युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 07.24.2019, 06:55am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विशेष रिपोर्ट
 
भारतमा पढ्ने नेपालीबाट गुम्यो रु छ करोड सेवा शुल्क
Thursday, 04.25.2019, 02:18pm (GMT+5.5)

काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट शिक्षण शुल्कवापत विदेशी मुद्रा सटही गर्दा लाग्ने सेवा शुल्क नलिँदा एक वर्षको अवधिमा मुलुकलाई रु साढे छ करोड राजश्व घाटा भएको छ । छिमेकी भारतमा उच्चशिक्षाका लागि अध्ययन गर्न जाने नेपाली विद्यार्थीबाट त्यस्तो शिक्षण शुल्कको एक प्रतिशतका लाग्ने सेवा शुल्क अशुल नगरिएको पाइएको हो ।
महालेखापरीक्षकको छपन्नौँ वार्षिक प्रतिवेदन २०७५ ले सोवापत् रु छ करोड २७ लाख ५२ हजार राजश्व घाटा भएको जनाएको छ । विदेशिक अध्ययनमा शिक्षा सेवा शुल्कका लागि आर्थिक ऐन, २०७४ को दफा ८ को उपदफा १८ मा लगाई असुल गर्ने व्यवस्था रहेकोमा आर्थिक ऐन, २०७५ ले दुई प्रतिशत सेवा शुल्क पु¥याएको छ । 
त्रिभुवन विश्वविद्यालयको अभिलेखअनुसार विभिन्न सङ्कायमा पाँच हजार ९३१ विद्यार्थीले भारतमा गई स्नातक तहको अध्ययन गरेपछि यो वर्ष समकक्षता प्रमाणपत्र लिएका थिए । पाठ्यक्रम विकास केन्द्रबाट प्राप्त विवरणमा भारतमा अध्ययन गरी यो वर्ष १० कक्षा र १२ कक्षा उत्तीर्ण गर्ने आठ हजार ४९३ विद्यार्थीले यो वर्ष समकक्षता प्रमाणपत्र लिएको प्रतिवेदनले देखाएको छ ।
उक्त विवरणअनुसार एक वर्षको अवधिमा ती विद्यार्थीले भारतका विद्यालय र विश्वविद्यालयमा तिरेको औसत शिक्षण शुल्कको आधारमा न्यूनतम रु छ अर्ब २७ करोड ५२ लाख शिक्षण शुल्क खर्च हुने र उक्त रकमको एक प्रतिशतले गणना गर्दा रु छ करोड २७ लाख ५२ हजार राजश्व असुल नभएको अवस्था देखिएको हो । प्रतिवेदनले शिक्षा र स्वास्थ्यमा स्थानीय तहलाई उपलब्ध गराएको अनुदानको एकीकृत अभिलेख राख्ने व्यवस्था नमिलाएकाले यो क्षेत्रमा भएको खर्चको अद्यावधिक स्थिति यकिन हुन नसकेको जनाएको छ । 
भारतबाहेक अन्य मुलुकमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको छात्रवृत्ति शाखाबाट ‘नो अब्जेक्सन लेटर’ दिने व्यवस्था छ । भारतसँग खुल्ला सिमाना र नेपाली रुपैयाँलाई कारण नखुलाई भारतीय मुद्रामा सटही गरेर पनि विद्यार्थी पढ्न जान सक्ने भएकाले कानूनमा व्यवस्था भएको त्यस्तो सेवा शुल्क बेवारिस भएको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले को मान्छे भारतमा पढ्न वा काम गर्न गएको छ भन्ने आफूहरुले बुझ्न नसकिने बताउँदै स्वीकृति लिएर गएकाको हकमा त्यस्तो शुल्क लिन सकिने जनाउनुभयो । उहाँले भन्नुभयो, “भारतमा आफँै तरिकाले पढ्न जाने वा बैंकको प्रक्रियामा नआइ पैसा खर्च गर्नेसँग चाहेर पनि सेवा शुल्क लिन सकिने अवस्था छैन । यसमा सम्बन्धित शिक्षा मन्त्रालय र स्थानीय निकायबाट यसको संयोजन गर्नुपर्छ । हुण्डीको कारोवार भई काम भएका राष्ट्र बैंकले कारवाही गर्न सक्छ ।”
शैक्षिक परामर्श सङ्घ (इक्यान) का पूर्वअध्यक्ष प्रकाश पाण्डेले आफ्नै तरिकाले भारतमा उच्च शिक्षाका लागि पढ्न जाने विद्यार्थी पनि भएकाले सेवा शुल्क नउठेको हुन सक्ने भन्दै स्वदेश वा विदेशमा जहाँ पढे पनि विद्यार्थीसँग सेवा शुल्क लिन नहुने आफूहरुको भनाइ रहेको बताउनुहुन्छ । पढ्ने विद्यार्थीलाई कुनै प्रक्रियागत झन्झट वा थप आर्थिक भार पार्न नहुने भए पनि सरकारको सम्बन्धित निकायले त्यस्ता कानून कायम राखेको उहाँको गुनासो छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नयाँ वर्षमा किन वाग्मतीको मुहान वाग्द्वारमा स्नान गर्ने ? कारण यस्तो छ (04.16.2019)
४८ जिल्ला पूर्ण साक्षर हुँदा राजधानी किन हुन सकेन ? (04.10.2019)
द्वन्द्वका सर्जकहरु शक्तिमा पुगे पीडितहरुले कहिले पाउने न्याय (01.01.2019)
बालविवाहको पीडामा किशोरीहरू (10.10.2018)
कुशे औँशीमा गोकर्ण : धार्मिक सहिष्णुता अनि पितृ सम्मान दिवस (09.11.2018)
योभन्दा विडम्बना अरु के होला जब हिमालमा लामखुट्टेसे सताउन थाल्यो (08.28.2018)
विश्व सम्पदा सूचीमा पर्नुपर्ने गोकर्णेश्वरलाई जिर्णोद्वारकै चिन्ता (08.14.2018)
आर्यघाट लगेहुन्छ भनिएका खड्काले पाए जीवन (07.25.2018)
२०२० मा २० लाख पर्यटक भित्रिएलान् ? (06.12.2018)
काठमाडौं भ्यू टावर बन्ने कहिले ? ठेकेदार प्रहरी हिरासतमा, खलामञ्च बसपार्क बन्यो, (05.08.2018)
अझै पनि जंगली जनावरभन्दा देवताकै डर मान्छन्.... (04.24.2018)
सामाजिक अभियन्ता- काशीनाथ जोशी (04.03.2018)
गायक बिष्ट सिकिस्त : उपचारका लागि खर्चको अभाव (09.12.2017)
मधेशवादी दलसँग निर्वाचनमा सहभागी हुनुको विकल्प छैन (05.24.2017)
ती महिनामा बन्यो मुसहर बस्ती (04.18.2017)
हिंसा सहेरै बस्न बाध्य छन् ग्रामीण भेगका महिला (11.29.2016)
एउटा नाटक जसले हराएकाहरूको खोजी गर्छ (09.06.2016)
जनताको घर बनाउन ढुंगा–माटो बोक्दै धुर्मुस–सुन्तली (05.17.2016)
फेरिंदैछ राउटेको जीवनशैली (02.10.2015)
अपार स्रोत र दक्षिण एसियामा ऊर्जाको स्थिति (11.25.2014)



 
::| Latest News

 
[Page Top]