमा रहेको सोही टुक्रा हालको गोकर्णेश्वरमा स्थापना गरिएको पुराणमा वर्णित छ ।
यही मन्दिरको जीर्णोद्धारका लागि पुरातत्व विभागले यस वर्षको बजेटमा एक करोड बजेट विनियोजन गरेको छ । पुरातत्व विभागले आगामी आर्थिक वर्ष २०७५।०७६मा सो मन्दिरका लागि एक करोड विनियोजन गरेको छ । स्थानीयबासी पनि मन्दिर जिर्णोद्वारका लागि जुटिरहेका छन् । 
वीरगञ्जमा नेपाल–भारत साहित्य महोत्सव 
वीरगञ्जमा आइतबारदेखि नेपाल–भारत साहित्य महोत्सव २०१८ सुरु भएको छ । महोत्सवको उद्घाटनन गर्दै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नेपाल–भारतबीच प्रचीनकालदेखि रहँदै आएको धार्मिक, सांस्कृतिक तथा बेटीरोटीको सम्बन्धलाई साहित्यको आदानप्रदानले थप बलियो बनाउने धारणा व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री गद्दीले महोत्सवले दुवै देशबीचको मित्रवत् सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले दुवै देश साहित्यमा समृद्ध भए पनि विश्वस्तरमा आफ्नो पहिचान स्थापित गर्न नसकेका कारण पूर्वेली साहित्यले विश्वमा आफ्नो छाप छोड्न नसकेको हो भन्नुभयो । 
नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैधको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री गद्दीले साहित्यको विकासमा महत्वपूर्ण योगदान दिने नेपालका वरिष्ठ साहित्यकार एवं अख्यानकार डा धुवचन्द्र गौतम र भारतका वरिष्ठ साहित्यकार डा योगेन्द्रनाथ शर्मालाई दोसल्ला ओढाइ कदरपत्रले सम्मान गर्नुभयो ।
कार्यक्रममा लोकसाहित्य विधामा साहित्यकार जसराज किराती, गैरआख्यान विधामा रमेश गोर्खाली र गीत गजल विधाको विकासमा महत्वपूर्ण योग्दान दिने श्रेष्ठ प्रिया पथरलाई पनि सम्मानित गरिएको थियो ।
नेपाल–भारत सहयोग मञ्च, ग्रिनसिट केयर भारत र हिमालिनी मासिक पत्रिकाको संयुक्त आयोजनामा भोलि सोमबारसम्म चल्ने साहित्य महोत्सवमा नेपाल तथा भारतका २५० जना स्रष्टाको सहभागिता रहेको छ् । वीरगञ्जको आदर्शनगरस्थित जैन धर्मशालामा भएको महोत्सवमा नेपाल र भारतका साहित्यप्रेमीबीच साहित्यका विविध विधाबारेमा बृहत् विमर्श हुने र यसले दुवै देशको साहित्यलाई विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । 
यसै गरी आगामी पुस ७ गतेदेखि ९ गतेसम्म जनकपुरधाममा सोह्रौँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ । सम्मेलन आयोजनाका सन्दर्भमा जनकपुरधाममा बसेको पदाधिकारीको बैठकले सो मिति निर्धारण गरेको हो ।
सम्मेलनका नेपाल संयोजक रामभरोस कापडी भ्रमरका अनुसार १५औँ सम्मेलनबाट घोषणा गरिएअनुरूप १६औँ सम्मेलन प्रदेश नं २ को राजधानी जनकपुरधाममा गर्ने निर्णय गरेको हो । बैठकले तीनदिने सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्ने निर्णय गरेको जनाइएको छ । 
बैठकमा सम्मेलनका अन्तर्राष्ट्रिय महासचिव डा वैद्यनाथ चौधरीको नेतृत्वमा भारतको दरभङ्गाबाट आएका प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
आर्यघाट लगेहुन्छ भनिएका खड्काले पाए जीवन (07.25.2018)
२०२० मा २० लाख पर्यटक भित्रिएलान् ? (06.12.2018)
काठमाडौं भ्यू टावर बन्ने कहिले ? ठेकेदार प्रहरी हिरासतमा, खलामञ्च बसपार्क बन्यो, (05.08.2018)
अझै पनि जंगली जनावरभन्दा देवताकै डर मान्छन्.... (04.24.2018)
सामाजिक अभियन्ता- काशीनाथ जोशी (04.03.2018)
गायक बिष्ट सिकिस्त : उपचारका लागि खर्चको अभाव (09.12.2017)
मधेशवादी दलसँग निर्वाचनमा सहभागी हुनुको विकल्प छैन (05.24.2017)
ती महिनामा बन्यो मुसहर बस्ती (04.18.2017)
हिंसा सहेरै बस्न बाध्य छन् ग्रामीण भेगका महिला (11.29.2016)
एउटा नाटक जसले हराएकाहरूको खोजी गर्छ (09.06.2016)
जनताको घर बनाउन ढुंगा–माटो बोक्दै धुर्मुस–सुन्तली (05.17.2016)
फेरिंदैछ राउटेको जीवनशैली (02.10.2015)
अपार स्रोत र दक्षिण एसियामा ऊर्जाको स्थिति (11.25.2014)
मधुमेह रोगबारे समयमै ध्यान दिन आग्रह (02.17.2014)
नेपाली समाजको यथार्थ चित्रण : झोला (02.10.2014)
आतंक अब साइबर टेरोरिजमको - इन्द्र आचार्य (09.10.2013)



 
::| Latest News

 
[Page Top]