| युगसम्बाद साप्ताहिक | ||||
|
तिब्बतीहरूको करतुत : डलर लाने, बम ल्याउने Tuesday, 04.08.2014, 01:38pm (GMT5.5) काठमाडौं । शनिबार झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसमा ४ थान डोटेनेटर भेटियो छ । झापाको लखनपुर १ मा प्रहरीले चेकजाँचका क्रममा बसभित्र सो बस्तु फेला परेपछि ४ तिब्बती विद्यार्थी, २ जना दोभासे र बसका ३ कर्मचारी समेत पक्राउ परे । प्रहरीले नियन्त्रणमा लिएको सो बसमा रहेको डेटोनेटर नेपाली सेनाको बम डिस्पोज टोलीले निस्क्रिय पारेको छ । राजधानीमा तिब्बती शरणार्थीहरूको मानवअधिकार नेपाल सरकारले हनन् गरेको र चीनको दवावमा ज्याति बढाएको आरोप अमेरिकी मानवअधिकारवादी संस्थाले लगाउँदै सरकारसंग जुहारी चलिरहेका बला तिब्बती शरणार्थीहरू भने बिफोटक पदार्थसहित नेपाल भित्रिएको तथ्य खुल्यो । शनिबार नै ६ लाख अमेरिकी डलरसहित तिब्बती कोटेश्वरमा पक्राउ परे । काँकडभिट्टाबाट काठमाडौ जाँदै गरेको ना ४ ख ४८८ नम्बरको बसमा चेकजाँचका क्रममा रातो झोलाभित्र सेतो प्लाष्टिकमा बेरिएको तारजडित २ वटा डल्लो बस्तु फेला परेको थियो । ती सामानको आधारमा भारत कर्नाटक राज्यको लर्निङ कलेजमा अध्ययनरत तिब्बती नागरिकहरू लोकसङ दुङडुङ, लोप्साङ हिसे, लोप्साङ छुल्लु र साङबोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । त्यस्तै उनीहरूका दोभासे काठमाडौ स्वयम्भुका महेश अधिकारी, सामाखुसीका महेश खड्का बसका चालक संखुवासभा आंखिभौ १ का कृष्णप्रसाद निरौला, सहचालक कुशल तिम्सिना र कन्डक्टर कुबेर न्यौपाने पनि पक्राउ परेका छन् । त्यस्तै तिब्बती र नेपाली तस्कर मिलेर काठमाडौंलाई विदेशी मुद्रा तथा सुन तस्करीको केन्द्र बनाउन थालेको स्पष्ट भएको छ । शनिबार काठमाडौंबाट चीनको खासतर्फ लैजाने गरेको करिब ६ लाख अमेरिकी डलर बरामद भएको छ । प्रहरीले चीनको खासा जाँदै गरेका १४ तिब्बती नागरिकलाई ठूलो परिमाणको अमेरिकी डलरसहित पक्राउ गरेको हो । प्रहरीले स्याम्पु, पाउरोटी लगायतका खाद्यन्नभित्र डलर लुकाएर लाँदै गरेको सूचनाको आधारमा खानतलासी गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोली र महानगरीय प्रहरी वृत बानेश्वरले कोटेश्वरमा उनीहरूलाई नियन्त्रमा लिएर खोजतलास गर्दा लुकाएर राखेको डलर फेला परेको हो । सो डलर सुन तस्करीका लाग लगिएको आशंका प्रहरीको छ । लामो समयदेखि तिब्बती नागरिकहरूले स्थलमार्ग प्रयोग गरी डलर तस्करी गर्दै आएका थिए । खासा ब्यापारीहरूसँग उनीहरूले डलर रकम लिएर अवैधरुपमा तिब्बत भित्र्याउँदै आएका थिए । सोही सूचनाको आधारमा प्रहरीले केही ब्यापारीहरूलाई पछ्याएका थिए । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||