युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 09.22.2018, 02:45am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
‘काठमाडौँका सडक पासोमा परिणत भए’
Wednesday, 07.26.2017, 02:54pm (GMT+5.5)

काठमाडौं उपत्यकाको सडक यतिबेला युद्धकालमा थापिएको पासो जस्तो बनेको छ । नियमित रुपमा हुनुपर्ने मर्मत सम्भार हुन नसकेको, सरकारी निकायबीच समन्वय हुन नसकेको तथा निर्माण व्यवसायीले तोकिएको समयमा काम नगरेकाले उपत्यकाका सडक ज्यानमारा बन्दै गएको छ ।
यस्तोमा व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिको बैठकले काठमाडौँ उपत्यकाभित्रका सडक धरापमा परिणत भएकाले कमजोरी गर्ने निर्माण व्यवसायी तथा मर्मत सम्भारमा ध्यान नदिने सम्बद्ध निकायलाई कारबाही गर्न निर्देशन दिएको छ । 
समितिले भन्दै किन त्यस्तो भएको हो ? समस्याको समाधान कसरी हुन सक्छ ? किन कमजोरी भएको हो ? कति समयभित्र मर्मत हुन सक्छ ? लगायत जानकारी दिन सरकारलाई निर्देशन दिएको छ ।  
त्रिपुरेश्वर–नागढुङ्गा सडकखण्ड निर्माणमा भइरहेको अवरोध हटाएर आगामी एक महिनाभित्र निर्माण सम्पन्न गर्न समितिले सडक विभागलाई निर्देश गरेको छ । सो सडकखण्डबारे विभिन्न मुद्दा परेकाले निरन्तर अवरोध हुँदै आएको छ । 
सडक विभाग र निर्माण व्यवसायीले पटक पटक समस्या समाधानका लागि पहल गरेपनि स्थानीयले मुआब्जा र उचित क्षतिपूर्ति नपाएको भन्दै आपत्ति जनाउँदै आएका छन् । समितिले स्थानीयको मागका बारेमा सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ । स्थानीयबासीले नागरिकको सम्पत्तिको अधिकारमाथि राज्यले जबरजस्ती हस्तक्षेप गरेको भन्दै अदालतमा मुद्दा दायर गरेका कारण सडक विस्तारमा अवरोध हुँदै आएको छ । 
समितिले मेलम्ची खानेपानी आयोजनाका कारण राजधानीका विभिन्न स्थानमा जोखिम बढेकाले तत्काल खाल्डा पुर्न र मर्मतमा ध्यान दिन निर्देशन दिएको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । बैठकमा मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीले पूर्वाधार निर्माण भइरहेको ढिलाइप्रति सरकारले विशेष चासोका साथ काम गरिरहेको र आवश्यक समन्वयका साथ काम गर्न सबै संयन्त्र परिचालन गरिएको जानकारी दिनुभयो । 
उहाँले निर्माण व्यावसायीका तर्फबाट हुने कमजोरी हटाउन सरकारले विशेष पहल गरेको, प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार हेर्ने सचिवले नै आवश्यक सहजीकरण गरिरहनु भएको बताउनुभयो । 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले स्थानीय निकायले आठ मिटर भन्दा कम चौडाइ भएका सडकको मात्रै निर्माण गर्ने भएकाले दोहोरोपना हुन नदिन र आवश्यक बजेट व्यवस्था गरिएको बताउनुभयो ।  
शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले काठमाडौँको सडक बेहाल भएको कुरा कोही कसैबाट लुकेको विषय नभएकाले सरकारी निकायबीचकै समन्वय राम्रो हुने हो भने काम हुन कुनै समस्या नहुने धारणा राख्नुभयो । 
सांसद रामहरि खतिवडा, रुपा महर्जन, भरतकुमार शाह र धनराज गुरुङलगायतले विकास निर्माणका काममा समन्वय नभएको, निर्माण व्यावसायीको अराजकता नियन्त्रण गर्न नसकेको भन्दै सरकारको कामकारबाहीप्रति आपत्ति व्यक्त गर्नुभयो । 
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो महानगरभित्रका सडक सुधारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयनमा लैजाने निर्णय गरेको जानकारी दिनुभयो । ललितपुर महानगरभित्रका सडकको मोटाइ डेढ इन्च हुनै पर्ने र निर्माण व्यवासायीले लापरबाही गरे क्षतिपूर्तिसहित कारबाही गरिने तथा एक वर्षभित्र ठेकेदारले राखेको धरौटी समेत फिर्ता नदिने उहाँको भनाइ छ । 
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आदेशको भरमा स्थानीय निकायलाई चलाउन खोजिएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
च्यातिएका मतपत्र सर्वाेच्च अदालत पठाइने (06.28.2017)
वायु प्रदूषणको मारमा नेपाली पर्यटन (06.22.2017)
दरबार हत्याकाण्ड कहिलेसम्म रहस्यमै ? (06.15.2017)
भरतपुरमा के हुँदैछ ? मध्यरातमा मतपत्र च्यातियो (05.31.2017)
मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिट (05.24.2017)
निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह (05.24.2017)
विश्व शान्तिका लागि बुद्धको उपदेश महत्वपूर्ण (05.17.2017)
शेरचनको शव काठमाडौंमा (05.11.2017)
दलहरू तालमेलमा ओर्लिए (05.11.2017)
गोरखामा दाहाल–भट्टराई पक्षको झडप (05.11.2017)
आर्थिक समृद्धि प्रमुख दलका घोषणापत्रको सार (05.11.2017)
महाअभियोग प्रस्ताव अस्वाभाविक (05.02.2017)
राष्ट्रपति विद्या भण्डारी नयाँदिल्लीमा (04.18.2017)
मधेसवादी दलले जनता अल्मल्याए (04.11.2017)
अब हुलाकले चिठीसंगै पैसा पनि पु¥याउने (04.11.2017)
दुई सय ३१ भन्दा बढी नेपाली युवा विदेशी जेलमा छन् (03.22.2017)
प्रधानमन्त्रीको भ्रमण विश्वास बढाउने अवसर : परराष्ट्रविद् (03.22.2017)
निर्वाचनको अभियानमा जुटन आयोगको आव्हान (03.22.2017)
काभ्रेको भुम्लुटारका भूकम्प पीडितको बिचल्ली (02.15.2017)
देशलाई स्थिरता दिनतर्फ कुनै दलको ध्यान गएन पूर्वराष्ट्रपति डा यादव (02.15.2017)



 
::| Latest News

 
[Page Top]