युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 03.30.2020, 02:59pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विशेष रिपोर्ट
 
ह्वाइटहाउस अगाडि नेपालीले लगाए नारा ‘गो ब्याक इण्डिया’
Tuesday, 12.17.2019, 12:53pm (GMT+5.5)

भारतले नेपाली भूमि अतिक्रमण गरेको बिरोधमा विश्व्भर छरिएर रहेका नेपालीहरुले भारतको सो कदमबिरुद्ध बिरोध प्रदर्शनमा उत्रिएका छन् । यसै क्रममा अमेरिकाको ह्वाइट हाउसदेखि डिसीस्थित भारतीय राजदूतावाससम्म नेपालीहरुले प्रदर्शन गरेका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शन गरिएको हो ।
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको अगाडितर्फ रहेको लाफाऐट पार्क वरिपरिको गोरेटोमा दुई पटक चक्कर लगाएपछि अगाडि बढेको विरोध जुलुस डिसीको मुख्य शहर हुँदै भारतीय राजदूतावाससम्म पुगेर सम्पन्न भएको थियो ।
उक्त विरोध जुलुसमा अंग्रेजी तथा नेपाली दुवै भाषामा नाराहरु लेखिएका प्रचार सामग्री प्रदर्शन गरिएको थियो । राष्ट्रिय पोशाकमा सजिएका र नेपालको राष्ट्रिय झण्डा बोकेका सहभागीहरुले ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो’, ‘गो ब्याक इण्डिया’ भन्दै नारा लगाएका थिए । अमेरिकाको राजधानी वाशिंगटन डिसीको बीच सडकबाट भारत विरोधी नारासहित गरिएको प्रदर्शनले सबैको ध्यानाकर्षण गर्न सफल भएको बिरोध जुलुसका संयोजक तथा बानाका पूर्वअध्यक्ष कुलमणि आचार्यले बताताउनुभयो ।
कार्यक्रममा ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’ का अगुवाई गर्ने समाजसेवी तथा एएनएका पूर्वअध्यक्ष रोजर अधिकारी, एआरएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी तथा सीमाविद बुद्धिनारायण श्रेष्ठले संक्षेपमा भारतले गरेको नेपाली भूमि अतिक्रमणको बारेमा जानकारी गराउनुभएको थियो ।
उक्त कार्यक्रममा वरिष्ठ लोकगायक प्रेमराजा महतले देशभक्तिपूर्ण ओतप्रोत भएको गीत सुनाएका थिए भने लोकगायक रामप्रसाद खनालले भारतलाई व्यंग्य गर्ने कविता वाचन गर्नुभएको थियो भने डिसी क्षेत्रका कलाकारद्वय खेम संग्रौला तथा श्याम सुन्दर आचार्यले ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ गीत प्रस्तुत गर्नुभएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
इतिहास सम्झेर फोटो खिचाउँछन् पर्यटक (11.27.2019)
वर्षेनी लाखौं भक्तजन पुग्ने मुक्तिनाथको व्यवस्थापनमा राज्य उदासिन (10.22.2019)
दशैं आयो– भारत जाउँला, कमाऔंला अनि खाउँला पिउँला (09.10.2019)
सीमा अपराध नियन्त्रणमा चुनौती (08.20.2019)
मानसिक रोग हो युवतीलाई किला घोप्ने र गुप्ताङ्ग देखाउने (07.22.2019)
सिद्धार्थको क्रिडास्थल ओझेलमा (06.18.2019)
सगरमाथाको साख जोगाउनुपर्छ (06.05.2019)
किन तिरस्कृत हुन्छन् विदेशबाट फर्किएका महिला (06.05.2019)
अझै हटेको छैन आरुबोटेबासीमा त्रास (05.28.2019)
वाग्मती मुहानमा सुङ्गुर बङ्गुर पालन ः जति सफा गरे पनि फोहर मात्रै (04.30.2019)
भारतमा पढ्ने नेपालीबाट गुम्यो रु छ करोड सेवा शुल्क (04.25.2019)
नयाँ वर्षमा किन वाग्मतीको मुहान वाग्द्वारमा स्नान गर्ने ? कारण यस्तो छ (04.16.2019)
४८ जिल्ला पूर्ण साक्षर हुँदा राजधानी किन हुन सकेन ? (04.10.2019)
द्वन्द्वका सर्जकहरु शक्तिमा पुगे पीडितहरुले कहिले पाउने न्याय (01.01.2019)
बालविवाहको पीडामा किशोरीहरू (10.10.2018)
कुशे औँशीमा गोकर्ण : धार्मिक सहिष्णुता अनि पितृ सम्मान दिवस (09.11.2018)
योभन्दा विडम्बना अरु के होला जब हिमालमा लामखुट्टेसे सताउन थाल्यो (08.28.2018)
विश्व सम्पदा सूचीमा पर्नुपर्ने गोकर्णेश्वरलाई जिर्णोद्वारकै चिन्ता (08.14.2018)
आर्यघाट लगेहुन्छ भनिएका खड्काले पाए जीवन (07.25.2018)
२०२० मा २० लाख पर्यटक भित्रिएलान् ? (06.12.2018)



 
::| Latest News

 
[Page Top]