युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 10.24.2019, 10:49am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विशेष रिपोर्ट
 
मानसिक रोग हो युवतीलाई किला घोप्ने र गुप्ताङ्ग देखाउने
Monday, 07.22.2019, 05:35pm (GMT+5.5)

काठमाडौं । हालसालै काठमाडौँको डल्लुुलगायत केही स्थानमा अनौठो प्रकृतिको दुुई घटना भए । एक युवतीलाई किला घोप्ने र अर्काे युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने । यसलाई सामाजिक अराध मानिए पनि यसको उपज भने मानसिक रोग भएको विश्लेषण छ । “मेनिया (वाइपोलार डिसअडर) का कारणले पनि मानिस नकारात्मक क्रियाकलापमा उद्दत हुने मानसिक रोग विशेषज्ञको भनाई छ । तापनि मानसिक रोग विशेषज्ञ डा सिपी सेढाईंले यस्ता घटनाहरू परीक्षण नगरी यसै भन्न नसकिने उल्लेख गर्दै भन्नुहुन्छ, “सामान्यतः मदिरा, लागुुुुुुुऔषध दुुव्र्यसनको लत वा वंशाणुुगत तथा कसैकसैमा जन्मैदेखि नकारात्मक भाव पैदा हुने खालका व्यक्तिहरू महिलाप्रति आकर्षित हुने, जिस्काउने, ‘ब्लफकल’ गर्ने र अश्लील क्रियाकलाप गर्ने हुन्छन् ।”
मनोविद् डा नरेन्द्रकुमार ठगुन्ना कुनै पनि घटनाबाट असर परेका व्यक्तिमा पनि नकारात्मक भाव पैदा हुने र त्यो बेला उसले आत्मसन्तुष्टिका लागि अश्लील हर्कत देखाउने बताउनुहुन्छ । उहाँले मनोवैज्ञानिक रूपमा भन्दा यौनसँग सम्बन्धित मानसिक समस्या हो भन्नुुभयो । “यौनसँग सम्बन्धित मनोविकृति हो, यस्ता क्रियाकलाप गरेर उसले सन्तुष्टि लिने चाहना राख्छ, लामो समयसम्म भइरह्यो, परिवार सचेत भएन भने कडा खालको मानसिक समस्या उत्पन्न हुन सक्ने र कालान्तरमा अपराध र आत्महत्यासम्मको घटना हुनसक्ने हुन्छ ।”
अब चर्चा गरौं पीडितका बारेमा– किला घोपिएको घटना सामाजिक सञ्जालमार्फत सिरिञ्ज आक्रमणका रूपमा दुुस्प्रचार हुँदा आम जनमासमा एक किसिमको त्रास फैलियो । रोग सङ्क्रमण हुने डरले पीडितहरू उपचारका लागि शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुुगे । रामेछाप घर भई हाल काठमाडौँको नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्की पक्राउ परेपछि भने घटनामा सिरिञ्जको प्रयोग होइन काँटी प्रयोग भएको खुुलेपछि त्रास केही हदमा हराउँदै गएको छ तर अहिले पनि कुनै सामान्य पिड्को देखियो वा हिँड्दा कसैसँग ठोक्कियो या कोतरियो भने पनि घोचेर भाग्यो भनेर प्रहरीमा आउने क्रम कायमै रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटी अनुुभव सुुनाउनुहुन्छ । मिडियाबाट गलत प्रचार भइदिँदा सामाजिक त्रास उत्पन्न भएको उहाँको भनाइ छ । 
उनीविरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४, परिच्छेद ५ को दफा १०४ मा सामाजिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा, नैतिकता विरुद्धको कसुरअन्तर्गत मुद्दा चलाइएको छ । छ महिलाको लिखित उजुरीमा मुद्दा चलिरहेको छ ।
अर्काे अनौठो घटना असारको दोस्रो साता काठमाडौँको बनस्थलीको एक गल्लीमा भयो । क्याम्पस पढ्न जाने–आउने क्रममा गल्लीमा बसेर बारा कलैयाका ३९ वर्षीय जादुलाल कुर्मीले छात्रालाई गुप्ताङ्ग देखाएर अश्लील हर्कत गरे । 
पीडितहरूको उजुरीका आधारमा पक्राउ परेका उनले प्रहरीसँगको बयानका क्रममा आफूलाई रमाइलो लाग्ने गरेकाले गुप्ताङ्ग देखाउने गरेको बताएका बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह रानाले बताउनुुभयो । उनीमाथि मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२२ अनुसार सार्वजनिक स्थानमा गुप्ताङ्ग देखाएको कसुरमा मुद्दा चलाइएको छ । 
यसअघि सार्वजनिक बसमा एक युवतीको पछाडि बसेर अश्लील हर्कत गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको थियो । यी प्रतिनिधि घटना हुन् । यस्ता अनौठा अश्लील खालका घटना बेलाबेलामा देखिने गरेको छ । महानगरीय प्रहरी परिसरले दिएको जानकारीअनुसार सार्वजनिक यातायातमा महिलामा टाँसिने, महिला देख्ने बित्तिकै अश्लील शब्द बोल्ने, महिलाको शौचालयमा छिरेर आनन्द लिनेजस्ता घटनासमेत भएका छन् । 
परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदी भन्नुहुन्छ, “एक पटक महिलाको भित्री वस्त्र लुकाउने चोर्ने घटना पनि भयो ।” “यस्ता अनौठा प्रकृतिका घटना कहिलेकाहीँ देखिन्छ, यो मानसिक विकृति हो, मनस्थिति गडबडी भएका बेला यस्ता घटना हुन्छन् । कतिपय घटना अभिलेखसमेत हुन नसकेका पनि छन्, महिला देख्ने बित्तिकै उत्तेजित हुने घटना देखिएका छन्”,  सुवेदीले थप जानकारी दिनुभयो । यस्ता घटना प्रायः गरेर अहिलेको पुस्तामा देखिएको नकारात्मक प्रवृत्ति हो, भन्नुहुन्छ सुवेदी । 
सामाजिक सञ्जालको दुरुपयोगले पनि घटना बढाउन मद्दत गरिरहेको छ । मनोविद्का अनुसार यस्ता गतिविधि बढ्दै गएमा मान्छे एकोहोरो भएर जघन्य अपराधमा संलग्न हुने या आत्महत्याको बाटो अपनाउनसमेत पछि पर्दैन । पछिल्ला यी घटनाहरू अध्ययन गर्दा उनीहरूले नियतवश योजनाबद्ध रूपमा घटना घटाएको नभई आफ्नो अगाडि एकान्तमा जो देखिन्छ उनीहरूमाथि आक्रमण गरेर मन शान्त पार्ने गरेको देखिएको सुवेदीले बताउनुुभयो ।
महिला रातिमा एक्लै ननिस्कने, एक्लै नहिँड्ने, एकान्त ठाउँ र त्यस्ता व्यक्तिको जमघट हुने ठाउँमा सचेत हुने, शङ्कास्पद गतिविधि हुने तथा शङ्कास्पद स्थानबारे प्रहरीलाई खबर गरेमा घटनाबाट बच्न सकिने प्रहरीको भनाइ छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सिद्धार्थको क्रिडास्थल ओझेलमा (06.18.2019)
सगरमाथाको साख जोगाउनुपर्छ (06.05.2019)
किन तिरस्कृत हुन्छन् विदेशबाट फर्किएका महिला (06.05.2019)
अझै हटेको छैन आरुबोटेबासीमा त्रास (05.28.2019)
वाग्मती मुहानमा सुङ्गुर बङ्गुर पालन ः जति सफा गरे पनि फोहर मात्रै (04.30.2019)
भारतमा पढ्ने नेपालीबाट गुम्यो रु छ करोड सेवा शुल्क (04.25.2019)
नयाँ वर्षमा किन वाग्मतीको मुहान वाग्द्वारमा स्नान गर्ने ? कारण यस्तो छ (04.16.2019)
४८ जिल्ला पूर्ण साक्षर हुँदा राजधानी किन हुन सकेन ? (04.10.2019)
द्वन्द्वका सर्जकहरु शक्तिमा पुगे पीडितहरुले कहिले पाउने न्याय (01.01.2019)
बालविवाहको पीडामा किशोरीहरू (10.10.2018)
कुशे औँशीमा गोकर्ण : धार्मिक सहिष्णुता अनि पितृ सम्मान दिवस (09.11.2018)
योभन्दा विडम्बना अरु के होला जब हिमालमा लामखुट्टेसे सताउन थाल्यो (08.28.2018)
विश्व सम्पदा सूचीमा पर्नुपर्ने गोकर्णेश्वरलाई जिर्णोद्वारकै चिन्ता (08.14.2018)
आर्यघाट लगेहुन्छ भनिएका खड्काले पाए जीवन (07.25.2018)
२०२० मा २० लाख पर्यटक भित्रिएलान् ? (06.12.2018)
काठमाडौं भ्यू टावर बन्ने कहिले ? ठेकेदार प्रहरी हिरासतमा, खलामञ्च बसपार्क बन्यो, (05.08.2018)
अझै पनि जंगली जनावरभन्दा देवताकै डर मान्छन्.... (04.24.2018)
सामाजिक अभियन्ता- काशीनाथ जोशी (04.03.2018)
गायक बिष्ट सिकिस्त : उपचारका लागि खर्चको अभाव (09.12.2017)
मधेशवादी दलसँग निर्वाचनमा सहभागी हुनुको विकल्प छैन (05.24.2017)



 
::| Latest News

 
[Page Top]