युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.17.2018, 12:39pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
अनशन अन्त्य गर्न वार्ता समितिको अपिल
Tuesday, 08.15.2017, 02:37pm (GMT+5.5)

काठमाडौं । तीन हप्तादेखि आमरण अनशन बस्दैआउनुभएका प्रा डा गोविन्द केसीका माग पूरा गरी चिकित्सा शिक्षालाई सहज बनाउनेतिर सरकारी प्रयास अझै हुन सकेको छैन । डा. केसीको स्वास्थ्य स्थिति अत्यन्त कमजोर बन्दै गएका  बेला देशमाा बाढी पहिरोको प्रकोप फैलिएको र देशभरका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।
सरकारले यस्तो बेलामा पनि माग पूरा गर्ने प्रयास गरेको छैन । बरु यही समयलाई उपयोगगरी अनशन तोडाउने जमर्को गरिरहेको छ । यस्तोमा डा. केसीको माग सम्बोधन गर्न नेपाल सरकारद्वारा गठित वार्ता समितिले मुलुकमा भएको प्राकृतिक प्रकोपमा चिकित्सा सेवाको अपरिहार्यता र आफ्नो बिग्रदो स्वास्थ्यलाई समेत मनन् गर्दै तत्काल अनशन अन्त्य गर्न डा केसीसँग हार्दिक अपिल गरेको छ । 
समितिले प्रधानमन्त्री शेरबहादुर देउवाको समुपस्थितिमा नागरिक समाजका वरिष्ठ व्यक्तित्व नीलाम्बर आचार्य, प्रा केदारभक्त माथेमा, कनकमणि दीक्षितसमेतको उपस्थितिमा शनिबार 
प्रा डा केसीले प्रस्तुत गरेका माग सम्बोधन गर्न व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’मा डा केसीद्वारा प्रस्तुत परिमार्जन गरिएका विषयवस्तु समेत समायोजन गरिएको र अन्य माग तत्काल सम्बोधन सकिने व्यहोराका साथ डा केसी र नागरिक समाजका वरिष्ठ व्यक्तित्वबीच सम्पन्न वार्तामा अनशन अन्त्य गर्न अनुरोध गरिएकामा डा केसीले असहमति जनाउनुभएको बताएको छ । 
समितिले पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र डा केसीका वार्ता समितिका सदस्यबीच उहाँका माग सम्बोधनका लागि भएको छलफलका आधारमा पुनः अनशन अन्त्य गर्न गरिएको आग्रह पनि डा केसीले अस्वीकार गर्नुभएको जनाएको छ ।
हालसम्म भएका वार्ताका प्रगति र अवस्थाका सम्बन्धमा आजै प्रधानमन्त्रीलाई अवतग गराइएको तथा प्रधानमन्त्रीबाट विभिन्न राजनीतिक दलका प्रमुख, व्यवस्थापिका–संसद्का सदस्य, नागरिक समाजका व्यक्तित्वहरुसँग भएको परामर्श र मुलुक प्राकृतिक प्रकोपको चपेटामा परेका बेला चिकित्सा सेवाको अपरिहार्यतालाई मनन् गरी अनशन अन्त्य गर्न भएको आग्रहलाई पनि डा केसीले पुनः अस्वीकार गर्नुभएको वार्ता समितिले आज साँझ प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
रेणुको विजय : नियोजित कि यथार्थ ? (08.08.2017)
सरकारी खर्चमा पढ्ने सरकारले तोकेको ठाउँमा नजाने (08.08.2017)
चार बालिकाको डुबेर मृत्यु भएको घटनामा अनुसन्धान (08.08.2017)
‘काठमाडौँका सडक पासोमा परिणत भए’ (07.26.2017)
च्यातिएका मतपत्र सर्वाेच्च अदालत पठाइने (06.28.2017)
वायु प्रदूषणको मारमा नेपाली पर्यटन (06.22.2017)
दरबार हत्याकाण्ड कहिलेसम्म रहस्यमै ? (06.15.2017)
भरतपुरमा के हुँदैछ ? मध्यरातमा मतपत्र च्यातियो (05.31.2017)
मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिट (05.24.2017)
निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह (05.24.2017)
विश्व शान्तिका लागि बुद्धको उपदेश महत्वपूर्ण (05.17.2017)
शेरचनको शव काठमाडौंमा (05.11.2017)
दलहरू तालमेलमा ओर्लिए (05.11.2017)
गोरखामा दाहाल–भट्टराई पक्षको झडप (05.11.2017)
आर्थिक समृद्धि प्रमुख दलका घोषणापत्रको सार (05.11.2017)
महाअभियोग प्रस्ताव अस्वाभाविक (05.02.2017)
राष्ट्रपति विद्या भण्डारी नयाँदिल्लीमा (04.18.2017)
मधेसवादी दलले जनता अल्मल्याए (04.11.2017)
अब हुलाकले चिठीसंगै पैसा पनि पु¥याउने (04.11.2017)
दुई सय ३१ भन्दा बढी नेपाली युवा विदेशी जेलमा छन् (03.22.2017)



 
::| Latest News

 
[Page Top]