युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 11:26am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विशेष रिपोर्ट
 
साहसिक पर्यटन- कतै चराझैँ उड्ने कतै डोरीमा बाँधिएर हामफल्ने
Tuesday, 01.14.2020, 12:14pm (GMT+5.5)

प्राकृतिक सुन्दरतासंगै साहसिक पर्यटनको गन्तब्य बनिरहेको पोखरामा नेपाल भ्रमण वर्षमा यसमा पृद्धि हुने अपेक्षा गरिएको छ । हुन पनि कतै चराझैँ उड्ने त कतै डोरीमा बाँधिएर हामफल्ने, झट्ट सम्झदा कहाली लाग्छ तर यो जीवनमा एकपटक लिनैपर्ने अनुभव भएकाले त्यसैले पछिल्ला समयमा यिनै साहसिक पर्यटनका हरेक गतिविधिमा रुचि राख्नेहरू पोखरा र आसपासका क्षेत्रमा फर्किफर्कि आउने गरेका छन् ।
भौगोलिक अवस्थितिका आधारमा पनि गण्डकी प्रदेशमा हुने पद्यात्रा, पर्वतारोहण, साइक्लिङ, क्यानोनिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जी जम्प, रक क्लाइम्बिङ, जीपलाइन, अल्ट्रालाइट, स्किइङ जस्ता हरेक गतिविधिले पर्यटकलाई लोभ्याउने गरेको छ ।
पोखराको सराङकोटबाट चराझै उडी फेवातालको किनारामा आइपुग्ने प्याराग्लाइडिङ होस् या सराङ्कोटबाट तारमा झुण्डिएर दु्रतगतिमा हेमजासम्म झर्ने जीप लाइन आदि यहाँका हरेक गतिविधि स्वदेशी एवं विदेशी पर्यटकका आकर्षण बनेका छन् ।
नेपाल सरकारले भ्रमण वर्ष मनाइरहँदा र २० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरिसकेको अवस्थामा यस क्षेत्रमा साहसिक पर्यटनमा रुचि राख्नेको आगमन पनि बढ्ने अपेक्षा गरिएको छ ।
यहाँको कालीगण्डकी, मस्र्याङ्दीजस्ता नदीमा ¥याफ्टिङ गर्न आउनेको सङ्ख्या वर्षेनी बढ्दो छ । त्यस्तै कास्कीकै ल्वाङघलेल, स्याङ्जाको सुन्तलाबारी, बीरेठाँटीलगायतका स्थानमा सञ्चालित क्यानोनिङले वर्षेनी पर्यटकलाई आकर्षित गरेको छ ।
साहसिक पर्यटनकै लागि वर्षेनी पोखरामा ठूलो सङ्ख्यामा विदेशी पर्यटक आउने गरेको पर्यटन व्यवसायी साहसिक पर्यटन तथा खेलको राम्रो प्रचारप्रसार हुन सकेमा पर्यटकको चाप अझै बढ्ने बताउँछन् । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा यहाँका साहसिक पर्यटनका गतिविधिको प्रचारप्रसार गर्न सकेमा अझै पर्यटकको आगमन वृद्धि गर्न सकिने नेपाल भ्रमण वर्ष २०२० गण्डकी प्रदेश समितिका सदस्य सोम थापाले बताउनुभयो ।
गण्डकी प्रदेशमा माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरि, लमजुङलगायतका हिमाल रहेका कारण यस ठाउँले पर्वतीय पर्यटनको धेरै सम्भावना बोकेको उहाँको तर्क छ । वर्षेनी ठूलो सङ्ख्यामा विदेशी पर्यटक यहाँका हिमाल हेर्नका साथै कतिपय हिमाल आरोहण गर्नका लागि पनि आउने गरेका छन् । 
हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्ण प्रथम यही प्रदेशमा रहेकाले पनि यहाँको छुट्टै महत्व छ । सन् १९५० जुन तीन तारिखमा सर्वप्रथम फ्रान्सका मौरिस हर्जोेगले अन्नपूर्ण प्रथम सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । आठ हजार ९१ मिटर उचाइको यो हिमाल आरोहण भएसँगै सन् १९५३ मे २९ को दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एड्मन्ड हिलारीले सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।
गण्डकी प्रदेशको अर्को पर्यटकीय आकर्षण प्याराग्लाइडिङ हो । सराङकोटबाट प्याराग्लाइडिङ गरी फेवाताल किनारासम्म झर्नका लागि धेरै पर्यटक लालायित हुने गर्दछन् । गण्डकी प्रदेशकै स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङको विश्वकप सम्पन्न भइसकेको छ ।
गण्डकी प्रदेशमा नै अर्को साहसिक पर्यटन क्यानोनिङ (छागावरोहण) हो । हेर्दै डरलाग्ला चट्टानयुक्त पहराबाट डोरीको माध्यमबाट तल झरिने यो खेलका लागि पर्यटक इच्छुक बन्ने गरेका छन् । साहसिक पर्यटनकै रुचि राख्नेहरू पोखरा आइसकेपछि यहाँ सञ्चालित बञ्जी जम्प र जीप लाइनको अनुभव लिने गरेका छन् । माछापुच्छ«े, अन्नपूर्णलगायत हिमाललाई आँखा अघि सजाउँदै जीप फ्लाई र बञ्जी जम्प गर्न चाहनेका लागि हाई ग्राउन्ड एड्भेन्चर्स नेपालले यी दुवै सुविधा उपलब्ध गराएको छ ।
अक्टोबर, नोभेम्बर र डिसेम्बरका साथै मार्च र अर्पिलको समयमा दैनिक ४० जनाको हाराहारीमा पर्यटकले बञ्जी जम्प र जीप लाइन गर्ने गरेको हाई ग्राउन्ड एडभेन्चर्स नेपालका प्रमुख सञ्चालन अधिकृत दीनेश महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार जीप फ्लाईका लागि विदेशी पर्यटकले आठ हजार ५०० तिर्छन् भने स्वदेशी पर्यटकले चार हजार ५०० रुपैयाँ तिर्छन् । त्यस्तै बञ्जी जम्पका लागि विदेशीले सात हजार ५०० रुपैयाँ र स्वदेशीले चार हजार रुपैयाँ तिर्ने गरेका छन् । 
सरकारले भ्रमण वर्ष मनाउँदै गरेका अवस्थामा साहसिक पर्यटनमा रुचि राख्नेको सङ्ख्या पनि वृद्धि हुने अपेक्षा गरिएको महर्जनले बताउनुभयो । साहसिक पर्यटन अन्तर्गत नै यस प्रदेशमा हवाई खेलकूदका गतिविधिमा वर्षेनी आकर्षण बढ्दै गएको नेपाल हवाई खेलकूद संस्था गण्डकी प्रदेशका अध्यक्ष कृष्ण भण्डारीले बताउनुभयो ।
पोखराको सराङकोटबाट प्याराग्लाइडिङ गरी फेवाताल किनारमा झर्नका लागि पोखरा आउने अधिकांश पर्यटक लोभिने गरेको बताउँदै उहाँले पर्यटनको मुख्य याममा लगभग ५०० को हाराहारीमा उडान हुने गरेको जानकारी दिनुभयो । भ्रमण वर्ष मनाउँदै गरेका अहिलेको अवस्थामा प्याराग्लाइडिङलगायत साहसिक खेलका लागि आउने पर्यटकको सङ्ख्या पनि वृद्धि हुने अपेक्षा गरिएको भण्डारीले बताउनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
ह्वाइटहाउस अगाडि नेपालीले लगाए नारा ‘गो ब्याक इण्डिया’ (12.17.2019)
इतिहास सम्झेर फोटो खिचाउँछन् पर्यटक (11.27.2019)
वर्षेनी लाखौं भक्तजन पुग्ने मुक्तिनाथको व्यवस्थापनमा राज्य उदासिन (10.22.2019)
दशैं आयो– भारत जाउँला, कमाऔंला अनि खाउँला पिउँला (09.10.2019)
सीमा अपराध नियन्त्रणमा चुनौती (08.20.2019)
मानसिक रोग हो युवतीलाई किला घोप्ने र गुप्ताङ्ग देखाउने (07.22.2019)
सिद्धार्थको क्रिडास्थल ओझेलमा (06.18.2019)
सगरमाथाको साख जोगाउनुपर्छ (06.05.2019)
किन तिरस्कृत हुन्छन् विदेशबाट फर्किएका महिला (06.05.2019)
अझै हटेको छैन आरुबोटेबासीमा त्रास (05.28.2019)
वाग्मती मुहानमा सुङ्गुर बङ्गुर पालन ः जति सफा गरे पनि फोहर मात्रै (04.30.2019)
भारतमा पढ्ने नेपालीबाट गुम्यो रु छ करोड सेवा शुल्क (04.25.2019)
नयाँ वर्षमा किन वाग्मतीको मुहान वाग्द्वारमा स्नान गर्ने ? कारण यस्तो छ (04.16.2019)
४८ जिल्ला पूर्ण साक्षर हुँदा राजधानी किन हुन सकेन ? (04.10.2019)
द्वन्द्वका सर्जकहरु शक्तिमा पुगे पीडितहरुले कहिले पाउने न्याय (01.01.2019)
बालविवाहको पीडामा किशोरीहरू (10.10.2018)
कुशे औँशीमा गोकर्ण : धार्मिक सहिष्णुता अनि पितृ सम्मान दिवस (09.11.2018)
योभन्दा विडम्बना अरु के होला जब हिमालमा लामखुट्टेसे सताउन थाल्यो (08.28.2018)
विश्व सम्पदा सूचीमा पर्नुपर्ने गोकर्णेश्वरलाई जिर्णोद्वारकै चिन्ता (08.14.2018)
आर्यघाट लगेहुन्छ भनिएका खड्काले पाए जीवन (07.25.2018)



 
::| Latest News

 
[Page Top]