युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.15.2019, 06:24pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
फेवातालको प्रदूषण पन्ध्र दिनभित्र हटाउ
Tuesday, 09.15.2015, 11:30am (GMT+5.5)

काठमाडौं । विश्वप्रसिद्ध पर्यटकीय नगरी पोखराको मुटुमा रहेको प्रशद्ध फेवाताल प्रदूषण र अतिक्रमणको मारमा पी अस्तित्व गुमाउने खतरा बढेपछि मुख्यसचिव डा सोमलाल सुवेदीले सम्बन्धित निकायलाई १५ दिनभित्र अतिक्रमण र प्रदूषण रोक्न निर्देशन दिनुभएको छ । 

डा सुवेदीको अध्यक्षतामा आइतबार बसेको फेवाताल संरक्षणसम्बन्धी बैठकले पन्ध्र दिनभित्र फेवाताललाई पूर्वअवस्थामा ल्याउन हरसम्भव प्रयास गर्न वन तथा भूसंरक्षण, संस्कृति पर्यटन तथा नागरिक उड्ययन र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

फेवाताल जलाधार क्षेत्रमा भएको अविरल बर्षा र बाढी पहिरोको कारण ताल क्रमशः धमिलिएर पुरिँदै गएको तथा विभिन्न कारणले प्रदूषित हुन पुगेको र जलकुम्भीलगायतका झार उम्री तालको सुन्दरतामा असर परेको हुँदासम्बन्धित सरोकारवालाको समन्वयमा प्रदूषण नियन्त्रण, संरक्षण र विकासकार्य प्रारम्भ गरी पूर्ववत अवस्थामा ल्याउन निर्देशन दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता उत्तरकुमार खत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कास्की जिल्लाको फेवाताल र रुपातालको अतिक्रमण नियन्त्रण, प्रदूषण न्यूनीकरण, संरक्षण र विकास गर्ने क्रियाकलापको विभागीय स्तरवाट समेत निरन्तर अनुगमन गर्ने व्यवस्था मिलाउनसमेत बैठकले निर्देशन दिएको छ ।

रुपाताल अतिक्रमण भई क्रमशः पुरिदै गएको, प्रदूषित भएको र जलकुम्भीलगायत झारहरू उम्री तालको पर्यावरणीय अवस्थामा प्रतिकूल अवस्था परेको हुँदा सम्बन्धित सरोकारवालाको समन्वयमा अतिक्रमण नियन्त्रण र प्रदूषण न्यूनिकरण, संरक्षण र विकास कार्य प्रारम्भ गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
साउदीबाट ल्याइयो न्यायाधीश बमका हत्यारा स्माइली (08.26.2015)
लिपुलेक हाम्रो हो, लड्न बाध्य नपारियोस (08.04.2015)
यस्तो अन्धविश्वास : बालकलाई जिउँदै बलि दिने ! (07.28.2015)
पुरातात्विक सम्पदाको पुनःनिर्माण स्वदेशी श्रम र सीपबाट (07.21.2015)
दाहाल–भट्टराई जुहारी (07.14.2015)
मेलम्चीको नाममा सडकको बेहाल, जनता नाकाबन्दीमा (07.07.2015)
सर्वोच्च भन्छ– न्यायाधीशको पुनःनियुक्ति गर्नुहुदैन (07.07.2015)
दाताबाट उत्साहजनक ऋण र अनुदान : सहयोगको सदुपयोग गर्ने क्षमता प्रदर्शन होला ? (06.30.2015)
साँच्चै नेपालमाथि विश्वास बढेको हो त ? (06.30.2015)
भित्र र बाहिर रहेका दलहरूको बिरोध (06.23.2015)
काठमाडौं उपत्यका सबैभन्दा जोखिमपूर्ण (06.09.2015)
चार रिक्टरभन्दा माथिका २८० भन्दा बढी पराकम्पन (06.02.2015)
पाँच दिनभित्र टुङ्गो लगाइने (06.02.2015)
कांग्रेसको १६ स्वयंसेवक टोली (05.27.2015)
सोह्र घन्टापछि कालीगण्डकीको खतरा टर्यो (05.27.2015)
किन भयो यतिधेरै क्षति ? (05.15.2015)
सबैको मन छोएका रहेछन् थापाले (05.15.2015)
घरभाडा बढी लिए कारबाही (05.15.2015)
नेपालका भूकम्पपीडितलाई विदेशी सहयोग (05.15.2015)
अब बहराइन निशुल्क जान पाइने (04.07.2015)



 
::| Latest News

 
[Page Top]