युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.17.2018, 12:42pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिट
Wednesday, 05.24.2017, 11:07am (GMT+5.5)

काठमाडौं । सरकारले कैलालीको टीकापुर लगायत मधेश र थरुहट आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकार लगायतलाई विपक्षी बनाई अधिवक्ता कपिलदेव ढकाल, नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, डा जगदीशचन्द्र बरालले संयुक्तरुपमा मुद्वा दायर गर्नुभएको हो । 
रिट निवेदनमा कानुनी शासनको मूल सिद्धान्त नै आकर्षित हुने अत्यन्तै गम्भीर प्रकृतिको सार्वजनिक सरोकार, चासो र महत्वको विषय भएकाले कानुनको शासनमाथि नै प्रश्न उठ्ने सरकारको निर्णय भएको उल्लेख छ । 
स्वतन्त्र न्यायपालिकाको विश्वव्यापी मान्यता, विधिको शासन, न्यायिक सर्वोच्चताजस्ता विषयमा प्राथमिकरुपमा नै अपुरणीय क्षति हुने उल्लेख गर्दै रिट निवेदनमा अन्तरिम आदेशको माग गरिएको छ । 
मन्त्रिपरिषद्ले यही जेठ ४ गते टीकापुर घटनाका आरोपितलाई थरुहट र मधेश आन्दोलन राजनीतिक भएकाले त्यसक्रममा विभिन्न व्यक्तिमाथि चलाइएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । 
कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते दुई वर्षीय बालकसहित नेपाल प्रहरीका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षकसहित आठजना प्रहरीमाथि अमानवीय तरिकाले हत्या भएको थियो । 
सो घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान गरी दोषीउपर कारबाही गर्न २०७३ साल फागुन २४ गते नेपाल सरकारलाई सिफारिससमेत गरेको थियो । त्यसपश्चात् सरकारले घटनामा संलग्न उपर अदालतमा मुद्दासमेत दायर गरेको थियो । 
रिट निवेदनमा सो घटनामा संलग्नलाई अदालतमा मुद्दा दायर गरिएको र अहिले पनि आरोपितविरुद्ध दायर भएका मुद्दा अदालतमा विचाराधीन भएको अवस्थामा मुद्दा फिर्ता लिन नमिल्ने उल्लेख छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह (05.24.2017)
विश्व शान्तिका लागि बुद्धको उपदेश महत्वपूर्ण (05.17.2017)
शेरचनको शव काठमाडौंमा (05.11.2017)
दलहरू तालमेलमा ओर्लिए (05.11.2017)
गोरखामा दाहाल–भट्टराई पक्षको झडप (05.11.2017)
आर्थिक समृद्धि प्रमुख दलका घोषणापत्रको सार (05.11.2017)
महाअभियोग प्रस्ताव अस्वाभाविक (05.02.2017)
राष्ट्रपति विद्या भण्डारी नयाँदिल्लीमा (04.18.2017)
मधेसवादी दलले जनता अल्मल्याए (04.11.2017)
अब हुलाकले चिठीसंगै पैसा पनि पु¥याउने (04.11.2017)
दुई सय ३१ भन्दा बढी नेपाली युवा विदेशी जेलमा छन् (03.22.2017)
प्रधानमन्त्रीको भ्रमण विश्वास बढाउने अवसर : परराष्ट्रविद् (03.22.2017)
निर्वाचनको अभियानमा जुटन आयोगको आव्हान (03.22.2017)
काभ्रेको भुम्लुटारका भूकम्प पीडितको बिचल्ली (02.15.2017)
देशलाई स्थिरता दिनतर्फ कुनै दलको ध्यान गएन पूर्वराष्ट्रपति डा यादव (02.15.2017)
माइतीघर मण्डलाको शोभामा थपियो राष्ट्रिय झण्डा (01.31.2017)
प्रा.डा. सुवेदीलाई बेलायती महारानीद्वारा विशेष पदवी (01.18.2017)
वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन (01.18.2017)
उच्च अदालतका न्यायाधीश सिफारिश विवादास्पद (01.18.2017)
संविधान कार्यान्वयनमा सबै दलको सहमति जरुरीः उपराष्ट्रपति पुन (01.18.2017)



 
::| Latest News

 
[Page Top]