युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 09.22.2018, 02:42am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
 
गोली प्रहारबाट घाइते न्यायाधीश बमको निधन
Thursday, 05.31.2012, 12:42pm

आज विहान सवा ११ बजे काठमाडौको शंखमुलमा गोली लागी सख्त घाइते हुनुभएका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको उपचार गदौगर्दै निधन भएको छ । 

 

अब सवारी चालकलाई आरामस्थल
Tuesday, 09.11.2018, 12:14pm
काठमाडौं । लामो दुरीका यात्रु बाहक बसका बेलाबखत निदाएर सवारीसाधन दुर्घटना भयो भन्ने सुन्नमा आउने गर्दछ । अब सवारी चालकलाई निदाउन नदिन सरकारले देशका विभिन्न स्थानमा आराम गर्ने स्थल स्थापना गर्न लागेको छ । 
विद्युत बजारमा चीनको औपचारिक प्रवेश
Tuesday, 09.04.2018, 12:35pm
काठमाडौं । नेपालमाा उत्पादन भएको जलविद्युतको बजार भारत मात्रै हो भन्ने भ्रम चीनको एक प्रस्तावले चिरिएको छ । चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत किन्ने प्रस्ताव गरेको छ । समाचा अनुसार चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त प्राविधिक समूहको पहिलो बैठकमा चिनियाँ पक्षले यस्तो प्रस्ताव गरेको हो ।

सरकार र संसदको एउटै स्वर ः महिला हिंसा हुन दिन्नौं !
Tuesday, 08.28.2018, 01:15pm
देशमा महिला तथा बालिकामाथिको बढ्दो हिंसालाई लिएर देशव्यापी बिरोध भैरहेको छ । महिला हिंसा हुन नदिन संसदले संकल्प गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले महिला हिंसा विरुद्धको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । सांसद विन्दा पाण्डे, पुष्पा भुसाल, रेखा शर्मा, कृष्णभक्त पोखरेल, निरु पाल, मैनाकुमारी भण्डारी, पार्वतीकुमारी विशुंखे, बिनाकुमारी श्रेष्ठ, लक्ष्मीकुमारी चौधरी, नवराज रावत, तुल्सी थापा, अमृता थापालगायत २२ सांसदले उक्त प्रस्ताव दर्ता गराउनुभएको थियो । 
मेडिकल काउन्सिलको पीक्षामा २९ प्रतिशत मात्र उत्तीर्ण
Tuesday, 08.14.2018, 01:03pm
काठमाडौं । नेपालको चिकित्सा शिक्षामा गुणस्तरको चर्चा चलिरहेका बेला स्वदेश तथा विदेशबाट अध्ययन गरेर आएकाहरुमध्ये झण्डै दुई तिहाईले चिकित्सा सेवा अनुमति परीक्षा उत्तीर्ण गर्न सकेका छैनन् ।

सबैभन्दा लामो समयसम्म प्रवचन दिएर विश्व कीर्तिमानको तयारी
Tuesday, 08.14.2018, 12:57pm
काठमाडौं । योगसाधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसीले विश्व कीर्तिमान राख्ने उद्देश्यसहित ९० घण्टा निरन्तर वक्तव्य/प्रवचन दिने हुनुभएको छ । नुवाकोट शिवपुरी गाउँपालिका–१, हाल टोखा नगरपालिका–११ निवासी केसीले नेपालीको गौरवपूर्ण इतिहास रच्न आफूले आगामी भदौ ११ गतेदेखि विश्वको सबैभन्दा लामो प्रवचन दिन लागेको जानकारी गराउनुभयो । 

चिकित्सा शिक्षा विधेयक एकपटक बहसमा राखौं
Wednesday, 07.25.2018, 12:27pm
काठमाडौं । सरकारले चिकित्सा शिक्षा अध्यादेशमा केही फेरबदल गरेर चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गरेपछि देशको सडक अहिले डा. गोविन्द केसीमय भएको छ । उहाँ २५ दिनदेखि आमरण अनशनमा हुनुहुन्छ । उहाँ अध्यादेश अनुसार विधेयक आउनुपर्ने अडानमा हुनुहुन्छ । यसबीचमा डा. केसीकाा मागका विषयमा पक्ष–विपक्षमा बहस सुरु भएको छ । संसदलाई विश्वास गर्नुपर्ने वा संसदलाई निर्णय गर्न दिनुपर्ने टिप्पणीहरु आइरहेका छन् ।

कांग्रेस भन्छ– सरकारले द्वन्द्वका लागि आमन्त्रण ग¥यो
Tuesday, 07.10.2018, 02:30pm
काठमाडौं । सरकारकको पछिल्लो निर्णयबिरुद्ध आक्रामश बनेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले गरेको निर्णयले विधिलाई उल्लंघन गरेको मात्र हैन उक्त निर्णयमार्फत द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण पनि गरेको ठहर गरेको छ ।
अनशनरत डा.केसीको स्वास्थ्य अवस्था चिन्ताजनक
Tuesday, 07.10.2018, 02:26pm
काठमाडौं । चिकित्सा शिक्षा विधेयकको बिरोध गर्दै कर्णालीको जुम्लामा अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य विग्रदै गएको छ । उहाँ प्रतिदिन कमजोर बन्दै जानुभएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । डा. केसीको उपचारमा संलग्न चिकित्सकहरुले दिएको जानकारी अनुसार आइतबार आमरण अनश्न बसेको नवौ दिनसम्म पुग्दा डा. केसीको स्वास्थ्य अवस्था खस्किँदै गएको छ । 
धर्म परिवर्तन गराउने एनजिओ र आइएनजिओ कारबाहीमा पर्ने
Tuesday, 06.12.2018, 03:13pm
काठमाडौं । सामाजिक कार्य गर्ने नाममा धर्म परिवर्तन, जातीय विद्वेष बढाउने जस्ता अवाञ्छित गतिविधि गर्ने राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आइएनजिओ)को अनुगमन र नियमनमा अब कडाइ गरिने भएको छ ।

छ महिनाभित्र देशभर मदिरा नियन्त्रण अभियान चलाइने
Tuesday, 05.08.2018, 10:57am
गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा बिक्री वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो । सोही क्रममा आइतबार गृहमन्त्री रामबहादुर थापाले विभिन्न राजनीतिक पार्टी आबद्ध महिला नेत्री र महिला सांसदसँग आइतबार गृहमन्त्रालयमा सो विषयमा छलफल गर्नुभएको छ ।

सिण्डिकेट नगर्ने शर्तमा व्यवसायी रिहा
Tuesday, 05.08.2018, 10:54am
काठमाडौं । यातायात क्षेत्रमा एकाधिकार अन्त्य गर्ने सरकारको निर्णयमा सहयोग गर्ने तथा यातायात बन्दका आन्दोलनका कार्यक्रम नगर्ने लिखित प्रतिबद्धता जनाएपछि यातायात व्यवसायी महासंघका प्रतिनिधि रिहा भएका छन् ।

नेपाल–चीनबीच पाँच क्षेत्रको विकासमा उच्च प्राथमिकता
Tuesday, 04.24.2018, 01:10pm
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको  आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभएको छ । 

बाम आन्दोलनका दुई धरोहरुको निधन
Thursday, 04.12.2018, 11:16am
काठमाडौ । मुलुकको वामपन्थी आन्दोलनका धरोहर राजनीतिज्ञ कमलराज रेग्मी र जागृतप्रसाद भेटवालको एक दिनको फरकमा निधन भएको छ । रेग्मीको बिहीबार ९१ वर्षको उमेरमा निधन भयो भने भेटवालको बुधबार ।

आचार्यमाथि गोली प्रहार
Thursday, 04.12.2018, 11:15am
विराटनगर । बालसन्त स्वामी श्रीनिवास आचार्यलाई शनिबार राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ । विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट घाइते हुनुभएका आचार्यको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।  
चर्को शुल्क लिनेलाई कारबाही गरिने
Thursday, 04.12.2018, 11:12am
प्रमुख तीन विद्यार्थी संगठनले निजी विद्यालयले लिएको चर्को शुल्क खारेज गर्न माग गरेका छन् ।  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बिहिबार ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी  संघले सरकारले तोकेको मापदण्ड र विधिको ठाडो अवज्ञा गर्दै अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्कवृद्धि खारेज गर्न मन्त्री पोखरेललाई आग्रह गरेका हुन् । 

कांग्रेस नेता खड्काको निधन
Tuesday, 04.03.2018, 01:34pm
नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षका उमेरमा शुक्रबार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । उपचारमा रहनुभएका नेता खड्काको अपराह्न ५ः१५ बजे निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 
देउवामाथि खनिए कांग्रेस नेता
Tuesday, 03.27.2018, 12:13pm
काठमाडौं । गत शुक्रबारदेखि सुरू भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पूर्व प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई पार्टीका नेताहरूले गम्भीर आरोप लगाउँदै उहाँकै कारण निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष निकालेका छन् ।

२०२० भित्र पन्ध्र लाख पर्यटक पु¥याउने अभियानमा सरकार
Tuesday, 03.20.2018, 11:00am
काठमाडौं । अपार सम्भावना भएर पनि समुचित लाभ लिन नसकेको क्षेत्र हो पर्यटन । यस्तोमा विगतमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानले बढीभन्दा बढी पर्यटक भित्र्याउन सफल भएको सरकारले आगामी सन् २०२० भित्र वार्षिक १५ लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ ।

यस वर्षको एसइइ परीक्षाको सम्पूर्ण तयारी पूरा
Tuesday, 03.20.2018, 10:59am
काठमाडौं । आउँदो चैत्र ८ गतेदेखि सुरू हुने कक्षा १० को अन्तिम परीक्षाका रूपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । 

यो समाचार सत्य सावित भए !
Tuesday, 03.06.2018, 02:38pm
काठमाडौं । करीब एक हजार मेघावाट बराबर मात्र जलविद्युत उत्पादन भैरहेको नेपालमा जलविद्युत आयोजना निर्माण चरणको पछिल्लो तथ्यांक कार्यान्वयन भए मुलुकले चाँडै नै विद्युत निर्यात गरी वार्षिक खर्बौं रुपैयाँ कमाउने छ ।

  » प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यद्वारा शपथ ग्रहण
  » समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर
  » २१ गते संसद्को प्रथम अधिवेशन आह्वान
  » भोटेकोशी र खिम्तीको बाटोमा माथिल्लो त्रिशूली १
  » रानीपोखरी मल्लकालीन शैलीमै बन्नुपर्ने
  » वर्षेनी सात हजारको मृत्यु, एकदिनमा एक सय २० नयाँ क्षयरोगी
  » प्रतिक्षामा पार्टी एकताको निर्णायक वार्ता
  » राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइने
  » चिसो पीडितलाई तातो दिने कसले ?
  » नाम चलेका अस्पतालहरुबाट गैरकानूनीरूपमा सेवाशुल्क असुल
  » सक्षम जनशक्ति उत्पादनमा त्रिविको भूमिका महत्वपूर्ण
  » पार्टीभित्र अनुशासनसहितको मेलमिलाप आवश्यक
  » प्रहरीले प्रेसमाथि हस्तक्षेप गरेकोममा भन्दै आपत्ति
  » वाम गठबन्धनले भन्यो : दूरगामी महत्वका कुनै निर्णय नगर
  » जनताको मन जित्ने न मधेशी र न पहाडी
  » भ्रष्टाचार नियन्त्रण गर्न नीतिगत तथा संस्थागत सुधार आवश्यक
  » भोट राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि
  » जसले आफूलाई नै मतदान गर्न पाएनन्
  » औसतमा ६८.६३ प्रतिशत मतदान
  » गौचन हत्याका मुख्य योजनाकार पक्राउ



 
::| Latest News

 
[Page Top]