युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.17.2018, 12:41pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
च्यातिएका मतपत्र सर्वाेच्च अदालत पठाइने
Wednesday, 06.28.2017, 11:51am (GMT+5.5)

भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वाेच्च अदालतले मागेको कागजपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले मङ्गलबार पठाउने भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज साँझ आयोजना गरेको सर्वदलीय बैठकमा मङ्गलबार बिहान ७ बजे च्यातिएका मतपत्र झिकेर मतपेटिकामा राखी शिल गरेर सर्वोच्च अदालतमा पठाउने सहमति भएको हो । 
सहायक मतदान अधिकृत गम्भीर घिमिरेकाअनुसार बिहान ८ः१५ को जहाजमा सुरक्षाकर्मीसहित च्यातिएका मतपत्र, स्थगित मुचुल्का, स्थगनको सूचना, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन, च्यातिएको मतपत्र गणना गरेको मुचुल्का र च्यातिएका मतपत्र हेरेर पुनः पठाइएको प्रतिवेदनसँगै पठाइने छ । 
मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सर्वाेच्च अदालतको आदेशअनुसार तोकिएको समयमा सबै कागजपत्र पठाइने बताउनुभयो । 
सर्वाेच्च अदालतले जिल्ला प्रशासन कार्यालयसँग मागेको तत्कालीन अवस्थाको प्रहरीको प्रतिवेदन पनि सँगै पठाइने भएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सर्वाेच्च अदालतले मागे अनुरुपका प्रहरीले दिएका सबै प्रतिवेदन मङ्गलबार नै पठाइने बताउनुभयो । 
सर्वाेच्च अदालतले भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्र एक साताभित्र झिकाउन यही असार ६ गते आदेश दिएको थियो । कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले मतपत्र झिकाउन आदेश दिएको थियो । 
फैसलाको भोलिपल्ट मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र आएकाले पत्र पाएको सातौँ दिन मङ्गलबार कागजपत्र पठाउन लागिएको हो । 
भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना जारी रहेको बेला दलका कार्यकर्ताले मतपत्र च्यातेपछि यो विवाद सर्वाेच्च अदालतमा पुगेको हो । महानगरपालिकाका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ भने १९ को मतगणना अन्योलमा छ । वडा नं २० को मतगणना भने बाँकी छ ।
नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएका छन् । निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्न निर्देशन दिएपछि नेकपा (एमाले)ले मतगणना जारी गर्नुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा गएको हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
वायु प्रदूषणको मारमा नेपाली पर्यटन (06.22.2017)
दरबार हत्याकाण्ड कहिलेसम्म रहस्यमै ? (06.15.2017)
भरतपुरमा के हुँदैछ ? मध्यरातमा मतपत्र च्यातियो (05.31.2017)
मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिट (05.24.2017)
निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह (05.24.2017)
विश्व शान्तिका लागि बुद्धको उपदेश महत्वपूर्ण (05.17.2017)
शेरचनको शव काठमाडौंमा (05.11.2017)
दलहरू तालमेलमा ओर्लिए (05.11.2017)
गोरखामा दाहाल–भट्टराई पक्षको झडप (05.11.2017)
आर्थिक समृद्धि प्रमुख दलका घोषणापत्रको सार (05.11.2017)
महाअभियोग प्रस्ताव अस्वाभाविक (05.02.2017)
राष्ट्रपति विद्या भण्डारी नयाँदिल्लीमा (04.18.2017)
मधेसवादी दलले जनता अल्मल्याए (04.11.2017)
अब हुलाकले चिठीसंगै पैसा पनि पु¥याउने (04.11.2017)
दुई सय ३१ भन्दा बढी नेपाली युवा विदेशी जेलमा छन् (03.22.2017)
प्रधानमन्त्रीको भ्रमण विश्वास बढाउने अवसर : परराष्ट्रविद् (03.22.2017)
निर्वाचनको अभियानमा जुटन आयोगको आव्हान (03.22.2017)
काभ्रेको भुम्लुटारका भूकम्प पीडितको बिचल्ली (02.15.2017)
देशलाई स्थिरता दिनतर्फ कुनै दलको ध्यान गएन पूर्वराष्ट्रपति डा यादव (02.15.2017)
माइतीघर मण्डलाको शोभामा थपियो राष्ट्रिय झण्डा (01.31.2017)



 
::| Latest News

 
[Page Top]