युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.20.2019, 08:09pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
नेपालमा जनताको संविधान जारी भएपछि भारतको पेट पोल्यो
Tuesday, 11.08.2016, 12:31pm (GMT+5.5)

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नेपालमा जनताको संविधान जारी भएपछि भारतको पेट पोलेकाले संविधान कार्यान्वयनमा भारतले षडयन्त्र गरिरहेको बताउनुभएको छ ।

पार्टीको जनपरिचालन अभियानको खोटाङमा आइतबार उद्घाटन गर्दै उहाँले सुरुमा संविधान जारी गर्न नदिन चलखेल गरेको भारतले अहिले कार्यान्वयन गर्न नदिन षडयन्त्र गरिरहेको बताउनुभयो ।

छिमेकी राष्ट्र भारतले अहिले मैले भन्दा भन्दै संविधान जारी गर्ने ? अब कसरी लागू गर्छौँ हेरौँला भनेर इख साँचेर बसिरहेको पोखरेलको भनाइ थियो । “भारत नेपालमा संविधान जारी नहोस् भन्ने चाहन्थ्यो,” उहाँले भन्नुभयो, “नेपालमा जनताको संविधान जारी भएपछि उसको पेट पोलेको छ ।”

भारतले पछिल्लो अवस्थामा नेपालका पार्टी–पार्टीबीचको मेललाई फुटाउने खेल रचिरहेको पनि पोखरेलले आरोप लगाउनुभयो । “पार्टी–पार्टीबीचमा फुट ल्याउन सकेमा संविधान कार्यान्वयनमा कठिनाइ हुन्छ भन्ने भारतले बुझेको छ ।” उहाँले भन्नुभयो, “यसप्रति हामी सबै सचेत भएर एकै ठाउँ उभिनुपर्छ ।”

जिल्ला विकास समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधान कार्यान्वयन नभए चुनावसमेत नहुने ठोकुवा गर्नुभयो । “चुनाव नभए संसद रहँदैन”–पोखरेलले भन्नुभयो, “लोकतन्त्रलाई बचाएर लैजान पनि संविधानलाई कार्यान्वयन गरेर लैजानुपर्छ ।”

संविधानलाई असफल बनाउन एमालेभित्रै पनि फेसो ठोक्ने दाउमा भारत रहेकाले सबै कार्यकर्तालाई सचेत रहन पोखरेलले आग्रह गर्नुभयो । एमाले मात्रै नभएर काँग्रेस, माओवादीभित्र समेत भारतले चलखेल सुरु गरेको उहाँको दाबी छ । 

जनपरिचालन अभियानमा एमालेका सचिव भीम आचार्य, पूर्वसञ्चारमन्त्री शेरधन राई, सांसदद्वय विशाल भट्टराई र पाँचकर्ण राई (पिके) तथा युवा सङ्घ नेपालका उपाध्यक्ष रमेश पौडेललगायत सहभागी हुनुहुन्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सत्ता र कुर्सी टिकाउन भारतसँग सम्झौता (10.05.2016)
दुई दिनमा तीन हवाई दर्घटना (09.27.2016)
सुरु भो कृष्णप्रसाद हत्या मुद्दाको बहस (09.27.2016)
अहिले शिकार गरेपछिको बाघ जस्तो सुत्ने समय हो ? (09.27.2016)
लडाकुको भरणपोषणमा घोटाला (09.20.2016)
घरमै पसेर कुटे भारतीयले नेपालीलाई (09.13.2016)
नाकाबन्दी खुलेसंगै कोरला नाका बिर्सिए (09.06.2016)
किन गरायो आयल निगमले इन्धन अभाव (08.25.2016)
भारतीयसहित ६८ जनालाई शहीद बनाउन माग (08.16.2016)
नौ वर्षपछि नेवि सङ्घको महाधिवेशन (08.09.2016)
सरकार र डा केसीबीच चार बुँदे सहमति (07.26.2016)
संविधान संशोधन गर्न सुझाव (07.19.2016)
नक्कली डाक्टरका नक्कली क्लिनिक (07.14.2016)
गीत–संगीतका अनमोल हिरा अम्बरको अवशान (06.14.2016)
उपराष्ट्रपति पुनद्वारा चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो (06.14.2016)
पूर्व प्रधानमन्त्री अधिकारीकोे सत्रौँ स्मृति दिवस (04.27.2016)
न्यायमा नयाँ इतिहास रच्दै पहिलो महिला प्रधानन्यायाधीश (04.12.2016)
काठमाडौँ–पोखरा रेलमार्गको अध्ययन सुरु (01.05.2016)
अङ्गीकृत नागरिकलाई वंशजसरहको अधिकार दिनुहुदैन (01.05.2016)
किन मर्मत गरिएन सीमास्तम्भहरू (12.22.2015)



 
::| Latest News

 
[Page Top]