युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.17.2018, 12:41pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
भरतपुरमा के हुँदैछ ? मध्यरातमा मतपत्र च्यातियो
Wednesday, 05.31.2017, 01:47pm (GMT+5.5)

स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मत गणना भइरहेको समयमा आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ । 
मतगणना भइरहेको समयमा राति ११ः४४ बजे दलका प्रतिनिधिले मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरिएको जनाएको हो । 
सो क्रममा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू शौचालय गएर फर्कदै गर्दा मतपत्र च्यातिएको र त्यसपछि विवाद बढेको भन्दै अनिश्चितकालका लागि गणना स्थगित गरिएको जानकारी गराउनुभएको थियो । के कति मतपत्र च्यातियो सोबारे भने उहाँले यकिन हुन नसकेको बताउनुभयो । 
च्यातिएका मतपत्रलाई मुचुल्का गरेर राखिएको छ । नेकपा (एमाले)का प्रमुखका उम्मेदवार देवी ज्ञवालीले हार्ने भएपछि माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको बताउनुभयो । माओवादी केन्द्रले भने एमालेलाई दोष लगाएको छ । मतपत्र च्यातेको र प्रहरी माथि हातपात गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ पर्नेमा माओवादीका द्रोणबाबु सिवाकोटी र ईश्वर सापकोटा एवम् एमालेका गङ्गालाल लामा रहेका छन् । 
मतगणना स्थलमा उनीहरूले गनिसकेको मतपत्र सङ्ख्या जोड्दै गर्दा च्यातेपछि मतगणना स्थलमा निकै होहल्ला भएको थियो । प्रहरी उपरीक्षक थापाका अनुसार मतगणना स्थगित भएपछि मतपत्र गणना भइरहेको स्थल कवर्ड हलबाट दलका प्रतिनिधिलाई बाहिर निकालेर दुईवटा ढोकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताला लगाएको छ । सोही माथि एमालेले पनि ताला लगाएको उहाँले बताउनुभयो । अन्य दलले पनि ताला लाउन सक्ने थापाले बताउनुभयो । 
मतपत्र च्यातियो भनेपछि बाहिर रहेका दलका कार्यकर्ता नाराबाजी गर्दै मतगणना स्थलतर्फ गएपछि प्रहरीले लाँठीचार्ज गरेको थियो । सो क्रममा भरतपुर महानगरपालिका–१९ को मतगणना भइरहेको थियो । 
वडा नम्बर २० को मतगणना हुन बाँकी रहेको छ । हालसम्म माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेणु दाहालभन्दा नेकपा एमालेका प्रमुख पदका ज्ञवाली ७५५ मत अन्तरले अघि रहनुभएको छ । 
छानबिन समिति गठन
भरतपुर महानगरपालिकाको मतगणना प्रकरणबारे छानबिन गर्न निर्वाचन आयोगले सहन्यायाधिवक्ताको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । सोमबार सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गठित समितिमा गृह मन्त्रालयका सहसचिव र प्रहरी प्रधान कार्यालयका डीआईजी सदस्य रहने निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले बताउनुभयो ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा ३ अनुसार समिति गठन भएको हो । समितिले १७ गतेसम्ममा प्रतिवेदन बुझाउनेछ । प्रतिवेदनका आधारमा आयोगले थप निर्णय गर्नेछ । १७ गतेसम्म मतगणना कार्य स्वतस् रोकिने भएको छ ।
काँग्रेसद्वारा पुनः मतदान गर्न माग
नेपाली काँग्रेस चितवन शाखाले भरतपुर महानगरपालिका वडा नं १९ मा मतपत्र गणनाको क्रममा च्यातिएका मतपत्रका सम्बन्धमा पुनः मतदान गर्न माग गरेको छ ।
काँग्रेसको चितवनको बैठकपछि सोमबार एक विज्ञप्ति जारी गर्दैै नेपाली काँग्रेसले निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० बमोजिम पुनः मतदानको माग गरेको जिल्ला सभापति जितनारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
राति मतगणना भइरहेको अवस्थामा भएको घटनाको खेद व्यक्त गर्दै सो पार्टीले घटनाबारे छानबिन गर्न र दोषीमाथि कारबाही गर्न समेत माग गरेको छ । पटक पटक मतगणना व्यवस्थित गर्न माग गर्दा व्यवस्थित चासो नदेखाएकाले उक्त घटना भएको काँग्रेसको निष्कर्ष छ ।
विज्ञप्तिमा भनिएको छ – ‘वडा नं १९ को मतपरिणामलाई असर गर्ने गरी मतपत्र च्यातिएको हुँदा स्थानीयतह निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० बमोजिम पुनः मतदान गर्नसमेत जोडदार माग गर्दर्छौं ।’
गएराति ११ः४४ बजे भरतपुर महानगरको मतगणनास्थलमा मतपत्र च्यातिएपछि अहिले मतगणना स्थगित भएको छ । महानगरका २९ वटा वडामध्ये २७ वटा वडाको मतगणना भइसकेको छ । वडा नं १९ को मतगणना हुँदाहुँदै मतपत्र च्यातिएको थियो भने २० नंको मतगणना गर्न बाँकी छ ।
उता नेकपा (एमाले) चितवनले आइतबार मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सञ्चालन गर्न माग गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी सो माग गरेको हो । एमालेले पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले माओवादी केन्द्र नेतृत्वको निर्देशनमा उक्त पार्टीका द्रोर्णबाबु शिवाकोटी, मधु न्यौपाने र दिलीप पौडेललगायतले मतपत्र च्यातेको भन्दै उनीहरूलाई कानुनी कारबाहीसमेत गर्न माग गर्नुभयो । 
भरतपुर महानगरपालिका वडा नं १९ को शान्तिपूर्ण ढङ्गले मतगणना भइरहेको समयमा मतपत्र च्यातिएको सो अवसरमा जारी विज्ञप्तिमा जनाइएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिट (05.24.2017)
निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह (05.24.2017)
विश्व शान्तिका लागि बुद्धको उपदेश महत्वपूर्ण (05.17.2017)
शेरचनको शव काठमाडौंमा (05.11.2017)
दलहरू तालमेलमा ओर्लिए (05.11.2017)
गोरखामा दाहाल–भट्टराई पक्षको झडप (05.11.2017)
आर्थिक समृद्धि प्रमुख दलका घोषणापत्रको सार (05.11.2017)
महाअभियोग प्रस्ताव अस्वाभाविक (05.02.2017)
राष्ट्रपति विद्या भण्डारी नयाँदिल्लीमा (04.18.2017)
मधेसवादी दलले जनता अल्मल्याए (04.11.2017)
अब हुलाकले चिठीसंगै पैसा पनि पु¥याउने (04.11.2017)
दुई सय ३१ भन्दा बढी नेपाली युवा विदेशी जेलमा छन् (03.22.2017)
प्रधानमन्त्रीको भ्रमण विश्वास बढाउने अवसर : परराष्ट्रविद् (03.22.2017)
निर्वाचनको अभियानमा जुटन आयोगको आव्हान (03.22.2017)
काभ्रेको भुम्लुटारका भूकम्प पीडितको बिचल्ली (02.15.2017)
देशलाई स्थिरता दिनतर्फ कुनै दलको ध्यान गएन पूर्वराष्ट्रपति डा यादव (02.15.2017)
माइतीघर मण्डलाको शोभामा थपियो राष्ट्रिय झण्डा (01.31.2017)
प्रा.डा. सुवेदीलाई बेलायती महारानीद्वारा विशेष पदवी (01.18.2017)
वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन (01.18.2017)
उच्च अदालतका न्यायाधीश सिफारिश विवादास्पद (01.18.2017)



 
::| Latest News

 
[Page Top]