युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.16.2018, 12:41am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विशेष रिपोर्ट
 
बालविवाहको पीडामा किशोरीहरू
Wednesday, 10.10.2018, 01:58pm (GMT+5.5)

काठमाडौं । बालविवाह कानुनी रुपमा दण्डनीय भए पनि यसमा कमी आउन सकेको छैन । बालविवाहकै कारण अनेक समस्या र पीडामा पर्ने किशोरीहरुको संख्या लाखौं छ ।
नेपालको मुलुकी संहितामा विवाहका लागि कानूनी उमेर २० वर्ष तोकिएको छ । नेपालको संविधानले बाल विवाहलाई पहिलो पटक बालअधिकार हननको विषयको रूपमा उल्लेख गरी दण्डनीय अपराधको रूपमा स्वीकार गरेको छ । तर, सामाजिक एवं सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरीबी र अशिक्षाका कारण तराईमा अझै पनि बालविवाह पूर्णरूपमा निर्मूल हुन सकेको छैन ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित पडेरीयाकी प्रमिला हरिजन (नाम परिवर्तन) को ८ वर्षको कलिलो उमेरमा बाबुआमाले विवाह गरिदिए । विवाहपछि पाँच वर्षका लागि माइतीमै बसेकी हरिजनले गौना जानासाथ पढाइ पनि छाडिन् । रुपन्देहीकै मर्चहवाका युवकसँग सानैमा बिहे भएकाले आफूलाई मन नपरेको भन्दै श्रीमान् अर्को विवाह गरेर भागिदिए र अहिले प्रमिला मानसिक, आर्थिक र सामाजिक सबै हिसाबले कमजोर बनेकी छन्  । 
विवाहपछि पढाइ बीचमै छोडेकी प्रमिलालाई कलिलै उमेरमा बाबुआमाले गरिदिएको बालविवाहको पीडा अहिले भएको छ । उनी भन्छिन् – “पहिले त म सानी थिएँ, बल्ल बुझ्ने भएकी छु । तर जिन्दगी अलपत्र भइसकेको छ । सानैमा बिहे गरिदिनाले दुःख पाएँ ।”
विवाह दर्ताको प्रमाण नहुँदा कलिलो उमेरमै आफ्नो जिन्दगी बर्बाद पारेर बहुविवाह गरेका श्रीमान्विरुद्ध उनी कानूनी कारबाहीको प्रक्रियामा पनि जान सकेकी छैन । उनले भनिन् – “विवाह दर्ता गर्नुपर्छ भन्ने थाहा भएन । विवाह दर्ता भएको भए लडेर पनि न्याय पाउँथेँ ।” 
रुपन्देहीको भैसहियाकी १८ वर्षीय शशिकला लोध (नाम परिवर्तन) लाई गौना जान पट्टक्कै मन छैन । बाबुआमाले मर्चवारका एक युवकसँग १० वर्षको उमेरमा उनको बिहे गरिदिएका हुन् । विवाहपछि कक्षा ११ सम्मको अध्ययन गरेकी शशिकलाको अझै पढ्ने धोको छ । तर, गौना पछि पढाइ बीचमै रोकिने चिन्ता छ उनलाई । उनी भन्छिन् – “कतै भागेर जाउ भने समाजले के भन्छ भन्ने हुन्छ । विवाहमा धेरै खर्च भयो । बुवाआमाले लाखौंको दाइजो दिइसके मसँग गौना जानुको विकल्प छैन ।”  
बालविवाह गरेका कारण समस्यामा परेका यी किशोरीहरू उदाहरण मात्र हुन् । कम उमेरमा विवाह गर्ने र विवाहपछि पछुताउने महिलाहरूको सङ्ख्या तराई क्षेत्रमा धेरै छन् । तराई क्षेत्रमा बालविवाहका घटनामा कमी आए पनि पूर्ण रूपमा हटेको छैन । बालविवाहविरुद्धको हुने कानूनी कारबाहीका डरले लुकिछिपी विवाह गराउने परम्परा यथावत रहेको लुम्बिनी हेल्प फाउण्डेशनका अध्यक्ष अजय सिंह बताउनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यो वर्ष बालविवाहसम्बन्धी एउटा पनि उजुरी परेको छैन । आर्थिक वर्ष २०७३÷७४ मा तीन वटा मुद्दा दर्ता भए पनि यो वर्ष भने कुनै उजुरी परेन । बालविवाहविरुद्ध सचेतना बढेका कारण विवाहमा कमी आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हृदय थापाको भनाइ छ । बालविवाहविरुद्धको कानून कडाइका साथ कार्यान्वयनमा आएको र प्रहरीले लामो समयदेखि बालविवाहविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गरेका कारण पनि घटनामा कमी आएको थापाले बताउनुभयो । 
अधिकारकर्मी ज्ञानु पौडेल तराईमा बालविवाह अझै पूर्ण रूपमा हट्न नसकेको बताउनुहुन्छ । सरकारी तथा गैरसरकारी संस्थाहरूले चेतनामूलक अभियान सञ्चालन गरेका कारण बालविवाहमा कमी आए पनि लुकिछिपी अझै पनि अभिभावकले बालविवाह गराउने गरेको उहाँको भनाइ छ । सानैमा बिहे गरेका मधेशका महिलाहरू सबैभन्दा बढी हिंसामा पर्ने गरेको पनि पौडेलले बताउनुभयो । 
महिला तथा बालिकाको क्षेत्रमा कार्यरत संस्था कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले बालविवाहको पीडाले कालान्तरमा किशोरी र महिलामा शारिरीक र मानसिक रूपमा नकारात्मक चोट पु¥याएको बताउनुभयो । सानैमा विवाह गरेका कारण परिवारमा बेमेल हुने र महिलाहरू थप हिंसामा पर्ने गरेकाले बालविवाहलाइ पूर्णरूपमा रोक्न जरुरी रहेको उहाँ बताउनुहुन्छ । “जुनसुकै पीडा र समस्या परेको बेला कारबाहीको प्रक्रियामा जानका लागि दरिलो प्रमाण नै विवाह दर्ता हो,” आचार्यले भन्नुभयो – “मधेशमा धेरै महिला विवाह दर्ता र नागरिकताबाट वञ्चित रहेको पाइएको छ । विवाहलगत्तै विवाह दर्ता र नागरिकताका लागि सबै महिला चनाखो हुन जरुरी छ ।” यसका लागि सरकारी र गैरसरकारी दुवै निकायले चेतना प्रवाह गर्नुपर्ने उहाँको सुझाव छ ।
विवाह गर्ने वा नगर्ने भन्ने विषय हरेकको वैयक्तिक स्वतन्त्रता हो । मानव अधिकारको दृष्टिकोणबाट पनि आफूले रोजेको व्यक्तिसँग विवाह गर्न पाउने र आफ्नो भविष्यको मार्गचित्र तय गर्न पाउने प्रत्येक नागरिकको अधिकार सुनिश्चित हुनुपर्दछ । 
बाल विवाहले बालबालिकालाई आधारभूत अधिकारबाट वञ्चित मात्र गराउँदैन उनीहरू आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा त्यस सम्बन्धमा निर्णय लिने प्रकृयामा सहभागी हुने अवसरबाट पनि वञ्चित हुन्छन्  । 
बाल विवाहका कारण बैवाहिक जीवन दिगो नहुने र परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरू देखिने मात्र हैन लैंगिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचबिखन जस्ता थप हिंसाले बालिका र महिलाहरू थप प्रताडित हुने जोखिम रहन्छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
कुशे औँशीमा गोकर्ण : धार्मिक सहिष्णुता अनि पितृ सम्मान दिवस (09.11.2018)
योभन्दा विडम्बना अरु के होला जब हिमालमा लामखुट्टेसे सताउन थाल्यो (08.28.2018)
विश्व सम्पदा सूचीमा पर्नुपर्ने गोकर्णेश्वरलाई जिर्णोद्वारकै चिन्ता (08.14.2018)
आर्यघाट लगेहुन्छ भनिएका खड्काले पाए जीवन (07.25.2018)
२०२० मा २० लाख पर्यटक भित्रिएलान् ? (06.12.2018)
काठमाडौं भ्यू टावर बन्ने कहिले ? ठेकेदार प्रहरी हिरासतमा, खलामञ्च बसपार्क बन्यो, (05.08.2018)
अझै पनि जंगली जनावरभन्दा देवताकै डर मान्छन्.... (04.24.2018)
सामाजिक अभियन्ता- काशीनाथ जोशी (04.03.2018)
गायक बिष्ट सिकिस्त : उपचारका लागि खर्चको अभाव (09.12.2017)
मधेशवादी दलसँग निर्वाचनमा सहभागी हुनुको विकल्प छैन (05.24.2017)
ती महिनामा बन्यो मुसहर बस्ती (04.18.2017)
हिंसा सहेरै बस्न बाध्य छन् ग्रामीण भेगका महिला (11.29.2016)
एउटा नाटक जसले हराएकाहरूको खोजी गर्छ (09.06.2016)
जनताको घर बनाउन ढुंगा–माटो बोक्दै धुर्मुस–सुन्तली (05.17.2016)
फेरिंदैछ राउटेको जीवनशैली (02.10.2015)
अपार स्रोत र दक्षिण एसियामा ऊर्जाको स्थिति (11.25.2014)
मधुमेह रोगबारे समयमै ध्यान दिन आग्रह (02.17.2014)
नेपाली समाजको यथार्थ चित्रण : झोला (02.10.2014)
आतंक अब साइबर टेरोरिजमको - इन्द्र आचार्य (09.10.2013)



 
::| Latest News

 
[Page Top]