युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.16.2018, 03:08am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विशेष रिपोर्ट
 
योभन्दा विडम्बना अरु के होला जब हिमालमा लामखुट्टेसे सताउन थाल्यो
Tuesday, 08.28.2018, 01:09pm (GMT+5.5)

काठमाडौं । जलवायु परिवर्तनको असर मुलुकमा कति परेको छ भन्ने दृष्टान्तको अर्को आश्चर्यलाग्दो घटना होा हिमाली क्षेत्रमा लामखुट्टेले सताउनु । लामखुट्टेका कारण उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम मै फल लाग्ने स्थितिसमेत पैदा भएको छ । 
तराई र मधेशका फाँटमा पाइने लामखुट्टे पहाड चढेको झण्डै तीन दशक पुगिसकेको छ । हिमाली क्षेत्रमा देखिन थालेको चाहीँ करीब एक दशक पुग्न लाग्यो । हिमालपारिको जिल्ला मुस्ताङको घरबजोङ गाउँपालिका वडा नं ५ ठिनीका ६५ वर्षीय पल्डिसी थकाली विगतमा लामखुट्टेको नाम समेत नसुनेका यहाँका स्थानीयवासी यतिखेर भने झुल प्रयोग गर्न बाध्य बनेको बताउनुहुन्छ । पृथ्वीमा वर्षेनी तापमान बढेर हिमाली क्षेत्रको जनजीवन र बालीनालीमा ठूलो प्रभाव पारिरहेको उहाँ बताउनुहुन्छ ।
दशक अघिसम्म हिउँ मात्र पर्ने ठिनीमा जलवायु परिवर्तनको असरसँगै पानी पर्न थालेपछि परम्परागत तवरले निर्माण गरिएका माटाका संरचनाहरू जोखिममा पर्दैगएका छन् । माटाले छाइएका घरहरू पानी पर्न थालेपछि पग्लने र भत्कने क्रम बढ्दा जस्ताले छाउन बाध्य हुनुपरेको स्थानीयवासी बताउँछन् ।
पानी पर्ने क्रमले हिमाली क्षेत्रमा बाढी पहिरोको प्रकोप बढ्नाका साथै कृषि प्रणाली पनि प्रभावित भएको छ । गर्मी क्षेत्रमा मात्र फल्ने बन्दा, काउली यतिखेर ठिनीमै फल्ने गरेको थकालीले जानकारी दिनुभयो । 
तापक्रम वृद्धिले चाँदी जस्तै टलक्क टल्कने हिमालहरू वर्षेनी काला पत्थरमा परिणत भइरहेका छन् । उपल्लो मुस्ताङका लोमन्थाङ, छोनुप, छोसेर, सुर्खाङ, चराङ, घमी लगायतका स्थानमा अत्यन्त कम मात्रामा हिउँ पर्न थालेपछि त्यहाँका वस्तीमा खानेपानीको अभाव चर्किएको छ । पानीको चरम अभावसँगै छोसेरको सामजुङ बस्तीलाई चार वर्ष अघि पानीकै खोजीमा नमासुङ गाउँमा सारिनु यसको ज्वलन्त उदाहरण हो ।
हिउँ पर्न कम हुनाका साथै हिउँ पर्ने ठाउँमा पानी पर्न थालेपछि मुस्ताङ जिल्लाका वस्तीहरू जोखिममा पर्दै गएको थसाङ गाउँपालिका वडा नं ३ लेतेका ६५ वर्षीय नरसिंह शेरचन बताउनुहुन्छ ।
“जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रमा फल्ने स्याउले आफ्नो ठाउँ छोडेर विस्तारै उपल्लो भागतिर सर्दै गएको छ”, उहाँले भन्नुभयो । स्याउको राम्रो उत्पादन हुने लेतेमा १० वर्ष यता स्याउ फल्नै छोडे पछि उत्पादन तथा बिक्री गरी आयआर्जन गर्दैआएका लेतेवासीलाई स्याउको विकल्प खोज्नुपर्ने अवस्था आएको छ ।
हिमाल पग्लने क्रमसँगै नयाँ नयाँ हिमताल बन्ने क्रम बढिरहेको छ भने बेमौसममा आउने बाढीका कारण धेरै वस्ती जोखिममा पर्ने गरेका छन् ।
पछिल्ला वर्षमा विश्वव्यापी रुपमा बढेको जलवायु परिवर्तनको असर नेपालमा पनि देखिने गरेको वरिष्ठ मौसमविद् विभूति पोखरेल बताउनुहुन्छ । पानी पर्दा एकसाथ ठूलो पर्ने, लामो समयसम्म नपर्ने जस्ता कारण पानीका मुहान सुक्दै जाने, खेतहरू बाँझिने क्रम बढेको छ । अध्ययनले देखाए अनुसार पछिल्ला वर्षमा पहाडी भेगमा ०.०६ प्रतिशत र हिमाली भेगमा ०.०४ प्रतिशतका दरले तापक्रममा वृद्धि भइरहेको छ ।
प्राकृतिक एवं मानवीय दुबै कारणबाट विश्वव्यापी तापमान बढिरहेको विज्ञहरू बताउँछन् । यसले पार्ने दीर्घकालीन प्रभावलाई न्यून गर्न सचेतता अपनाउन हतार भइसकेको सरोकारवाला बताउँछन् ।
जलवायु परिवर्तनसँगै हिउँ पग्लने तथा हिमताल फुट्ने क्रम पनि बढ्दै गएको अध्ययनले देखाएको छ । केही वर्षअघि पोखरा भएर बग्ने सेती नदीमा अपत्यारिलो तवरले हिउँदमा बाढी आएर करीब दुई दर्जन सर्वसाधारणको ज्यान गयो । बाढीको कारण यकिन नभए पनि अनुसन्धानका क्रममा हिमताल फुटेकै कारण हुन सक्ने अनुमान गरिएको छ ।
पछिल्ला वर्षमा अन्नपूर्ण हिमालको हिउँ पग्लेर कास्कीको सिक्लेस गाउँ माथि नयाँ हिमताल अस्तित्वमा आयो । यो जलवायु परिवर्तनको अर्को उदाहरण हो । अन्नपूर्ण हिमालबाट खसेको हिउँको थुप्रो पग्लिएर कास्कीको पार्चेमा हिमताल बनेको छ र उक्त ताललाई स्थानीय बासिन्दाले ‘कफुचे’ नामकरण गरिदिएका छन् । नेपालमा चार हजार ५०० मिटरमाथि मात्रै हिमताल भेटिएका भए पनि यो ताल भने दुई हजार चार सय ३७ मिटरको उचाइमा विकसित भएको छ ।
पछिल्ला अध्ययनहरूसँगै जलवायु परिवर्तनको असरका कारण हिमताल फुट्दै, सुक्दै र हिमनदीका सीमामाथि सर्दै नदीहरू हिमालमाथि उक्लिरहेको तथ्य बाहिर आएका छन् ।
नेपालमा मात्र दुई हजार तीन सय २३ वटा हिमताल रहेका छन् । यसमध्ये महत्वपूर्ण मानिने हिमनदी र हिमाली क्षेत्रहरूबाट हिउँ पग्लदै जानु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । अहिले विश्वभर मानिसले पिउने ७० प्रतिशत पानी हिमखण्डबाटै प्राप्त हुने गरेको सन्दर्भमा हिउँ पग्लेर हिमाल कालापत्थरमा परिणत हुनु सबैको चासो र चिन्ताको विषय बन्न पुगेको छ ।
जलवायु परिवर्तनले कृषिजन्य उत्पादनमा पनि असर गरेको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत प्रकाश बस्ताकोटीले बताउनुभयो । कास्की र आसपासका जिल्लामा धानखेतीमा यसले प्रत्यक्ष असर पारेको देखिएको छ । बस्ताकोटीका अनुसार मौसम फेरबदलका कारण कृषकले उचित समयमा धान रोप्न नसक्दा त्यसले उत्पादनमा ¥हास ल्याइदिएको हो । तापक्रमको फेरबदलसँगै बालीनालीमा फौजी कीराको प्रकोप पनि वर्षेनी बढ्दै गएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
विश्व सम्पदा सूचीमा पर्नुपर्ने गोकर्णेश्वरलाई जिर्णोद्वारकै चिन्ता (08.14.2018)
आर्यघाट लगेहुन्छ भनिएका खड्काले पाए जीवन (07.25.2018)
२०२० मा २० लाख पर्यटक भित्रिएलान् ? (06.12.2018)
काठमाडौं भ्यू टावर बन्ने कहिले ? ठेकेदार प्रहरी हिरासतमा, खलामञ्च बसपार्क बन्यो, (05.08.2018)
अझै पनि जंगली जनावरभन्दा देवताकै डर मान्छन्.... (04.24.2018)
सामाजिक अभियन्ता- काशीनाथ जोशी (04.03.2018)
गायक बिष्ट सिकिस्त : उपचारका लागि खर्चको अभाव (09.12.2017)
मधेशवादी दलसँग निर्वाचनमा सहभागी हुनुको विकल्प छैन (05.24.2017)
ती महिनामा बन्यो मुसहर बस्ती (04.18.2017)
हिंसा सहेरै बस्न बाध्य छन् ग्रामीण भेगका महिला (11.29.2016)
एउटा नाटक जसले हराएकाहरूको खोजी गर्छ (09.06.2016)
जनताको घर बनाउन ढुंगा–माटो बोक्दै धुर्मुस–सुन्तली (05.17.2016)
फेरिंदैछ राउटेको जीवनशैली (02.10.2015)
अपार स्रोत र दक्षिण एसियामा ऊर्जाको स्थिति (11.25.2014)
मधुमेह रोगबारे समयमै ध्यान दिन आग्रह (02.17.2014)
नेपाली समाजको यथार्थ चित्रण : झोला (02.10.2014)
आतंक अब साइबर टेरोरिजमको - इन्द्र आचार्य (09.10.2013)



 
::| Latest News

 
[Page Top]