| युगसम्बाद साप्ताहिक | ||||
|
गरिबीले गरायो आत्महत्या Monday, 04.28.2014, 05:51pm (GMT5.5) काठमाडौं । नेपालमा पछिल्लो समयमा आत्महत्याको दर बढ्दो छ । आत्महत्याको एउटा कारण गरीबी पनि बन्न पुगेको छ । मुलुकमा गरीबी घटेको भन्दै विभिन्न तथ्यांक सार्वजनिक भए पनि नेपालमा पछिल्लो समय गरीबीका कारण आत्महत्या गर्नेको संख्या बढ्न थालेको । यस क्रममा पश्चिम चितवनको शिवनगरका एक वृद्धले गरिबीका कारण आत्महत्या गरेका छन् । नेपालमा पछिल्लो समयमा आत्महत्याको दर बढ्दो छ । शिवनगर–५ निवासी ६६ वर्षका सुकबहादुर दर्जीले गरिबीका कारण आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले आज जानकारी दिएको छ । समाचार अनुसार दर्जी बिरामी रहेको र घरको आर्थिक अवस्था कमजोर भएका कारण पीडा थेग्न नसकि आत्महत्या गरेको बताइएको छ । उनका दुई छोरा भने अलग्गै बस्दै आएका छन् । श्रीमतीको पहिले नै मृत्यु भइसकेको बताइएको छ । स्थानीयका अनुसार उनी सधँै मदिरा सेवन गर्ने गर्थे । श्रीमतीको मृत्युपछि एक्लो जीवन बिताइरहेका दर्जीले शनिबार झुन्डिएर आत्महत्या गरेका हुन् । प्रारम्भिक चरणमा गरिबी कारण देखिए पनि घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुई वर्षअघि पनि चितवनको माडीमा गरिबीका कारण आफ्नो सन्तानलाई दसैँमा मासु खुवाउन नसक्दा १२ सन्तानका बुबा धनबहादुर परियारले आत्महत्या गरेका थिए । उता मुगु सदरमुकाम गमगढी बजारदेखि पूर्वोत्तर भागमा पर्ने पुलु गाविस अन्तर्गत वडा नं ४, ५ र ६ सरोग गाउँमा शनिबार एउटा मरेको झोप्के (याक र गाईको ठिमाहा) को मासु खाँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ । त्यस्तै मासु खाने अन्य २५ जना सिकिस्त बिरामी परेको अस्थायी प्रहरी चौकी पुलुले जनाएको छ । सञ्चारको सुविधा नभएका कारण खबर पनि समय लागे पनि आजसम्म मृतकको सङ्ख्या बढेको हुन सक्ने आशङ्का गरिन्छ । दुई वर्षअघि पनि उक्त गाउँमा विषाक्त मासु सेवनबाट पाँच जनाको मृत्यु भएको थियो । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||