युगसम्बाद साप्ताहिक

नेपाली वैज्ञानिकलाई विश्वस्तरीय पुरस्कार
Monday, 12.17.2012, 06:21pm (GMT5.5)

काठमाडौं २० वर्ष अघि नेपालको प्युठान जिल्लाका अष्ट्रेलिया पुग्नुभएका भेष भण्डारी खाद्य प्रविधि क्षेत्रको विश्वस्तरको पुरस्कारबाट सम्मानित हुनुभएको केही समय अघि चीनमा भएको इन्टरनेसनल ड्राइङ कमिटिको सम्मेलनमाएक्सीलेन्स इन ड्राइङ अवार्डबाट भण्डारी सम्मानित हुनुभएको समाचारमा जनाइएको

विश्वका उत्कृष्ट प्रख्यात अनुसन्धानकर्ता वैज्ञानिकहरूको भेलामा भण्डारीलाई यो सम्मान दिइएको हो अष्ट्रेलिया क्वीइन्सल्याण्ड विश्वविद्यायका प्राध्यापक डा भण्डारी अर्का अनुसन्धानरत विद्यार्थी विन होले फलफूललाई लामो समयसम्म सुरक्षित राख्न नयाँ प्रविधि विकास गर्नुभएको थियो

भण्डारीका अनुसार फलफूललाई सुरक्षित चाँडै पकाउन कृतिम ग्यास दिने चलन अझ कम विकसित देशहरूमा क्याल्सियम कार्वाेहाइड्रेड सोझै फलफूलमा राखिन्छ जुन प्रबिधिले पाकेको खानेकुरा खाँदा क्यान्सर हुनसक्ने खतरा रहन्छ यही खतराका कारण यो प्रविधि अब संसारबाटै हट्दै गएको

भारतमा डेरी टेक्नोलोजी पढ्नुभएका भण्डारीले केही समय नेपालको दुग्ध विकार संस्थानमा समेत काम गर्नुभएको थियो एआईटी बैंककबाट मास्टर फ्रन्सबाट विद्यावारिधि गरेपछि उहाँ अष्टेलिया जानुभएको थियो

क्वीइन्सल्याण्ड विश्वविद्यायको स्कुल अफ एग्रीकल्चर एण्ड फुड साइन्सले विकास गरेको प्रविधि अनुसार अब फलफूलमा विशेष प्रकारको धुलोको प्रयोग गरेपछि फलफूलहरू खान योग्य हुनेगरी पाक्छन् यसअघि इथालेन ग्यास आँप, केरा एबोगार्डाे गोलभेडा लगाएका फलफूलहरू पकाउनका लागि प्रयोग गरिन्थ्यो

अनुसन्धानकर्ता भण्डारीको टोलीले विभिन्न जैविक तथा वातावरण मैत्री पदार्थ प्रयोग गरेर विकास गरेको धुलोले अब इथालेन ग्यास क्याल्सियम कार्वाेहाडेड विस्थापित गर्नेछ नयाँ प्रविधिका कारण अब फलफूललाई भण्डारण गर्ने ग्यास दिएर पकाउने झन्झट पनि रहने छैन खेतबाट बजार सम्म लैजादै गर्दा बाटोमा नै ट्रकभित्र फलफूल पाक्नेछ

भण्डारीको आविस्कारले विकसित मुलुकको खाद्य प्रविधिको क्षेत्रमा समेत नयाँ आयाम थप्ने विज्ञान विश्लेषकहरूको भनाइ   विश्वविद्यालयको युनीक्वेस्ट भन्ने कम्पनीले ब्यवसायिक रुपमा यो धुलोको उत्पादन शुरु गर्दैछ कम्पनीसंग धुलो किन्न अष्ट्रेलिया अन्य मुलुकहरूबाट समेत माग आएको   सन् २०१३ देखि भण्डारीले आविष्कार गरेको नयाँ प्रविधिको धुलो बजारमा पुग्ने समाचारमा जनाइएको

 

 

तमान गाविसका जनताको सह्रानीय काम

काठमाडौं आफ्नो समुदायको सेवा सुविधाका लागि गाउँले आफैं अग्रसर भए जस्तोसुकै काम पनि सजिलै सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण बाग्लुङ जिल्ला तमान गाविसका जनताले दिएका छन् मुलुक चरम विद्युत संकटबाट गुज्रिरहेका बेला तमान गाविसका स्थानीयबासीको पहलमा तमानखोला विद्युत परियोजनाको क्षमता वृद्धि गरिएको यसअघि २२ किलोवाटको विद्युत उत्पादन गरेका स्थानीयले क्षमता वृद्धि गरी थप ४० किलोवाट बिजुली निकालेका छन्

सदरमुकामदेखि ३२ कोस पश्चिममा रहेको तमान गाउँमा स्थानीयको सक्रियतामा तमान खोलाबाट बिजुली निकालेपछि स्थानीयले चौबीसै घन्टा विद्युत उपयोग गर्न पाइरहेका छन् परियोजनाको कुल लागत करोड १७ लाख ८४ मध्ये ५५ लाख रुपैयाँ ऊर्जा शाखाबाट अनुदान सहयोग गरेको थियो गाउँलेको सहयोग मेहनतले निर्माण सुरु भएको एक वर्षमा बिजुली बालेको तमानखोला दोस्रो लघु जलविद्युत परियोजनाका अध्यक्ष झकबहादुर बुढाले बताउनुभयो

गत वर्षबाट निर्माण सुरु ४० किलोवाट क्षमताको तमानखोला दोस्रो जलविद्यतु परियोजना सम्पन्न भएपछि उक्त गावसको वडा नं देखि वडाका सय २८ घरधुरीले बिजुली बाल्न पाएको स्वयंशक्ति संस्थाका अध्यक्ष वैकुण्ठ सापकोटाले जानकारी दिनुभएको

सानो योजनाले सबै गाउँमा बिजुली नपुगेपछि सोही पावर हाउसमा अर्काे टर्बाइन जोडेर स्तरोन्नति गरिएको हो। अहिले एउटै पावर हाउसमा ६२ किलोवाट विद्युत उत्पादन भएको

अब उक्त गाविसका सबै जनता विद्युतको उज्यालोमा बस्न पाएका छन् तमान गाविसको लामेलामा , फुलखोलामा १८, तमान खोलामा २२ किलोवाट गरी गाविसमा कुल ८९ किलोवाट विद्युत उत्पादन भएपछि सबै वडामा बिजुली बलेको हो

विद्युत बाल्ने हरेक घरधुरीले महिनौं दिन श्रमदान गरेर न्यूनतम हजार सयदेखि अधिकतम २० हजार रुपैयाँसम्म योगदान गरेका थिए परियोजना निर्माणका लागि आवश्यक प्राविधिक सहयोग जिल्ला ऊर्जा तथा वातावरण शाखा समुदाय परिचालनको सहयोग स्वयंशक्तिले गरेका थिए



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com