युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.15.2019, 06:13pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
विदेशी विवाह गर्ने पुरुषलाई समेत बन्देज गर्न प्रस्ताव
Wednesday, 11.23.2016, 01:30pm (GMT+5.5)

संविधान संशोधनमार्फत विदेशबाट विवाह गरेर ल्याइएकी महिलालाई पनि राज्यको माथिल्लो तहमा पुग्ने ढोका खोल्ने तयारी सरकारले गरिरहेको चर्चाका बीच नेकपा एमालेले महिलालाई मात्र  हैन विदेशी महिला विहे गर्ने पुरुषलाई समेत निश्चित बन्देज लगाउनुपर्ने माग गरेको छ ।

एमालेले अंगीकृत नागरिकलाई लगाइएको बन्देज अरु कडा बनाउनुका साथै विदेशी महिलासँग बिहे गर्ने पुरुषलाई समेत निश्चित बन्देज लगाउनुपर्ने बताएको हो । 

नागरिकता सम्वन्धी अहिलेको व्यवस्था अत्यन्त खुकुलो भएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आलोचना गर्दै सीमामा नेपाली केटालाई समाउने हो भने २४ घन्टाभित्र विवाह दर्ता, नागरिकता लिने र लगत्तै मन्त्री बन्नसक्ने व्यवस्था संविधानमा भएको टिप्पणी गर्ने गर्नुभएको छ । अध्यक्ष ओलीले यो प्रस्ताव (प्रधानमन्त्री) प्रचण्ड र (कांग्रेस सभापति शेरबहादुर) देउवासमक्ष राख्नुभएको छ ।

ओलीको प्रस्तावमा संविधानको धारा ११ को उपधारा ७ अनुसार नेपाली पुरुषसँग विवाह गर्ने महिलाले तत्काल अंगीकृत नागरिकता लिन सक्नेछन् । नेपाली महिलासँग बिहे गर्ने पुरुषले नेपाली नागरिकता पाउन सक्दैनन्, यसलाई केही महिला अधिकारवादीले विभेद भन्ने गरेका छन् । विवाह भएको २४ घन्टाभित्र वैवाहिक दर्ता हुने, त्यसको २४ घन्टाभित्र नागरिकता पाउने र त्यसको २४ घन्टाभित्र मन्त्री पनि हुन सक्ने । यस्तो दुनियाँमा कहीँ छैन । यो धेरै लचिलो भयो, यसलाई कडा बनाउनुपर्छ । 

त्यसै गरी संविधानको धारा २८९ मा राष्ट्रपति, प्रधानमन्त्रीसहित प्रमुख ९ पदमा वंशजको नागरिकमात्र योग्य हुने व्यवस्था छ । अर्को शब्दमा भन्दा अंगीकृत र जन्मका आधारमा नागरिकता लिएकाहरूलाई बन्देज लगाइएको छ । यसको मधेश केन्द्रित राजनीतिक दलहरूले विरोध गर्दै आएका छन् र उनीहरूको असन्तुष्टि सम्बोधनका लागि सरकारले यो सूचीलाई घटाएर राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सुरक्षा निकायका प्रमुख गरी चार पदमा झार्ने गरी संविधान संशोधन विधेयक तयार गर्दैछ ।

तर, एमालेले भने यो सूची घटाउने कुरामा आफ्नो सहमति नहुने बताएको छ । बरु बढाउनु पर्ने बताएको छ । सुरक्षा प्रमुख हुन नपाउने तर, गृहमन्त्री हुन पाउने जस्तो छ । त्यसैले यो बन्देजको दायरा बढाऔं । त्यस्तै विदेशी विवाह गर्ने नेपाली पुरुषको हकमा पनि सोच्नुपर्ने प्रस्ताव अघि सारिएको छ ।

‘यदि वैवाहिक अंगीकृत महिलाको हकमा मात्र कडा भयो भन्ने हो भने जसले विदेशी महिला विवाह गर्छन्, त्यस्ता पुरुषकै हकमा निश्चित बञ्देज वा परीक्षण अवधि राख्नुपर्छ । तर, अरु पार्टीहरू यो सुन्न पनि तयार छैनन् । किनभने भएको व्यवस्था नै भत्काउन चाहन्छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपालमा जनताको संविधान जारी भएपछि भारतको पेट पोल्यो (11.08.2016)
सत्ता र कुर्सी टिकाउन भारतसँग सम्झौता (10.05.2016)
दुई दिनमा तीन हवाई दर्घटना (09.27.2016)
सुरु भो कृष्णप्रसाद हत्या मुद्दाको बहस (09.27.2016)
अहिले शिकार गरेपछिको बाघ जस्तो सुत्ने समय हो ? (09.27.2016)
लडाकुको भरणपोषणमा घोटाला (09.20.2016)
घरमै पसेर कुटे भारतीयले नेपालीलाई (09.13.2016)
नाकाबन्दी खुलेसंगै कोरला नाका बिर्सिए (09.06.2016)
किन गरायो आयल निगमले इन्धन अभाव (08.25.2016)
भारतीयसहित ६८ जनालाई शहीद बनाउन माग (08.16.2016)
नौ वर्षपछि नेवि सङ्घको महाधिवेशन (08.09.2016)
सरकार र डा केसीबीच चार बुँदे सहमति (07.26.2016)
संविधान संशोधन गर्न सुझाव (07.19.2016)
नक्कली डाक्टरका नक्कली क्लिनिक (07.14.2016)
गीत–संगीतका अनमोल हिरा अम्बरको अवशान (06.14.2016)
उपराष्ट्रपति पुनद्वारा चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो (06.14.2016)
पूर्व प्रधानमन्त्री अधिकारीकोे सत्रौँ स्मृति दिवस (04.27.2016)
न्यायमा नयाँ इतिहास रच्दै पहिलो महिला प्रधानन्यायाधीश (04.12.2016)
काठमाडौँ–पोखरा रेलमार्गको अध्ययन सुरु (01.05.2016)
अङ्गीकृत नागरिकलाई वंशजसरहको अधिकार दिनुहुदैन (01.05.2016)



 
::| Latest News

 
[Page Top]