युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 06.23.2018, 06:10am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
वायु प्रदूषणको मारमा नेपाली पर्यटन
Thursday, 06.22.2017, 12:12pm (GMT+5.5)

काठमाडौं । काठमाडौं उपत्यकाकाा सडक निर्माण र मेलम्चीको खानेपानी आयोजनाको कामले गर्दा बढेका वायु प्रदूषणका कारण सर्वसाधारण त मर्कामा थिए नै नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पुगेको विज्ञहरूले औँल्याएका छन् ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले यहाँ आइतबार आयोजना गरेको ‘वायु प्रदूषण र पर्वतीय पर्यटनमा यसको प्रभाव’ विषयक प्रवचनमा वातावरण वैज्ञानिक डा महेश्वर रुपाखेतीले वायु प्रदूषणले अन्य क्षेत्रमा जस्तै समग्र नेपाली पर्यटनमा पनि असर परिरहेको बताउनुभयो । 
विशेष गरी वायु प्रदूषणले तापमान बृद्धि हुदाँ हिमाली क्षेत्रमा बढी असर परेको उल्लेख गर्दै उहाँले प्रदूषणकै कारण हवाई उडान रद्द हुने र हवाई दृश्यावलोकन राम्रो नहुनेजस्ता घटनाले पर्यटकलाई निरास बनाउने गरेको धारणा व्यक्त गर्नुभयो । 
डा रुपाखेतीले पर्यटनको मुख्य चुनौती वायु प्रदूषण भए पनि वायु प्रदूषणले समग्र पर्यटन क्षेत्रमा कसरी असर गरेको भन्नेबारे अहिलेसम्म अध्ययन नै हुन नसकेको जानकारी दिनुभयो । 
प्रदूषणले विश्वको तापमान बढाउने र यसको प्रत्यक्ष असर हिमालमा पर्न गई हिमाल पग्लने तथा हिमपहिरोजस्ता समस्या आउने गरेका छन् । वायु प्रदूषणले वातावरणीय मात्र नभई समाजिक असरसमेत पर्ने गरेकाले यसको न्यूनीकरणका लागि उचित नीति चाहिने विज्ञहरू बताउँछन् ।
नेपाल बार एसोसिएसन वातावरण समिति सदस्य पदम श्रेष्ठले वायु प्रदूषणसम्बन्धी उचित नीति बनाउनेतर्फ लागिपरेको बताउनुभयो । 
एनएमएका अध्यक्ष आङ्छिरिङ शेर्पाले वायु प्रदूषणले पर्वतीय पर्यटनमा पारेको प्रभाव र यसको जोखिम न्यूनीकरणबारे सचेतनाका लागि यो कार्यक्रम गरिएको जानकारी दिनुभयो । 
नेपालमा पुरानो सवारीसाधनबाट निस्कने धुँवा, सडकबाट निस्कने धुलो र उद्योग कलकारखाना (इँटाभट्टा)बाट निस्कने धुँवाका कारण वायु प्रदूषण हुने गरेको छ । त्यस्तै  छिमेकी राष्ट्र भारत र चीनको औद्योगिक क्षेत्रको प्रदूषणले नेपालको पर्यावरणमासमेत असर पुगेको विज्ञको भनाइ छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
दरबार हत्याकाण्ड कहिलेसम्म रहस्यमै ? (06.15.2017)
भरतपुरमा के हुँदैछ ? मध्यरातमा मतपत्र च्यातियो (05.31.2017)
मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिट (05.24.2017)
निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह (05.24.2017)
विश्व शान्तिका लागि बुद्धको उपदेश महत्वपूर्ण (05.17.2017)
शेरचनको शव काठमाडौंमा (05.11.2017)
दलहरू तालमेलमा ओर्लिए (05.11.2017)
गोरखामा दाहाल–भट्टराई पक्षको झडप (05.11.2017)
आर्थिक समृद्धि प्रमुख दलका घोषणापत्रको सार (05.11.2017)
महाअभियोग प्रस्ताव अस्वाभाविक (05.02.2017)
राष्ट्रपति विद्या भण्डारी नयाँदिल्लीमा (04.18.2017)
मधेसवादी दलले जनता अल्मल्याए (04.11.2017)
अब हुलाकले चिठीसंगै पैसा पनि पु¥याउने (04.11.2017)
दुई सय ३१ भन्दा बढी नेपाली युवा विदेशी जेलमा छन् (03.22.2017)
प्रधानमन्त्रीको भ्रमण विश्वास बढाउने अवसर : परराष्ट्रविद् (03.22.2017)
निर्वाचनको अभियानमा जुटन आयोगको आव्हान (03.22.2017)
काभ्रेको भुम्लुटारका भूकम्प पीडितको बिचल्ली (02.15.2017)
देशलाई स्थिरता दिनतर्फ कुनै दलको ध्यान गएन पूर्वराष्ट्रपति डा यादव (02.15.2017)
माइतीघर मण्डलाको शोभामा थपियो राष्ट्रिय झण्डा (01.31.2017)
प्रा.डा. सुवेदीलाई बेलायती महारानीद्वारा विशेष पदवी (01.18.2017)



 
::| Latest News

 
[Page Top]