युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.17.2018, 06:59am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह
Wednesday, 05.24.2017, 11:04am (GMT+5.5)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी मोर्चा र सङ्घीय गठबन्धनलाई सङ्घर्षको नयाँ रूप नअपनाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
जनकपुरधामबाट प्रकाशित हुँदै आएको जनकपुर टुडेको १८औँ वार्षिकोत्सव र ब्रोडसिट शुभारम्भ समारोहलाई आइतबार जनकपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक पारित हुने सकारात्मक परिस्थितिको निर्माण हुँदै गइरहेकाले सबैले आपसी तालमेल गरी निर्वाचनमा जानु आवश्यक भएको धारणा राख्नुभयो ।
संविधान संशोधन विधेयक पारित गराउन लगातार प्रयासमा रहेकाले संशोधन विधेयकको मुद्दालाई चुनावमा लैजानसमेत उहाँले आग्रह गर्नुभयो । मधेशी कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ताका सन्दर्भमा नियमावली कार्यविधि संशोधनको प्रक्रिया अगाडि बढाइएको प्रधानमन्त्री दाहालले जानकारी दिँदै मधेशका अन्य मुद्दाको सम्बोधनका बारेमा पनि घनीभूत रूपले संवाद भइरहेको छ भन्नुभयो ।
प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक पारितका लागि दुईतिहाई बहुमतको नजिकै रहेकाले नयाँ वातावरण र संविधानको स्वीकार्यता बढाउने दिशामा मोर्चा र गठबन्धनको अग्रसरताको खाँचौ औँल्याउनुभयो ।
आफू पनि मधेशबाट नै संसद्मा प्रतिनिधित्व गरिहेकाले मधेशको मागको गहिरो हेक्का रहेको बताउँदै उहाँले स्थानीय तहको सङ्ख्या वृद्धि सन्दर्भमा मन्त्रिपरिषद्बाट ऐतिहासिक निर्णय गर्न लागेको जानकारी दिनुभयो । 
प्रधानमन्त्री दाहालले आफू मधेशका मुद्दालाई सक्नेजति सम्बोधन गराउने प्रयासमा छु भन्दै समस्या समाधानका लागि फुटेर होइन्, जुटेर लडनु आवश्यक भएको धारणा राख्नुभयो ।
सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र गणतन्त्रका उपलब्धिलाई समाप्त गर्ने षडयन्त्र भइरहेकाले निर्वाचनलाई षडयन्त्रकारी विरूद्धको अस्त्रका रूपमा प्रयोग गर्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संविधान संशोधन नभएसम्म मधेशमा चुनाव हुन नसक्ने बताउनुभयो । सांसद डा अमरेशकुमार सिंहले मधेशसँग विभेद भइरहेकाले त्यसबाट मुक्तिको पहल र लोकतन्त्र, समावेशिता र धर्मनिरपेक्षताको रक्षार्थ सबैको ध्यानाकर्षण गराउनुभयो ।
जनकपुर टुडेका सम्पादक बृजकुमार यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री दाहालले वरिष्ठ पत्रकार किशोर नेपाल र राजेश्वर नेपाली, निर्माण व्यवसायी बलराम महतो, संसदीय पत्रकार सङ्घका अध्यक्ष ओमप्रकाश यादवलाई सम्मान तथा पत्रकार काशिन्द्र शर्मा र सुरेश यादवलाई टुडे प्रतिभा पुरस्कार प्रदान गर्नुभएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
विश्व शान्तिका लागि बुद्धको उपदेश महत्वपूर्ण (05.17.2017)
शेरचनको शव काठमाडौंमा (05.11.2017)
दलहरू तालमेलमा ओर्लिए (05.11.2017)
गोरखामा दाहाल–भट्टराई पक्षको झडप (05.11.2017)
आर्थिक समृद्धि प्रमुख दलका घोषणापत्रको सार (05.11.2017)
महाअभियोग प्रस्ताव अस्वाभाविक (05.02.2017)
राष्ट्रपति विद्या भण्डारी नयाँदिल्लीमा (04.18.2017)
मधेसवादी दलले जनता अल्मल्याए (04.11.2017)
अब हुलाकले चिठीसंगै पैसा पनि पु¥याउने (04.11.2017)
दुई सय ३१ भन्दा बढी नेपाली युवा विदेशी जेलमा छन् (03.22.2017)
प्रधानमन्त्रीको भ्रमण विश्वास बढाउने अवसर : परराष्ट्रविद् (03.22.2017)
निर्वाचनको अभियानमा जुटन आयोगको आव्हान (03.22.2017)
काभ्रेको भुम्लुटारका भूकम्प पीडितको बिचल्ली (02.15.2017)
देशलाई स्थिरता दिनतर्फ कुनै दलको ध्यान गएन पूर्वराष्ट्रपति डा यादव (02.15.2017)
माइतीघर मण्डलाको शोभामा थपियो राष्ट्रिय झण्डा (01.31.2017)
प्रा.डा. सुवेदीलाई बेलायती महारानीद्वारा विशेष पदवी (01.18.2017)
वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन (01.18.2017)
उच्च अदालतका न्यायाधीश सिफारिश विवादास्पद (01.18.2017)
संविधान कार्यान्वयनमा सबै दलको सहमति जरुरीः उपराष्ट्रपति पुन (01.18.2017)
“राष्ट्रनिर्मातालाई बिर्सनु भनेको आफँैलाई बिर्सनुजस्तै हो” (01.12.2017)



 
::| Latest News

 
[Page Top]