युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.20.2019, 08:12pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
डा भट्टराईले नयाँ पार्टी खोल्ने
Tuesday, 10.06.2015, 11:01am (GMT+5.5)

एनेकपा माओवादी पार्टी परित्याग गरेर तराई मधेसका जिल्लाको दौडाहामा रहनुभएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएको छ । उहाँले लोकतान्त्रिक उपलब्धिलाई जोगाउन पुराना पार्टी र मुलुकको विकास गर्नलाई पुरानो एजेन्डाले नसक्ने भएको हँुदा नयाँ एजेन्डासहितको नयाँ शक्ति मुलुकमा अवश्यकता रहेको बताउनुभयो । 

शनिबार रुपन्देहीको धकधई क्षेत्रमा मधेस आन्दोलनको समर्थन तथा वर्तमान शासनविरुद्धको विरोधसभालाई सम्बोधन गर्दै उहाँले प्राप्त लोकतान्त्रिक उपलब्धिलाई जोगाउन र नपुगेका अधिकारलाई पूर्णता दिलाएर केही दशक आर्थिक विकासबाट समृद्धी ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “तराई मधेस प्रचुर सम्भावना हुँदाहँुदै पनि यहाँका जनता गरिब छन्, युवा बेरोजगार भएर विदेसिएका छन्, यसको अन्त्य गर्नका निम्ति हामीले केही दशक सम्पूर्ण शक्ति केन्द्रित गरेर मुलुकमै उद्योग कलकारखाना खोलेर नेपाललाई हराभरा र समृद्ध बनाउनुपर्छ ।” उहाँले यही एजेन्डा पूरा गर्नका लागि नयाँ शक्तिको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले हिजोको पुरानो शक्तिले अबको आर्थिक क्रान्ति सम्भव नभएको भन्दै नयाँ शक्तिको निर्माण गर्ने धेयका साथ आफूले पुरानो पार्टी परित्याग गरेको बताउनुभयो । नेता भट्टराईले सबैको सल्लाह लिएर मात्रै नयाँ शक्ति कस्तो र कसरी निर्माण गर्ने भन्ने टुङ्गो लाग्ने बताउनुभयो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
किन छोडे बाबुरामले पार्टी र संसद ? (09.29.2015)
डा. केसी सातौं पटक अनसनमा (09.22.2015)
पुनःनिर्माण प्राधिकरण अन्यौलमा (09.22.2015)
घाइतेलाई एम्बुलेन्सबाट थुतेर मारे (09.15.2015)
फेवातालको प्रदूषण पन्ध्र दिनभित्र हटाउ (09.15.2015)
साउदीबाट ल्याइयो न्यायाधीश बमका हत्यारा स्माइली (08.26.2015)
लिपुलेक हाम्रो हो, लड्न बाध्य नपारियोस (08.04.2015)
यस्तो अन्धविश्वास : बालकलाई जिउँदै बलि दिने ! (07.28.2015)
पुरातात्विक सम्पदाको पुनःनिर्माण स्वदेशी श्रम र सीपबाट (07.21.2015)
दाहाल–भट्टराई जुहारी (07.14.2015)
मेलम्चीको नाममा सडकको बेहाल, जनता नाकाबन्दीमा (07.07.2015)
सर्वोच्च भन्छ– न्यायाधीशको पुनःनियुक्ति गर्नुहुदैन (07.07.2015)
दाताबाट उत्साहजनक ऋण र अनुदान : सहयोगको सदुपयोग गर्ने क्षमता प्रदर्शन होला ? (06.30.2015)
साँच्चै नेपालमाथि विश्वास बढेको हो त ? (06.30.2015)
भित्र र बाहिर रहेका दलहरूको बिरोध (06.23.2015)
काठमाडौं उपत्यका सबैभन्दा जोखिमपूर्ण (06.09.2015)
चार रिक्टरभन्दा माथिका २८० भन्दा बढी पराकम्पन (06.02.2015)
पाँच दिनभित्र टुङ्गो लगाइने (06.02.2015)
सोह्र घन्टापछि कालीगण्डकीको खतरा टर्यो (05.27.2015)
कांग्रेसको १६ स्वयंसेवक टोली (05.27.2015)



 
::| Latest News

 
[Page Top]