युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 09.22.2018, 03:59am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
चार बालिकाको डुबेर मृत्यु भएको घटनामा अनुसन्धान
Tuesday, 08.08.2017, 06:01pm (GMT+5.5)

शनिबार रातहटमा  सडकको खाल्डोमा डुबेर चार बालिकाको मृत्यु भएको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको छ । रौतहटको गरुडा नगरपालिका–४, गौर–चन्द्रनिगाहपुर सडकखण्ड छेउको खाल्डोमा डुबी शनिबार चारजना बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा परेको उजुरीमा छानबिन प्रारम्भ गरेको आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिनुभयो । 
आयोगले आइतबार नै जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको अनुसन्धानका लागि क्षेत्रीय कार्यालय जनकपुरबाट एक अनुसन्धान टोली घटनास्थलतर्फ खटाइएको उल्लेख छ । “विकासको अधिकार मानव अधिकारको अभिन्न अङ्ग हो, आम नागरिकको विकासको अधिकारलाई सुनिश्चित र कार्यान्वयन गर्दा सरकारले मानव अधिकार विकास पद्धतिको अवलम्बन गर्नुपर्दछ”–विज्ञप्तिमा उल्लेख छ । 
त्यस्तै, आम नागरिक र विशेषगरी बालबालिका, महिला, वृद्ध, अपाङ्गता भएका व्यक्तिको जीवनको अधिकारको संरक्षण गरिनुपर्नेमा सरकार जिम्मेवार रहनुपर्ने आयोगले स्मरण गराउँदै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सार्वजनिक निर्माणका क्रममा निर्माण कम्पनीबाट हुने गरेको लापरबाही र सरकारी निकायको उदासीनताका कारण व्यक्तिले जीवनको अधिकार नै गुमाउनुपर्ने अवस्था हुनु अत्यन्त दुःखद स्थिति भएको आयोगको ठहर छ ।
आयोगले भविष्यमा यस्ता लापरबाहीपूर्ण कार्य हुन नदिन सरकार जिम्मेवार हुन र यस्ता घटनाबाट भएको मानवीय क्षतिप्रति पूर्ण संवेदनशील हुँदै दोषीलाई कारबाहीको मागसमेत गरेको छ । 
त्यस्तै, भविष्यमा यस किसिमको घटना दोहोरिन नदिन अपनाउनुपर्ने पूर्वसतर्कता अपनाउन तथा पीडित परिवारलाई उचित राहत एवम् क्षतिपूर्ति प्रदान गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ । 
यसैबीच सडक निर्माणका क्रममा गरुडामा खनिएको खाल्डोमा डुबेर मृत्यु भएका चार बालिकाको शवसहित आइतबार स्थानीयवासीले बजारको मुख्य चोकमा प्रदर्शन गरेका छन् । 
डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर र निर्माण व्यवसायीको लापरबाहीका कारण बालिकाको मृत्यु भएको आरोपमा स्थानीयवासीले शवसहित प्रदर्शन गरेका हुन् । बालिकाका आफन्त तथा स्थानीय बासिन्दाले सडक विभाग र निर्माण व्यवसायीको लापरबाहीका कारण बालिकाको ज्यान गएको भन्दै बिहानैदेखि गरुडाको राजमार्गमा शव राखेर चक्काजाम समेत गरेका थिए । 
रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलको पहलमा भएको वार्तामा मृतकका परिवारलाई किरिया खर्चबापत रु २५ हजार दिने र दोषीलाई कारबाही गर्ने सहमति भएपछि चक्काजाम खुलाइएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत मृतकका आफन्तलाइ सो रकम उपलब्ध गराइएको प्रहरी उपरिक्षक पोखरेलले बताउनुभयो । 
प्रहरीले सडक निर्माणको ठेक्का लिएका दुर्गा निर्माण सेवाका सञ्चालक ठेकेदार प्रल्हाद साहलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । गरुडामा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर शनिबार संगीताकुमारी साह, मुनीताकुमारी साह, सुस्मिताकुमारी साह र सुनैनाकुमारी साहको ज्यान गएको थियो । धानको बीउ उखेलेर घर फर्कने क्रममा गर्मी भएपछि नुहाउन ती बालिका सडकको खाल्डोमा जमेको पानीमा पसेका थिए ।


Rating (Votes: )   
Share     Print


Other Articles:
‘काठमाडौँका सडक पासोमा परिणत भए’ (07.26.2017)
च्यातिएका मतपत्र सर्वाेच्च अदालत पठाइने (06.28.2017)
वायु प्रदूषणको मारमा नेपाली पर्यटन (06.22.2017)
दरबार हत्याकाण्ड कहिलेसम्म रहस्यमै ? (06.15.2017)
भरतपुरमा के हुँदैछ ? मध्यरातमा मतपत्र च्यातियो (05.31.2017)
मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिट (05.24.2017)
निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह (05.24.2017)
विश्व शान्तिका लागि बुद्धको उपदेश महत्वपूर्ण (05.17.2017)
शेरचनको शव काठमाडौंमा (05.11.2017)
दलहरू तालमेलमा ओर्लिए (05.11.2017)
गोरखामा दाहाल–भट्टराई पक्षको झडप (05.11.2017)
आर्थिक समृद्धि प्रमुख दलका घोषणापत्रको सार (05.11.2017)
महाअभियोग प्रस्ताव अस्वाभाविक (05.02.2017)
राष्ट्रपति विद्या भण्डारी नयाँदिल्लीमा (04.18.2017)
मधेसवादी दलले जनता अल्मल्याए (04.11.2017)
अब हुलाकले चिठीसंगै पैसा पनि पु¥याउने (04.11.2017)
दुई सय ३१ भन्दा बढी नेपाली युवा विदेशी जेलमा छन् (03.22.2017)
प्रधानमन्त्रीको भ्रमण विश्वास बढाउने अवसर : परराष्ट्रविद् (03.22.2017)
निर्वाचनको अभियानमा जुटन आयोगको आव्हान (03.22.2017)
काभ्रेको भुम्लुटारका भूकम्प पीडितको बिचल्ली (02.15.2017)



 
::| Latest News

 
[Page Top]