युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 12.14.2019, 04:39am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विशेष रिपोर्ट
 
किन तिरस्कृत हुन्छन् विदेशबाट फर्किएका महिला
Wednesday, 06.05.2019, 12:27pm (GMT+5.5)

काठमाडौं । वैदेशिक रोजगारीले नेपालीको जीवनस्तर उकासेको छ । दशको आयात धानेको छ र तर यससंगै अनेक विकृति र समस्या पनि थपिएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरु तिरस्कृत हुन थालेको पाइएको छ । रोजगारीका लागि श्रीमानकै सहमतिमा साउदी अरब गएकी बाँके सीतापुरकी मीना थापा (नाम परिवर्तन) अहिले पारिवारिक र सामाजिक तिरस्कार झेल्न बाध्य छिन् । वैदेशिक रोजगारीमा जाँदा महिलालाई कम खर्च लाग्ने भन्दै श्रीमान्ले नै उनलाई विदेश पठाएका थिए । 
विदेशमा जेनतेन उनले राम्रै कमाई गरिन् तर, अहिले उनी श्रीमान्बाटै अपहेलित हुनुपरेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण सुखी जीवन र सन्तानको राम्रो शिक्षादीक्षाको सपना बोकेर उनी सल्लाहमै विदेशिएकी हुन् । अहिले श्रीमान्ले आफूलाई विभिन्न खालका लाञ्छना लगाउँदै दुःख दिने गरेको उनले बताइन् ।
साढे तीन वर्षको छोरो छाडेर कुवेत गएकी सीतापुरकै रचना शर्मा (नाम परिवर्तन)ले पनि अहिले सबैतिरबाट तिरस्कार ब्यहोर्नुपरेको छ । आठ वर्षदेखि मलेसियामा रहेका श्रीमान्ले घर खर्च पनि नपठाएपछि छोराछोरीको भविष्यप्रति चिन्तित हुँदै कुवेत पुगेकी रचना अहिले श्रीमान्, सासू र माइतीबाट समेत अपहेलित छिन् । 
उनी भन्छिन्– “घरबाट बहिष्कृत हुनुपर्दा अहिले अनुहार लुकाउने ठाउँसम्म छैन । घरमा पनि सासूससुराको अपहेलनासँगै माइतीले समेत राम्रो मान्दैनन् ।” मीना र रचनाजस्ता थुप्रै महिलाले वैदेशिक रोजगारीबाट फर्किएर पारिवारिक र सामाजिक तिरस्कार बेहोरिरहेका छन् । 
गीता वली (नाम परिर्वतन)लाई पनि आफ्नो पीडा सुनाउन निकै गा¥हो भयो । शुरुमै उनको गला अवरुद्व भयो, उनका आँखा रसाए । विदेशबाट फर्किए देखि उनलाई श्रीमान्ले बारम्बार घर छाड्न धम्की दिइरहेका छन् । “तँ घरबाट निस्किहाल, म तँलाई राख्दिनँ भन्दै श्रीमान्ले सधैंजसो पीडा दिने गर्छन्,” उनले भनिन् – “श्रीमान्ले राम्रो नगरे समाजले पनि नरामै्र गर्दोरहेछ ।” 
विदेश पुगेपछि पनि आठ महिनासम्म तलब नपाएर दुःख पाएको स्मरण गर्दै गीताले भनिन् – “दुःखीलाई जहाँ पनि दुःख नै हुने रहेछ ।” वैदेशिक रोजगारमा गएका महिलाहरु स्वदेश फकिर्एपछि सानोतिनो व्यवसाय सञ्चालन गरेर आर्थिकस्तर बढाउने सपना बुन्ने गर्छन् तर, उनीहरुलाई समाजमा अपहेलित हुनुपर्ने डर छ । 
श्रीमान्को मृत्युपछि कमजोर आर्थिक हैसियतकै कारण विदेशिएकी सीतापुरकै भावना बिक (नाम परिवर्तन)ले स्वदेश फर्किएपछि चिया पसल शुरु गरिन् तर, उनले त्यसलाई केही समयमै बन्द गर्नुप¥यो । चिया पसल गर्दा समाजले कुरा काट्न थाले । “पसलमा आउने ग्राहकसँग मस्किन्छे, आजभोलि त यसको धेरैसँग लसपस बढेको छ भन्दै कुरा काट्न थालेपछि चिया पसल बन्द गर्नुप¥यो,” भावनाले आँशु झार्दै भनिन् ।
श्रीमान्ले दोस्रो बिहे गरेपछि छोराछोरीको पालनपोषण र शिक्षाको सपना बोकेर साउदी अरब गएकी महिला पनि छन् । 
परिश्रम र समय एउटै भए पनि खाडी मुलुकमा बस्ने नेपालीले आफ्नो श्रमको उचित मूल्य पाउन नसकेको त्यहाँ जाने महिलाहरुको भनाइ छ । लामो समयसम्म काम गराउने, खान नदिने, कुटपिट गर्ने, गालीगलौच गर्ने र यौन दुव्र्यवहार गर्ने शिकायत उनीहरुको छ । यातना सहन नसकी घरेलु कामदारको रुपमा गएका केही नेपाली महिलाले आत्महत्या समेत गरेका छन् । खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिलाको सङ्ख्या बढ्दो छ । ती मुलुकबाट हिंसामा परेर फर्किने महिला पनि बढेका छन् । वैदेशिक रोजगारमा हुने भेदभाव र हिंसा न्यून गर्न सरोकारवालापक्ष बीच समन्वय हुनु जरुरी रहेको वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरु बताउँछन् । 
“महिलाको कमाइ स्वीकार्न नसक्ने र कमाउने आफूलाई मालिक सम्झिने पुरुषवादी सोच त्याग्न जरुरी छ,” उनीहरु भन्छन् । वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुलाई घरपरिवारमा सहज वातावरण बनाइदिन उनीहरुले सम्बद्ध निकायहरुसँग आग्रह गरेका छन् । नेपाली महिलामा पछिल्लो समयमा आत्मनिर्भर बन्नुपर्छ भन्ने सचेतना जागेको छ । तर, स्वदेशमै रोजगारीको अवसर नहुँदा हजारौं महिला वैदेशिक रोजगारीको बाटो रोज्न बाध्य छन् । 
वैदेशिक रोजगारीबाट फकिर्एका महिलालाई समाजले झन् पीडा दिने गरेको उनीहरुको भनाइ छ । रोजगारीका लागि विदेश जाने इच्छा नभए पनि पारिवारिक समस्याले गर्दा महिलाहरु विदेशिनुपर्ने बाध्यता छ । वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुमा जति नै पीडा भए पनि एकाधबाहेक धेरैले आफ्ना भोगाइ सार्वजनिक गर्न चाहँदैनन् । वैदेशिक रोजगारबाट फर्किएपछि उनीहरुलाई समाज एवं घरपरिवारमा घुलमिल हुन पनि निकै समस्या छ । घरपरिवारमा हुने विभेद, श्रीमान्सँगको बढ्दो दूरी, सम्बन्ध विच्छेद, बहुविवाह, घरेलु हिंसाका कारण विदेशिन बाध्य भएका महिलाहरुमा विशेष गरेर यस्तो समस्या देखिएको छ । 
नेपाली महिलाका लागि रोजगारी प्रतिबन्ध भएका देशमा नेपालबाट जान बन्देज भए पनि भारतीय बाटो प्रयोग गरी विदेशिने गरेका छन् । धेरै महिलाले अवैधरुपमा जोखिमपूर्ण यात्रा गर्छन् । स्वदेश फर्केपछि समाजले गलत दृष्टिकोणले हेर्ने भएकै कारण उनीहरुलाई पुनःस्थापित हुन पनि समस्या छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
अझै हटेको छैन आरुबोटेबासीमा त्रास (05.28.2019)
वाग्मती मुहानमा सुङ्गुर बङ्गुर पालन ः जति सफा गरे पनि फोहर मात्रै (04.30.2019)
भारतमा पढ्ने नेपालीबाट गुम्यो रु छ करोड सेवा शुल्क (04.25.2019)
नयाँ वर्षमा किन वाग्मतीको मुहान वाग्द्वारमा स्नान गर्ने ? कारण यस्तो छ (04.16.2019)
४८ जिल्ला पूर्ण साक्षर हुँदा राजधानी किन हुन सकेन ? (04.10.2019)
द्वन्द्वका सर्जकहरु शक्तिमा पुगे पीडितहरुले कहिले पाउने न्याय (01.01.2019)
बालविवाहको पीडामा किशोरीहरू (10.10.2018)
कुशे औँशीमा गोकर्ण : धार्मिक सहिष्णुता अनि पितृ सम्मान दिवस (09.11.2018)
योभन्दा विडम्बना अरु के होला जब हिमालमा लामखुट्टेसे सताउन थाल्यो (08.28.2018)
विश्व सम्पदा सूचीमा पर्नुपर्ने गोकर्णेश्वरलाई जिर्णोद्वारकै चिन्ता (08.14.2018)
आर्यघाट लगेहुन्छ भनिएका खड्काले पाए जीवन (07.25.2018)
२०२० मा २० लाख पर्यटक भित्रिएलान् ? (06.12.2018)
काठमाडौं भ्यू टावर बन्ने कहिले ? ठेकेदार प्रहरी हिरासतमा, खलामञ्च बसपार्क बन्यो, (05.08.2018)
अझै पनि जंगली जनावरभन्दा देवताकै डर मान्छन्.... (04.24.2018)
सामाजिक अभियन्ता- काशीनाथ जोशी (04.03.2018)
गायक बिष्ट सिकिस्त : उपचारका लागि खर्चको अभाव (09.12.2017)
मधेशवादी दलसँग निर्वाचनमा सहभागी हुनुको विकल्प छैन (05.24.2017)
ती महिनामा बन्यो मुसहर बस्ती (04.18.2017)
हिंसा सहेरै बस्न बाध्य छन् ग्रामीण भेगका महिला (11.29.2016)
एउटा नाटक जसले हराएकाहरूको खोजी गर्छ (09.06.2016)



 
::| Latest News

 
[Page Top]