युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.20.2019, 08:29pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
सुन्दरीजलदेखि सिन्धुसम्म ९.५ किमी सुरूङ ब्रेक थ्रु
Wednesday, 01.04.2017, 11:55am (GMT+5.5)

काठमाडौं । विसं २०६६ साउन १८ गते सुन्दरीजलमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शुभारम्भ गर्नुभएको काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरूङको २७ किमी मध्ये सुन्दरीजलदेखि सिन्धुसम्म ९.५ किमी सुरूङ बुधबार ब्रेक थ्रु भएको छ । 

त्यसबेला चिनियाँ निर्माण कम्पनीले सुरूङ निर्माण गर्ने ठेक्का लिएको थियो । चिनियाँ कम्पनीले दुई वर्षसम्म योजनाअनुरूप सुरूङ खन्न नसकेपछि काम छाडेर हिँडेको थियो । पुनः ठेक्का छनोटको प्रक्रिया सुरू गरेर विसं २०७१ पुस १७ देखि इटालीको कम्पनी सिएमसीले सुरूङ खन्ने काम सुरू गरेको थियो । 

सिएमसीले गत असोजमा सुरूङ निर्माण गरिसक्ने सम्झौता गरेपनि भूकम्प र नाकाबन्दीले पूरा गर्न सकेको थिएन । सुन्दरीजलबाट सिएमसीले तीन हजार ५७०.२ मिटर सुरूङ खनेको हो ।

सुन्दरीजलबाट सिन्धुतिर र सिन्धुबाट सुन्दरीजलतिर सुरूङ निर्माण सम्पन्न भएपछि आज सिन्धुबाट ग्याल्थुङ, ग्याल्थुङबाट सिन्धु र अम्बाथान एवम् अम्बाथानबाट ग्याल्थुङ गरी चार स्थानमा सुरूङ निर्माण भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर घनश्याम भट्टराईले जानकारी दिनुभयो । “आजसम्म २७ किमी सुरूङमध्ये २२ किमी सम्पन्न भएको छ । 

अब ५.५ किमी सुरूङ बाँकी छ । २०७४ असोजसम्म सुरूङ निर्माण सकेर उपत्यकामा मेलम्चीको पानी ल्याउने गरी काम भइरहेको छ”–उहाँले भन्नुभयो । सिन्धुदेखि ग्याल्थुङसम्म ७.५ किमीमध्ये २.५ किमी र ग्याल्थुङबाट अम्बाथानमा ८ किमी मध्ये ३ किमी सुरूङ निर्माण बाँकी रहेको समितिले जनाएको छ । 

आयोजना सम्पन्न गर्न एसियाली विकास बैंकले रू २४ अर्ब सहयोग गरेको छ । सुरूङ निर्माण सम्पन्न भएपछि पहिलो चरणमा दैनिक मेलम्चीको १७ करोड लिटर पानी उपत्यकामा आउनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी पनि यही सुरूङबाट ल्याउने गरी विस्तृत परियोजना प्रस्ताव निर्माण सुरू भएको छ । विसं २०७८ सम्म याङ्ग्री र लार्केको गरी दैनिक थप ३४ करोड लिटर पानी उपत्यकामा ल्याउने समितिको योजना छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
स्व राजा वीरेन्द्रको सम्झना (01.04.2017)
पुनःनिर्माण एक दशकका पनि सकिन्न (12.29.2016)
नेपाल–चीन सम्बन्ध सुमधुर, सुदृढ र समुन्नत : राष्ट्रपति भण्डारी (12.20.2016)
सहमति कार्यान्वयन नहुदाँसम्म सङ्घर्ष (12.07.2016)
प्रचण्ड नलेखेकोमा प्रधानमन्त्रीको आपत्ति (11.29.2016)
भारतीय टायरको वर्चश्व रोक्न गोरखकाली रबर उद्योग ब्युँताउने प्रयास (11.29.2016)
दुई राप्रा एक भए, संसदमा ३७ सिट (11.23.2016)
विदेशी विवाह गर्ने पुरुषलाई समेत बन्देज गर्न प्रस्ताव (11.23.2016)
नेपालमा जनताको संविधान जारी भएपछि भारतको पेट पोल्यो (11.08.2016)
सत्ता र कुर्सी टिकाउन भारतसँग सम्झौता (10.05.2016)
दुई दिनमा तीन हवाई दर्घटना (09.27.2016)
सुरु भो कृष्णप्रसाद हत्या मुद्दाको बहस (09.27.2016)
अहिले शिकार गरेपछिको बाघ जस्तो सुत्ने समय हो ? (09.27.2016)
लडाकुको भरणपोषणमा घोटाला (09.20.2016)
घरमै पसेर कुटे भारतीयले नेपालीलाई (09.13.2016)
नाकाबन्दी खुलेसंगै कोरला नाका बिर्सिए (09.06.2016)
किन गरायो आयल निगमले इन्धन अभाव (08.25.2016)
भारतीयसहित ६८ जनालाई शहीद बनाउन माग (08.16.2016)
नौ वर्षपछि नेवि सङ्घको महाधिवेशन (08.09.2016)
सरकार र डा केसीबीच चार बुँदे सहमति (07.26.2016)



 
::| Latest News

 
[Page Top]